तिलक थापा, बागलुङ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले आगामी चैत २० र २१ गते हुन गैरहेको जिल्ला सम्मेलन सफल बनाउनको लागि जिल्ला व्यपि संगन अभियानलाई तीव्र पारेको छ ।
Advertisement
अभियानको क्रममा आज काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम स्थित धारा माविमा अखिल (छैठौं) को ईकाई प्रशिक्षण भेला सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अखिल (छैठौं) बागलुङका सल्लाहकार मनिष कडेंल, जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो । भेलाले सन्देश विकको अध्यक्षतामा १५ सदस्यीय अखिल (छैठौं) धारा मावि ईकाई समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्ण विक, सचिव कबिशन थापा, सहसचिव हरिकला विक र कोषाध्यक्षमा सुश्मा पुन रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ । कक्षागत भेलाले कक्षा ६ देखि कक्षा १० सम्मको कक्षा ईकाई समिति गठन गरेको छ ।