बागलुङ । अखिल नेपाल युवक संघ बागलुङको ११ औँ जिल्ला सम्मेलन आगामी २०७८ साल वैशाख २४ र २५ गते हुने भएको छ ।
Advertisement
जिल्ला अध्यक्ष जुनविक्रम शाहीको अध्यक्षतामा फागुन २७ र २८ गते बुर्तिबाङ बजारमा बसेको बैठकले ११औँ जिल्ला सम्मेलन गलकोटमा गर्ने निर्णय गरेको हो । बैठकले ०७७ चैत्र मसान्तसम्म बागलुङ जिल्लाका ८५ वटै वडामा वडा भेला र ०७८ वैशाख १० गते भित्र पालिकास्तरीय भेला गर्ने मिति तय गरेको छ ।
जिल्ला सम्मेलन सफल पार्न जुनविक्रम शाहीको संयोजकत्वमा कृष्णराज शर्मा सञ्जाल, बिरेन्द्र थापा, अनिल गिरी, देबेन्द्र थापा, दुर्गा थापा, भिषम छन्त्याल, पितम्बर सापकोटा र मनिष कडेल सदस्य रहेको ९ सदस्यीय सम्मेलन मूल व्यवस्थापन समिति र बिभिन्न उपसमिति निर्माण गरेको छ ।
साथै सम्मेलनलाई सफल पारिदिन पनि युवक संघले सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।