काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन विदेशीसँग साँठगाँठ गरिरहेको भन्दै सजग हुन जनतासित अपिल गर्नुभएको छ ।
बुधबार ट्वीट गर्दै रावलले सत्ता र कुर्चीका लागि प्रधानमन्त्री ओलीले नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गरिरहेको दाबी गर्नुभएको छ ।
नेता रावलले लेख्नुभएको छ, ‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔँ ।’
प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअैां !
— Bhim Rawal, PhD (@BhimRawal179) March 24, 2021