• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आगामी वर्षको बजेट : नयाँ आयोजना बन्ने सम्भावना न्यून


  •   सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेटबारे विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ । सोमबार भएको छलफलमा मुख्य सचिव शंकरदास बैरागीले बजेट कार्यान्वयन हुन नसक्ने आधारहरु बारे गहन ढंगले छलफल गरेर मात्र अगाडी बढ्न सक्ने बताउनुभयो ।

    Advertisement

    राष्ट्रिय प्राथमिकतालाई मन्त्रालयहरुले ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । आगामी वर्षको बजेटमा बजेट खर्च गर्ने अधिकारीको काम कार्यान्वयनको मुल्यांकन हुनेगरी व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठोस काम र परिणाम आउने कामलाई प्राथमिकता दिनेगरी बजेट निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

    छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले अर्थ मन्त्रालयले छुट्याएको बजेटआधारले चालु बहुवर्षे ठेक्काबाहेक अन्य कार्यक्रम आयोजनालाई विनियोजन गर्न नपुग्ने अवस्था आएको गुनासो गर्नुभयो ।

    कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले हरेक वर्ष कृषि क्षेत्रको बजेट घटाएर उपलब्धी हासिल गर्न नसकिने बताउनुभयो । उहाँले कृषि मन्त्रालयको प्राथमिकताको काम समेत गर्न नसकिने दाबी गर्नुभयो ।

    रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले प्रतिरक्षा विश्वविद्यालयलाई प्राथमिकताको साथ अगाडी बढाउने गरी श्रोत सुनिश्चित गरिदिन माग गर्नुभयो ।

    भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नयाँ आयोजनामा नापीको आधारभुत कार्यलाई अनिवार्य समावेश गरेर योजना बनाउनुपर्ने बताउनुभयो । मालपोत कार्यालय र नापी कार्यालय सञ्चालनको खर्च समेत नपुग्ने अवस्थामा रहेकाले परिणाम पनि नखोज्न अर्थ मन्त्रालयलाई आग्रह गर्नुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बजेट निर्माण र कार्यक्रम तथा आयोजना तर्जुमा गर्ने प्रक्रियालाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । अहिले संघ, प्रदेश र स्थानीय सरकारले अलग अलग बजेट बनाउने तर एक अर्काको परिपुरक हुन नसकेका कारणले बजेट निर्माण प्रक्रियाको नै पुनरावलोकन गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले अर्थ मन्त्रालयले दिएको बजेट आधारलाई पुनः मुल्यांकन गर्न आग्रह गर्नुभयो । बजेट आधार बाँडफाँड गर्दा हचुवाको भरमा गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभयो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल सरकारका सबै मन्त्रालयको कामको समन्वय तथा कार्यक्रम हेर्ने गरी बजेट छुट्याउन आवश्यक रहेको बताउनुभयो ।

    सर्वोच्च अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले अदालत र सरकारी कार्यालयको भौतिक पूर्वाधार निर्माणमा भेदभाव गरेको आरोप लगाउनुभयो । उहाँले अर्थ मन्त्रालयले अदालतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा मन्त्रालयको कार्यक्रममा सरकारले कुपोषण नै लगाएको भनि ब्यङ्ग्य गर्नुभयो । उहाँले प्राप्त बजेट आधारले मन्त्रालयका चालु रहेका सबै कार्यक्रम चलाउन नसकिने बताउनुभयो ।

    संघीय संसद सचिवालयका सचिव ध्रुव प्रसाद घिमिरेले संघीय संसद दुई सदनात्मक भएको अवस्थामा पनि एक सदन मात्र भएको जसरी बजेट आधार तोकिदा कार्य सञ्चालन गर्न नै कठिन हुने अवस्था आउने भएकाले बजेट आधार बढाउन आग्रह गर्नुभयो ।

    राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रतर्फ जाने कुरालाई मन्त्रालयले बनाउने योजना कार्यक्रममा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

    अर्थ मन्त्रालयका सचिव रामशरण बजगाईले बदलिँदो परिवेशसँग दाँजेर मन्त्रालयको बजेट प्राथमिकतालाई निर्धारण गर्नुपर्ने बताउनुभयो । अर्थ मन्त्रालयका अर्का सचिव शिशिर कुमार ढुंगानाले कोरोना पछिको अर्थतन्त्रको पुनरागमन भनेको एकिकृत रुपमा सबै पुनरागमन भनिएको कुरा नर्बिसन सचिवहरुलाई आग्रह गर्नुभयो । बजेट निर्माण र योजना तर्जुमा गर्दा नीजि क्षेत्रलाई बिर्सेर योजना नबनाउन पनि उहाँले सचेत गराउनुभयो । उहाँले नीजि क्षेत्रको लगानीको परिपुरक हुनेगरी योजना बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.