बागलुङ । ढोरपाटन नगरपालिकाको–४ मा रिखुवामा राष्ट्रिय जनमोर्चा टोल भेला सम्पन्न भएको छ । २०७७ फागुन २९ गते सम्पन्न उक्त भेलाले टोल समितिसमेत गठन गरेको छ ।
Advertisement
समितिको अध्यक्षमा रामबहादुर अर्गेजा, सचिवमा प्रेमलाल अर्गेजा र कोषाध्यक्षमा श्यामकुमारी हर्मेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा नवीन अर्गेजा, गोविन्द पुन, चिरन पुन, होमबहादुर अर्गेजा, मिलन अर्मेल र श्यामबहादुर हर्मेल रहनुभएको छ ।
रामबहादुर अर्गेजाको अध्यक्षता, कुलबहादुर छन्त्यालको सञ्चालनमाबाट अघि बढेको उक्त कार्यक्रममा राजमो ढोरपाटन नगरपालिका–४ का अध्यक्ष खड्कबहादुर कुँवर प्रमुख अतिथि तथा अन्य अतिथिहरूमा रक्तिम अभियानका जिल्ला सचिव सहविन अर्गेजा, वामपन्थी नेता गोकुलप्रसाद अर्गेजा र राजमो सदस्य जीवन गिरी रहनुभएको थियो ।