• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पूर्वीय दर्शनमा प्रगतिशील साहित्य


  •   शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
  • विमल पोखरेल

    Advertisement

    सामान्यतया पूर्वीएसियाको साहित्यलाई पूर्वीय साहित्य भनिन्छ । पूर्वीय साहित्यको इतिहास निकै लामो छ । इतिहास लामो मात्रै होइन, समृद्ध र व्यापक पनि छ । पूर्वीय साहित्य काव्यका लागि प्रख्यात छ । काव्यका साथसाथै नाटक, लोककथा, कथा, उपन्यास, निबन्ध, जीवनी आदि विधामा पूर्वीय साहित्य समृद्ध छ ।

    संस्कृत भाषाको साहित्य पूर्वीय साहित्यको जननीको रूपमा रहेको छ । संस्कृतमै पूर्वीय साहित्यले ठुलो उचाइ लिएको छ । विशेष गरी दक्षिणपूर्वी एसियामा संस्कृतको छाप गहिरोसँग परेको छ । पूर्वीय आर्यभाषाका साहित्य संस्कृत भाषाबाट प्रभावित भएर जन्मिएका साहित्य हुन् । नेपाली साहित्यको विकास पनि संस्कृत काव्य परम्पराबाट भएको पाइन्छ । सुरुमा यी भाषामा संस्कृत भाषाबाट साहित्य रूपान्तर हुने गर्दथे भने पछि विभिन्न आर्यभाषामै लेख्न थालिए । संस्कृत भाषामा जे जति महाकाव्य लेखिएका छन्, त्यति ठुला काव्य अन्य भाषामा सायदै लेखिएका छन् ।

    नेपाल र दक्षिण पूर्वीएसियामा पश्चिमी जीवनशैली र साहित्य ढाँचाको प्रभाव निकै परेको पाइन्छ । पश्चिमी साहित्यको राम्रो प्रभाव पर्नु गलत होइन । यस क्षेत्रमा पश्चिमी साहित्य मात्रै हावी हुँदै जाने अवस्थाले भने पूर्वीय साहित्य कमजोर बन्दै जाने खतरा रहन्छ । साहित्य पूर्वीय होस् वा पश्चिमी, ती मानवजातिका अमूल्य सम्पत्ति हुन् । कुनै एउटा साहित्यको प्रभावले अर्काेको अस्तित्व सङ्कटमा पर्न दिनुहुँदैन । हामीले पश्चिमी साहित्यका बारेमा धेरै अध्ययन, अनुसन्धान गर्नु आवश्यक छ । त्यसको साथसाथै पूर्वीय साहित्यको अध्ययनलाई पनि व्यापक बनाउनुपर्दछ ।

    पूर्वीय साहित्य सिद्धान्त
    साहित्य संस्कृत शब्द हो । साहित्यमा शब्द र अर्थको मिलन हुने गर्दछ । भाव र विचार, कल्पना र यथार्थ, अनुभूति र अभिव्यक्ति यी सबैको समिश्रण साहित्य हो । पूर्वीय साहित्यको आरम्भ संस्कृतबाटै भएको हो । लामो कालखण्डपछि आर्यभाषामा पनि मौलिक साहित्य लेखिन थाले । आर्यभाषामा लेखिन थालेपछि पूर्वीय साहित्यमा मौलिक युग आयो । मौलिक युग आएपछि पनि संस्कृत साहित्यलाई पछ्याउँदै अन्य साहित्य उदाएका हुन् । वेद, पुराण, रामायण, महाभारतलगायत धेरै साहित्य पूर्वीय अध्यात्मवादी साहित्य हुन् । रामायण र महाभारत विश्वका ठुला महाकाव्यमध्येका हुन् । पूर्वीय साहित्यमा यी रचनाको ठुलो महत्व रहेको छ ।

    संस्कृत साहित्इसास्त्र एक सम्पन्न साहित्य दर्शन हो । संस्कृत साहित्यमा साहित्इसास्त्रलाई अलङ्कार शास्त्र पनि भन्ने गरिन्छ । अलङ्कारको शाब्दिक अर्थ गहना वा विभुषण भन्ने हुन्छ । काव्इसास्त्रमा अलङ्कार भनेको भाषिक सौन्दर्य हो । वैदिककालदेखि साहित्यकारहरू आलङ्कारिक व्यक्तित्वको रूपमा प्रचारित भएका छन् । अलङ्कार शास्त्रमा रस, गुण, रीति, ध्वनि, शब्दशक्ति, प्रेम, दोष रहेका हुन्छन् । अलङ्कार शास्त्र बृहत् सैद्धान्तिक पक्ष हो । यसै सैद्धान्तिक पक्षलाई आधार बनाएर हजारौँ साहित्य सिर्जना गरिएका छन् ।
    पूर्वीय साहित्यका रसवादको प्रवर्तक भरत मुनि मानिन्छन् भने ध्वनिवादको आनन्दबद्र्धन, अलङ्कारवादका प्रवर्तक भामह, रीतिवादका वामन, वक्रोक्तिवादका कुन्तक, औचित्यवादको क्षेमेन्द्र मानिन्छन् । यी सबैको आफ्नै मौलिकता रहेको छ । भरत मुनिले आफ्नो नाट्इसास्त्रमा अनुप्रास, उपमा, रूपक र दीपक गरी चार अलङ्कारको उल्लेख गरेका छन् । पूर्वीय साहित्यका तत्वले साहित्यलाई धनी र समृद्ध बनाउन ठुलो मद्दत गरेको छ ।

    पश्चिमी साहित्य चिन्तन धर्मबाट आरम्भ भएर अध्यात्मिक दर्शन हुँदै भौतिक दर्शन र विज्ञानलाई पनि अनुशरण गरेको छ । संस्कृत साहित्य चिन्तन भने धर्म र अध्यात्म दर्शनलाई अँगाल्दै स्थिर भएर बसेको देखिन्छ । यसले भौतिक दर्शन र विज्ञानलाई ढिलो मात्र अङ्गीकार गरेको छ । त्यसैले पूर्वीय साहित्यमा भौतिक दर्शनको पक्ष कमजोर रहेको पाइन्छ ।

    भारतवर्षमा भौतिकवादी दार्शनिक नभएका होइनन्, तर तिनले जनतामा गहिरो छाप गाड्न सकेनन् । बौद्ध, जैन, साङ्ख्य, चार्वाकजस्ता भौतिकवादी दर्शनले अध्यात्मवादी दर्शनजस्तै विकास गर्न सकेनन् । संस्कृत साहित्यले भोग र त्याग तथा लोक र परलोकको व्याख्यामै समर्पित गर्दै आयो । संस्कृत साहित्य मूल रूपमा अध्यात्मवादी साहित्यको भण्डारको रूपमा रह्यो । संस् कृत साहित्यले पद्यलाई जोड दिएकाले यसको बेग्लै मौलिकता स्थापित भयो ।

    नेपालमा पछिल्लो समयमा पश्चिमी भौतिकवादी साहित्यको प्रभाव बढ्दै गएको छ । भारतमा पनि भौतिकवादी दर्शनको प्रभाव बढ्दै गएको छ । भारतीय उपन्यासकार प्रेम चन्दले साहित्यलाई जीवनको आलोचनाको रूपमा व्याख्या गरेका छन् । उनले साहित्यले जीवनका नराम्रा कुरालाई केलाएर देखाओस् र समाजलाई सुधार गर्न महत्वपूर्ण पाठ सिकाओस् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले सजीव अनुभवको कलात्मक प्रकाशनलाई साहित्य भनेका छन् । उनले पहिले भाव र त्यसपछि शैलीलाई जोड दिएका छन् ।

    पश्चिमी साहित्य सिद्धान्त
    प्राचीन ग्रीसको साहित्य त्यहाँका विचारकहरूले महाकाव्य तथा भाषणकलामार्फत् रचना गरे । इसापूर्व ८ सय वर्षअगाडि इलियड र ओडिसी महाकाव्य रचना भएको थियो । प्लेटोले पश्चिमी साहित्य चिन्तनको परम्परा विकास गरेका थिए । इओन नामक कृतिमा संवादका रूपमा सुकरात र इओन पात्रका रूपमा रहेका छन् । पाश्चात्य साहित्य सिद्धान्तको चर्चा गर्दा आत्मवादी, प्रत्ययवादी सिद्धान्त र वस्तुवादी र अनुभववादी सिद्धान्तका रूपमा दुई फरक–फरक धारा पाइन्छन् ।

    प्लेटोको मुख्य उद्देश्य आदर्शवादी राज्य निर्माण गर्नु हो । उनका कला, साहित्यसम्बन्धी विचार पनि त्यसैबाट निर्देशित छन् । पश्चिमी साहित्य धर्म, अध्यात्मवादी दर्शन, भौतिकवादी दर्शन र विज्ञानलाई आत्मसात गर्दै छिटो छिटो अगाडि बढेको पाइन्छ । फ्रायडले मनोवैज्ञानिक पक्षलाई जोड दिएका थिए । माक्र्सवादको विकासपछि त पश्चिमी साहित्यले भौतिकवादी छलाङ नै मारेको थियो ।

    संस्कृत साहित्यशक्ति
    संस्कृति काव्यसिद्धान्त धेरै व्यवस्थित पाइन्छ । काव्यको रचना गर्ने कार्यलाई हेतु भनिन्छ । हेतु भनेको प्रतिभा हो । प्रतिभा भनेको बुद्धिको प्रस्फुटन हो । प्रतिभा, व्युत्पत्ति र अभ्यास यी तीन वटै अनिवार्य हेतु हुन् । साहित्य रचना किन लेखिन्छ भनेर पनि संस्कृतमा धेरै विश्लेषण भएको पाइन्छ ।

    रचना गरेर मात्रै हुँदैन, त्यसको उद्देश्य पनि स्पष्ट हुनुपर्दछ । साहित्य सिर्जना गर्ने उद्देश्य के हुन सक्छ भन्नेबारेमा संस्कृतका काव्इसास्त्रीले निकै गहिरो अध्ययन गरेका छन् । काव्यमा प्रयोग गरिएका शब्दको शक्ति हुने गर्दछ । काव्यमा प्रयोग गरिएका प्रत्येक शब्दमा शक्ति हुनुपर्दछ । श्लेष, प्रसाद, समता, समाधि, माधुर्य, ओज, पदसौकुमार्य, अर्थव्यक्ति, उदारता, कान्ति काव्यका मुख्य गुण हुन् । संस्कृत काव्य परम्परा वेद, उपनिषद् आदि ग्रन्थमा प्रयुक्त अलङ्कारयुक्त उक्ति र रसयुक्त वाणीबाट निरन्तर अगाडि बढेको पाइन्छ ।

    साहित्य लेखनको हिसाबले संस्कृत साहित्यको इतिहासलाई तीन भागमा बाँडेको पाइन्छ : १. वेद र वैदिक साहित्यको युग (इसापूर्व ४,५०० देखि ८००), जुन कालमा वेद, ब्राह्मण, आरण्यक र उपनिषद् रचना गरिएका थिए । २. स्मृति, पुराण र काव्यको युग इसापूर्व ८०० देखि इस्वी संवत् ८०० सम्म), यस समयमा रामायण, महाभारत महाकाव्य रचना गरिएका थिए । रामायाण महाकाव्य, काव्य र नाटकको प्रेरणास्रोत पनि मानिन्छ । रामायणमा आदिकवि बाल्मीकिले युद्ध र विजयको वर्णन मात्रै नगरेर आफ्नो अद्भुत प्रतिभा प्रस्फुटन गरेका छन् । कौरव र पाण्डवको युद्धको उत्कृष्ट वर्णन गरिएको छ । महाभारत सामान्य महाकाव्य मात्रै नभएर १८ पर्वमा जीवन र जगत््को व्याख्या गरिएको छ । अर्थशास्त्र, धर्मशास्त्र, कामशास्त्रको अद्भुत मिश्रण हो । ३. भाष्य र प्रकीर्ण रचनाको युग (इस्वी संवत् ८०० देखि १५००) यस समयमा विभिन्न महाकाव्य, नाटक र गद्य रचना भएका छन् ।

    पूर्वीय साहित्यमा रससिद्धान्त भने वैदिककालदेखि प्रयोगमा आएको पाइन्छ । दुध, पानी, मधु र सोमरसका अर्थमा पनि प्रयोग भएका छन् । सामान्य अर्थमा रस भनेको तरल पदार्थ भए पनि साहित्यमा प्रयोगले दिने आनन्दलाई पनि रसको रूपमा लिइन्छ । भाव, विभाव, अनुभव आदि रसको रूपमा प्रकट हुने गर्दछ । रसका पनि विभिन्न प्रकार हुने गर्दछ ।

    साहित्य इतिहासका आफ्नै विधि र पद्धति रहेका छन् । क. योजना, ख. विधि, र ग. प्रस्तुति । इतिहासको समग्र प्रवाहलाई चिनाउनका लागि योजनाको आवश्यकता पर्दछ । त्यो योजनालाई अगाडि बढाउनका लागि निश्चित विधि अपनाउनुपर्ने हुन्छ भने प्रस्तुतिबाट अन्तिम रूप दिइन्छ ।

    नेपालको साहित्य इतिहासलाई बालकृष्ण पोखरेलले व्यावहारिक रूपमा विभाजन गरेका छन् । १. प्रा चीनकालमा आदियुग र मुद्राराक्षस युग, २. माध्यमिक कालमा पृथ्वीनारायण युग, अज्र्याल युग, भानुभक्त युग र प्रथम अन्योलयुग, ३. आधुनिक कालमा मोतिराम युग, लेखनाथ युग, सारदायुग, युगवाणी युग, द्वितीय अन्योलयुग र पुनराविष्कारयुग । तर विभिन्न इतिहासकारले बेग्लाबेग्लै ढङ्गले काल विभाजन गरेको पनि पाइन्छ ।

    अध्यात्मवादी र भौतिकवादी साहित्यका क्षेत्र
    जसरी अध्यात्मवादी र भौतिकवादी दर्शनका कार्यक्षेत्र एउटै हुन् । त्यसरी नै अध्यात्मवादी र भौतिकवादी साहित्यका क्षेत्र पनि एउटै हुन् । दुवै दर्शनका ब्रह्माण्ड, पृथ्वी, जीवजन्तु, वनस्पति, मानव समाज, नदी, हावा इत्यादि हुन् । अध्यात्मवादी र भौतिकवादी दुवै साहित्यका क्षेत्र पनि दर्शनका क्षेत्र नै हुन् । खालि दर्शन र साहित्यको लेखन र प्रकट गर्ने शैली, त्यसका पक्ष भिन्दाभिन्दै हुन्छन् ।

    गोपीरमण उपाध्यायले भनेका छन्– ‘प्रत्येक सामाजिक आधारले त्यसको अधिरचना अर्थात् समाजको चिन्तन, विधिविधानदेखि लिएर दर्शन, कला, साहित्यिक चेतना आदिको निर्माण गर्दछ ।’ उनले अगाडि भनेका छन्– ‘प्राकृतिक भौतिकवाद आदिम साम्यवादी युगको प्रतिनिधिमूलक दार्शनिक चिन्तन भएको हुनाले यसको उल्लेख त्यसै युगको प्रतिनिधि साहित्य वाङ्मयमा प्रशस्त मात्रामा रहेको देखिन्छ । एउटै मात्र ग्रन्थलाई प्राकृतिक भौतिकवादको प्रतिनिधि ग्रन्थ भन्न नसकिने अवस्था छ र स्वयम् वैदिक सूक्तमा प्राकृतिक भौतिकवाद अत्यन्त स्पष्ट एवम् स्थुल रूपमा अभिव्यक्त भएको देखिन्छ ।

    अध्यात्मवादी होस् वा भौतिकवादी साहित्यको क्षेत्र होस्, यी दुवैले ब्रह्माण्डको भौतिक जगत्, मानव र अन्य जगत्कै व्याख्या गर्ने हुन् । यही भौतिक जगत्मै बसेर साहित्यको रचना गर्ने हुन् । त्यसैले भौतिक जगत् अध्यात्मवादीका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

    पूर्वीय भौतिकवादी साहित्य
    पूर्वीय दर्शन साहित्यमा अध्यात्मवादी धारा नै बलियो छ । अध्यात्मवादी साहित्यको अथाह सागर छ । अध्यात्मवादी साहित्यमा जे जति रचना गरिएको छ, त्यसको तुलनामा भौतिकवादी साहित्य थोरै छ । पूर्वीय भौतिकवादी दर्शनको क्षेत्र नै अध्यात्मवादी दर्शनको तुलनामा सानो भएका कारणले यस्तो भएको हो । पूर्वीय भौतिकवादी दर्शनको रूपमा जैनदर्शन, साङ्ख्य दर्शन, चार्वाक दर्शन, बौद्ध दर्शन आदि पर्दछन् । ती दर्शन नै पूर्वीय प्रगतिशील साहित्यका मुख्य आधार हुन् ।

    जैनदर्शनको आधार ग्रन्थ उस्वामितद्वारा लेखिएको तत्वार्थाधिगम सूत्र, आचार्य कुन्दकुन्दद्वारा लेखिएको पञ्चास्तिकाय सार, मल्लिषेण सुरीद्वारा लेखिएका् स्याद्वादमञ्जरी, हरिभद्र सुरिद्वारा लेखिएको षड्दर्शन समुच्चयलगायत पर्दछन् । साङ्ख्य दर्शनको बारेमा उपनिषद्, श्रमदभागवत पुराण, चरक संहिता, सुसुप्त संहिता, महाभारत शान्तिपर्वमा पनि चर्चा गरिएको पाइन्छ । महाभारतको विभिन्न प्रसङ्गमा साङ्ख्य दर्शनको चर्चा पाइन्छ । कपिलले लेखेको मानिएको साङ्ख्यसूत्र, पञ्चशिखद्वारा लेखिएको षष्ठितन्त्र, दार्शनिक ईश्वरकृष्णद्वारा रचित साङ्ख्यकारिका साङ्ख्य दर्शनको मूल आधार रचना हुन् ।

    वैशेषिक दर्शनको आधार रचना वैशेषिक सूत्र, आत्रेय भाष्य, रावण भाष्य, तर्कसङ्ग्रहलगायत हुन् । यी ग्रन्थले ईश्वरको अस्तित्वलाई अस्वीकार गर्दै वैशेषिक ग्रन्थको भौतिकवादी पक्षलाई उजागर गरेका छन् । न्यायदर्शनको आधार रचना अक्षपात गौतमद्वारा रचित न्यायसूत्र, केशव मिश्रको तर्कभाषा इत्यादि रहेका छन् । यी रचना दार्शनिक साहित्य हुन्, जसले भौतिकवादी साहित्यलाई योगदान गरेका छन् ।

    समाज र दर्शनमा जुन कुरा रहेको हुन्छ, साहित्यमा पनि त्यही कुरा प्रकट हुन्छ । पूर्वीय समाज मूल रूपमा अध्यात्मवादको प्रभाव रहेको समाज हो । त्यसैले यहाँ अध्यात्मवादी दर्शनमा आधारित भएर साहित्य सिर्जना भएका छन् । जे जति भौतिक दर्शन वा साहित्य सिर्जना गरिएका छन्, तिनले समाजलाई व्यापक रूपले प्रभावित गर्न सकेन । माक्र्सवादी साहित्यले पछिल्लो सय वर्षमा पूर्वीय साहित्यमा प्रभाव पारेको छ । साहित्यमा वर्गीय दृष्टिकोण माक्र्सवादी साहित्यबाटै आएको हो । भौतिकवादी पक्ष भने पूर्वीय साहित्यमा निकै पुरानो हो ।
    भारतमा बिसौँ शताब्दीको प्रारम्भमै अखिल भारतीय प्रगतिशील लेखक सङ्घको गठन गरी सामाजिक समानता कायम गर्न, कुरीति, अन्धविश्वास, पिछडापन हटाउने अभियान थालिएको थियो । भारतका प्रख्यात प्रगतिशील साहित्यकारहरू डा. असरफ, कन्हैयालाल मुन्सी, प्रेम चन्द, हिरन मुखर्जीलगायतका साहित्यकारले आफ्नो घोषणापत्र जारी गरेका थिए । भारतमा प्रेम चन्द, हसरथ मोहानी, निराला पन्त, राहुल सांकृत्यायन, स्वेतादेवी, अरुन्धती रोय आदि प्रगतिशील साहित्यकारको व्यापक प्रभाव रहेको छ । नेपालमा पनि प्रगतिशील साहित्यकार धेरै रहेका छन् ।

    नेपालमा प्रगतिशील साहित्य रुस तथा चिनियाँ क्रान्ति, भारतको तेलङ्गना तथा किसान सङ्घर्षबाट प्रभावित भएको पाइन्छ । जहाँनियाँ राणाशासन विरुद्धको सङ्घर्ष, पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष, बहुदलीय व्यवस्थाको स्थापना, गणतन्त्रको स्थापनामा प्रगतिशील साहित्यको ठुलो योगदान रहेको छ । प्रगतिशील लेखक सङ्गठित रूपमै प्रगतिशील साहित्य रचनाकार्यमा लागेका छन् । श्यामप्रसाद, कृष्णचन्द्रसिंह प्रधान, मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छे, मोदनाथ प्रश्रित, निनु चापागाइँ, गोविन्द भट्ट, विमल निभा, नारायण ढकाल, आहुति, शक्ति लम्साल, विष्णु प्रभात, खगेन्द्र सङ्ग्रौला, घनश्याम ढकाल, जीवेन्द्रदेव गिरी, हरिगोविन्द लुइँटेल, अमर गिरी आदि प्रगतिशील साहित्यकारको ठुलो योगदान रहेको छ ।

    उपसंहार
    साहित्य सँगसँगै मानव सभ्यता पनि जोडिएको हुन्छ । मानव सभ्यताको निर्माणमा साहित्यको ठुलो भूमिका रहेको हुन्छ । समाजलाई कुनै सभ्यताको दिशातिर लैजाने भन्ने कुरा दर्शन र साहित्यमा निर्भर हुन्छ । साहित्य सधैभरि वर्गीय हुन्छ । साहित्य सिर्जना विद्वान र पढेलेखेकै मान्छेले गर्ने हुनाले पूर्वीय साहित्य पनि हजारौँ कालखण्डसम्म ब्राह्मणको कब्जामा रह्यो । राजाले यसलाई आफ्नो गुणगानको ठुलो औजारको रूपमा प्रयोग गरे । राजा–महाराजाको गुणगानलाई नै आम जनतासमक्ष लगियो ।

    साहित्यले जनताको बिचमा गहिरो छाप छोड्ने हुनाले समाजका शोषकवर्गले आफ्ना वर्गीय उद्देश्य साहित्यमार्फत् पनि पूरा गर्न खोज्दछन् । गीत, कविता, नाटक, आदि माध्यमबाट उनीहरूले आफ्नो गुणगान गर्न लगाउँछन् । राजाहरूले आफूलाई ईश्वरको अवतार बनाएर साहित्य लेख्न लगाउँथे वा साहित्यकारहरू राजाको गुणगान गरेर आफ्नो स्वार्थपूर्ति गर्नका लागि सामन्त र राजाको गुणगान गाउँथे ।

    चिनियाँ नेता माओत्सेतुङले भनेका छन्– संसारमा आज सबै संस्कृति, सबै साहित्य र कला विशेष वर्गको अधीनमा छन् र विशेष राजनैतिक दिशातिर हाँकिएका हुन्छन् । साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनका आंशिक भाग झैँ यसरी अडियुन् कि जनतालाई एक पार्ने तथा शिक्षा दिने, सत्रुलाई आक्रमण गर्ने र नष्ट पार्ने शक्तिशाली हतियारको रूपमा तिनलाई प्रयोग गर्न र जनतालाई एकजुट पारेर सत्रुसित जुध्न मद्दत गर्न सकियोस् । जनताको मुक्तिको आह्वान गर्दै धेरै चिनियाँ साहित्य रचना गरिएका थिए ।

    साहित्य एउटा गतिशील विधा हो । समयको परिवर्तन, समाजमा आएको परिवर्तन, क्रान्ति, न्याय, समानता, मानवअधिकार, पर्यावरण, विश्वशान्ति, खाद्य सुरक्षा मानव जीवनका सबै पक्षमा साहित्य सिर्जना भएका छन् । नेपालमा विभिन्न विधाका साहित्य सिर्जना गरिएका छन् । नेपाली लोककथा, कथा, कविता, उपन्यास, निबन्ध, नाटक, एकाङ्की, समालोचना, जीवनीलगायत विधामा साहित्य रहेका छन् । ती सबै विधामा प्रगतिशील धारा छन् । माथि नै भनियो कि कुनै एउटै ग्रन्थमा नभेटिए पनि वैदिकसूक्तमा प्राकृतिक भौतिकवाद अत्यन्त स्पष्ट र स्थुल रूपमा अभिव्यक्त भएको छ । त्यसले भौतिकवादी तथा प्रगतशील रचनालाई आधार प्रदान ग¥यो ।

    साहित्य र सौन्दर्य एकर्काका परिपूरक हुन् । साहित्य र सौन्दर्यको विशाल क्षेत्र रहेको छ । मान्छेले स्वभावैले सुख, शान्ति, आनन्द र सौन्दर्य प्राप्त गर्न चाहन्छ । ती सबै कुरा प्राप्त गर्नका लागि सङ्घर्ष गर्नुपर्दछ । साहित्यले मान्छेलाई सङ्घर्ष गर्न सिकाउनुपर्दछ र साहित्यले जनताको सेवा गर्नुपर्दछ । जीवन, प्रकृति, चिन्तन आदि कुरामा सौन्दर्यको धेरै महत्व हुने गर्दछ । प्रकृतिको सुन्दर पक्षलाई मान्छेले आफ्नो बनाउन चाहन्छ । मान्छेले आफ्नो सारा जीवनलाई साहित्यमा उतार्न चाहन्छ । शोषण, उत्पीडनविहीन समाजको परिकल्पना केवल साहित्यले मात्रै गर्न सक्दछ । साहित्यिक सिर्जनामार्फत् गरिएका कल्पना नै क्रमशः व्यवहारमा लागु हुँदै जान्छन् । त्यसले एउटा सुन्दर संसारको निर्माण गर्न सघाउ पु¥याउँछ ।

    सन्दर्भ सूचि
    शर्मा, ईश्वरीप्रसाद र गैरे, इश्वरीप्रसाद(२०६३). नेपाली साहित्यको इतिहास तथा संस्कृत र पाश्चात्य साहित्यको रूपरेखा, काठमाडौँ ः क्षितिज प्रकाशन

    उपाध्याय, गोपीरमण (२०७०). प्राकृतिक भौतिकवाद, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान

    उपाध्याय, केशवप्रसाद (२०७१). पूर्वीय साहित्य सिद्धान्त, काठमाडौँ : साझा प्रकाशन

    शर्मा, गोपीकृष्ण (२०६८). संस्कृत साहित्यको रूपरेखा, काठमाडौँ : शब्दार्थ प्रकाशन

    घिमिरे, विष्णुप्रसाद (२०५७). पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : ………..

    गौतम, तुलसीप्रसाद (२०७४). संस्कृत काव्य सिद्धान्त, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार

    थापा, मोहन हिमांसु (२०६३). साहित्य परिचय, काठमाडौँ : साझा प्रकाशन

    प्रश्रित, मोदनाथ (२०५८). संकलित रचनाहरू (खण्ड ६), काठमाडौँ : पैरवी प्रकाशन

    श्रेष्ठ, दयाराम (२०६१). साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ, काठमाडौँ : त्रिकोण प्रकाशन

    श्रेष्ठ, दयाराम र शर्मा, प्रा. मोहनराज (२०६३). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, काठमाडौँ : साझा प्रकाशन

    सिंह, मोहनविक्रम (२०७६), साहित्य, समालोचना र सौन्दर्य, काठमाडौँ : जनमत प्रकाशन

    (अखिल नेपाल प्रगतिशील लेखक सङ्घले २०७७ फागुन २९ गते आयोजना गरेको भर्चुअल अन्तरक्रिया प्रस्तुत अवधारणा पत्र)

    शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.