• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ओलीको राजीनामा र पूर्वनेकपाको एकीकरण : देशको तात्कालिक निकास


  •   बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    जस्तो कि यो लेखको शीर्षकमा नै बताइएको छ, प्रधानमन्त्री ओलीको राजीनामा र पूर्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समीकरण नै अहिले देशको तात्कालिक राजनीतिक निकास हो । अहिले देशको राजनीतिमा जुन अन्यौल र अस्थिरताको स्थिति उत्पन्न भएको छ, त्यसको मुख्य कारण नेकपाभित्रको विग्रह र फुट नै हो र त्यो स्थिति उत्पन्न हुनुका पछाडि केपी शर्मा ओली नै जिम्मेवार छन् ।
    अहिले पूर्वनेकपाभित्रको एउटा ठुलो पङ्क्ति ओलीको पक्षमा मिल्दै गएको देखिन्छ । कुनै नीतिगत वा राजनीतिक औचित्यताको कारणले होइन, सत्ताको पछि लागेर लाभ उठाउने अभिप्रायले नै त्यसो गरेको पाइन्छ । नेपालको राजनीतिको त्यो एउटा आधारभूत कमजोरी रहँदै आएको छ र त्यसले नेपालको राजनीतिलाई बारम्बार गलत दिशामा लैजाने गरेको छ र त्यसका ठुला दुष्परिणाम हुने गरेका छन् । अहिले देशमा पुनः त्यही प्रकारको प्रवृत्तिको पुनरावृत्तिको गम्भीर खतरा देखा परेको छ । अर्को शब्दमा भन्ने हो भने देश गम्भीर सङ्कटको मुखमा उभिएको छ । समयमा नै त्यसमाथि नियन्त्रण गरिएन भने त्यसका गम्भीर दुष्परिणाम हुने कुरा निश्चित छ ।

    सर्वोच्चले संसदको पुनस्र्थापना गरेर महत्वपूर्ण संवैधानिक कार्य गरेको छ । तर नेकपाको फुटले देशमा जुन गम्भीर क्षति पु-याएको थियो, त्यो क्षतिलाई संसदको पुनस्र्थापनाले पूरा गर्न नसक्ने कुरा प्रष्ट छ । नेकपाको फुटको परिणामस्वरूप संसदभित्र र देशमा पनि गम्भीर प्रकारको राजनैतिक अस्थिरता पैदा हुने कुरा स्पष्ट छ । पहिले कमसेकम संसदमा एउटा वामपन्थी शक्तिको सरकार थियो । अब त्यसमा भएको फुटको कारणले त्यसको सरकार बन्न सक्ने स्थितिमा छैन । अब नेका वा मधेसवादी सङ्गठन निर्णायात्मक अवस्थामा पुगेको छ । ओली वा प्रचण्ड पक्षमध्ये कसैले सरकार बनाउन खोजे पनि नेका वा मधेसवादी समर्थन आवश्यक हुन जान्छ । उनीहरूको समर्थन प्राप्त गर्नु भनेको उनीहरूको राजनीतिलाई पनि स्वीकार गर्नुहुने छ, अन्यथा उनीहरूले सरकार बनाउन कसैलाई सहयोग गर्ने छैनन् । उनीहरूसँग मिलेर सरकार बनाउँदा गम्भीर प्रकारको राजनीतिक सौदाबाजी गर्नु आवश्यक हुने छ । ती दुवै भारतपरस्त शक्तिहरू हुन् । त्यसकारण उनीहरूको माध्यमद्वारा भारतीय साम्राज्यवादले नेपालमा आफ्नो हस्तक्षेप बढाउन प्रयत्न गर्ने छ ।

    त्यसले नेपालमा खास गरेर तीन वटा उद्देश्यहरू पूरा गर्न चाहन्छ : प्रथम– कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नो प्रभुत्वलाई निर्वाध रूप दिने प्रयत्न गर्ने, द्वितीय– नेपाललाई सर्वप्रथम हिन्दु राष्ट्र बनाउन र त्यसपछि हिन्दु राजाको पुनस्र्थापना गर्न प्रयत्न गर्ने र तृतीय, नेपालको चीनसितको सम्बन्धलाई निस्कृय बनाउने वा समाप्त गर्न प्रयत्न गर्ने । भारतले अमेरिकी साम्राज्यवादसित पनि मिलेर नेपालमा आफ्ना साम्राज्यवादी उद्देश्यलाई पूरा गर्न प्रयत्न गर्ने सम्भावना पनि बढेर गएको छ ।

    अमेरिकाको नेपालसम्बन्धी नीतिको तात्कालिक मुख्य उद्देश्य एमसिसीलाई संसदद्वारा पारित गराउनु नै हो । त्यो इन्डो–प्यासिफिक रणनीतिको अङ्ग हो । त्यो पारित भएमा नेपाल अमेरिकाको सैन्य क्याम्पमा जाने छ र नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुने छ । अमेरिकाले नेपालको भूमिलाई तिब्बतका विरुद्ध पनि उपयोग गर्न चाहन्छ । भारत र अमेरिका दुवैले अहिले संसदमा पैदा भएको अस्थिरतालाई आफ्ना नेपालप्रतिका आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्न उपयोग गर्न प्रयत्न गर्ने कुरा प्रष्ट छ । उनीहरूले ती उद्देश्यहरू पूरा गर्न बल पुग्ने गरेर नै संसदका राजनीतिक पार्टीहरूका बिचमा गठबन्धन गराएर सरकार बनाउने प्रयत्न गर्ने छन् । त्यस प्रकारको गठबन्धनको केन्द्रमा नेका र मधेसवादी नै हुने छन् । त्यो गठबन्धनका लागि माओवादीका दुवै पक्षमध्ये कसलाई सामेल गर्दा फाइदा हुने छ ? त्यसको आधारमा नै उनीहरूले ती दुवैमध्ये कुनै पक्षलाई त्यसमा सामेल गराउने प्रयत्न गर्ने छन् ।

    राजावादीहरूले वर्तमान अस्थिर राजनीतिलाई स्वागत गरेका छन् । किनभने, त्यो स्थितिबाट उनीहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न मद्दत पुग्ने आसा गरेका छन् । मधेसवादीहरूले पनि कुनै पनि गठबन्धनमा सामेल हुनका लागि संविधानमा संशोधन, रेशम चौधरीको रिहाइसमेतका सर्त अगाडि सारेका छन् । त्यसको पछाडिको मुख्य उद्देश्य हो– तराईको विखण्डन ।

    त्यसरी देशमा विदेशी साम्राज्यवादी वा देशभित्रका प्रतिगामी र पृथकतावादी शक्तिलाई खेल्ने जुन अवसर प्राप्त भएको छ, त्यो नेकपाको फुटको कारणले नै पैदा भएको हो । त्यसैले हामीे सुरुदेखि नै नेकपाको एकतामा जोड दिँदै आएका थियौँ । हामीले त्यो एकतामा जोड दिनुको अर्थ त्यो फुटबाट देशमा सम्भावित अस्थिरता र त्यसको परिणामस्वरूप सम्भावित राजनीतिक दुष्परिणामलाई रोक्नु थियो । तर फुट भयो र त्यसको गम्भीर परिणाम अहिले देशको अगाडि आएको छ । त्यो स्थिति अरू गम्भीर जटिल बन्दै जाने आशङ्का छ । त्यस प्रकारको स्थितिको समाधान अहिले पनि नेकपाको एकीकरण नै हो भन्ने अहिले पनि हाम्रो मत रहेको छ । तर त्यसको विपरीत स्थिति झन् झन् बिग्रँदै गइरहेको छ । नेकपामा एकीकरणको सट्टा उनीहरूका बिचको विभाजन झन् झन् बढ्दै गइरहेको छ ।
    सर्वोच्चको संयुक्त इजलासले नेकपालाई औपचारिक रूपले नै विभाजित गरिदियो र एमाले र माओवादी–केन्द्र पूर्ववत रूपमा नै अस्तित्वमा आए । त्यो निवेदकको माग पनि थियो । यो अनुमान गर्नका लागि आधार छ कि त्यस प्रकारको फैसलाको प्रकृति न्यायिकभन्दा पनि राजनैतिक प्रकारको छ । त्यस प्रकारको फैसलाबाट नेकपालाई फुटाउने साम्राज्यवादी र प्रतिगामी शक्तिहरूलाई नै बल पुग्ने कुरा प्रष्ट छ ।

    नेकपाको फुटका लागि केपी शर्मा ओली नै मुख्य रूपमा जिम्मेवार थिए । उनको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीका कारणले नै त्यो फुुट भएको थियो । उनको प्रवृत्ति त्यहीँसम्म मात्र सीमित रहेन । उनले संविधानको समेत अतिक्रमण गरेर संसदको विघटन गर्ने काम गरे । अहिले संसदको पुनस्र्थापना भएको छ । तर उनले सर्वोच्चको फैसला र संविधानको स्प्रिटअनुसार काम गर्नुको सट्टा संसदलाई असफल बनाउने र मध्यावधि चुनाव गराउने दिशातर्फ नै बढी प्रयत्न गरिरहेको पाइन्छ । अन्य पक्षसितको गठबन्धनको कुराकानीमा पनि उनले मध्यावधि चुनावमा जाने कुरामा नै बढी जोड दिएको पाइन्छ ।

    ओलीको कार्यशैलीबाट यो कुरा बुझ्न गाह्रो पर्दैन कि उनले आफ्नो पद र महत्वाकाङ्क्षा पूरा गर्नका लागि देशलाई जुनसुकै प्रकारको खतरामा हाल्न पनि तयार छन् । त्यस हिसाबमा उनले संविधान, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतासमेतमाथि आघात पुग्ने कुनै प्रकारको सौदाबाजी वा काम गरे भने पनि त्यो आश्चर्यको कुरा हुने छैन । आफ्ना व्यक्तिगत महत्वाकाङ्क्षा पूरा गर्नका लागि उनले देशभित्रका प्रतिगामी शक्ति वा साम्राज्यवादी शक्तिहरूसित कुनै पनि प्रकारको सौदाबाजी गर्न सक्छन् । त्यसैले उनको पूरा प्रयत्न पूर्वनेकपाको एकीकरण हुन नदिनेतर्फ नै हुने छ । त्यसैले ओलीसित कुनै सम्झौता गरेर होइन, उनलाई हटाएपछि नै पूर्व नेकपाको एकीकरण सम्भव हुने । सबैभन्दा राम्रो कुरा यो हुने छ कि स्वयम् ओलीले राजीनामा दिएर पार्टी एकीकरण वा देशमा राजनीतिक निकासका लागि मार्गप्रशस्त गरुन् । उनी त्यसो गर्न तयार नभएमा पूर्वएमालेका अहिले भिन्न धारमा विभाजित पक्षले हिम्मत गरेर तथा एकताबद्ध भएर एकीकरणको प्रक्रियालाई सफल पार्ने प्रयत्न गर्नुपर्दछ ।

    पूर्वनेकपाको एकीकरणबाट देशका सबै समस्याको हल हुने छ भन्ने होइन । त्यही पनि त्यसो भएमा नेकपाको फुटका कारणले देशी वा विदेशी शक्तिहरूको जुन चलखेल बढेर गएको छ, त्यसलाई केही न केही रोक्न सकिने छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस्तो हुन नसकेमा देशमा गम्भीर प्रकारको राजनीतिक र संवैधानिक सङ्कटको स्थिति उत्पन्न हुने छ । त्यसलाई समाधान गर्न नेपाली जनताले पुनः लामो सङ्घर्षको बाटो समात्नुपर्ने छ । स्थितिको त्यो गम्भीरताप्रति हामीले सम्पूर्ण देश र जनता तथा पूर्वनेकपाका सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ ।

    बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.