• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

म छोड्नेवाला छैन, फेरि क्रान्तिको नेतृत्व गर्छु


  •   बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
  • पुष्पकमल दाहाल (प्रचण्ड)

    Advertisement

    अहिले देशको परिस्थिती अलिकति जटिल छ । चुनौतीपूर्ण छ । मैले भनेकै थिएँ, केपी प्रवृत्तिका विरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा मैले साच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभुति मलाई भएकै थियो भएकै छ । र त्यसले चिनियाँ आन्दोलनमा बमबार्द द हेडक्वाटर भन्ने हामी सबैले हिजो पढ्थ्यौँ नि । बुर्जुवा हेडक्वाटरमा बम बर्साउ ।

    प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, षडयन्त्रकारी लिडरशिपमाथि बम बर्साउ भन्या हो । मैले केपी प्रवृतिका विरुद्ध जानि बुझि यो सँग अब सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म अब फेरि जेल जान परेपनि तयार, मर्न परेपनि तयार तर यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हो । तपाईंहरुले सायद त्यो पढ्नु भएको छ होला । त्यो अहिले युद्ध भएर हिंसामा जाने कुरा त त्यहाँ मैले गरेको पनि होइन । अहिले नै त्यो परिस्थिति पनि होइन । तर जसरी युद्ध भनेको हिंसा सहितको राजनीति हो हामीले गरेको त राजनीति थियो नि त युद्धमा पनि ।

    सामन्तवादका विरुद्ध, निरंकुशतन्त्रका विरुद्धको राजनीति गरेको हो युद्ध मार्फत । अहिले फेरि शान्ति मार्फत हामीले युद्ध गरेको हो । प्रतिक्रियावादी विचारका विरुद्ध, प्रवृत्तिका विरुद्ध, दक्षिणपन्थका विरुद्ध, फेरि एउटा नयाँ युद्ध गरेकै हो । त्यो युद्ध अहिले चलिराखेको छ कमरेडहरु । त्यो युद्ध अहिले चलिराखेकै छ । हामीले संसद विघटनका विरुद्धको यो संविधान खारेज गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौँ । र त्यो ब्याटल त हामीले जित्यौँ तर हामीले वार चाहिँ जितेका छैनौँ । अझैपनि ठुल्ठुला षडयन्त्र भइराख्या छन् । तपाइँ हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तन माथि हमला भइ नै राखेको छ । त्यसकारण हामी सबै सजग भएर फेरि एकपटक आफ्नै खुट्टामा उभिने । हामीले यो सँग मिले होला कि त्यो सँग मिले होला कि यो गरे होला कि त्यो गरे होला कि भनेर धेरै गरियो । तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहीँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै पनि हो । अहिले फेरि हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने । अब सबै क्रान्तिहरु माथि नै भरपर्ने । क्रान्तिकारी विचार र क्रान्तिकारी साथीहरु माथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले नै मैले नयाँ जनयुद्ध शुरु गरेको पनि हो ।’

    ‘फेरि जनतासँग जोडिने, फेरि देशव्यापी अभियान चलाउने तिर मैले सोचिराखेको छु । म काठमाडौंभन्दा अभियानमा बढी बस्ने विचार छ । फेरि दुईचार वर्ष जनताको विचमा गएर किनभने प्रतिक्रियावादी देश भित्र र बाहिरकाले निकै ठुलो षडयन्त्र हाम्रा राष्ट्रका विरुद्ध, हाम्रो आन्दोलनका विरुद्ध, हाम्रा उपलब्धी, परिवर्तन र उपलब्धी माथि धावा बोल्ने कोसिस गरेका छन् त्यसलाई परास्त गर्नुछ । मलाई विश्वास छ हामीले परास्त गरिन्छ । हामीले आफ्नै धरतीमा टेकेर मात्रै परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर मात्रै परास्त गर्न सकिन्छ । हामी देशका सबै सहर बजारका टोल टोल गल्ली गल्ली र गाउँघर पाखा पखेरा सबैतिर मजदुर किसान जसरी हिजो हामीले दलित, महिला, मुस्लीम आदीबासी जनजाती, मधेसी सबै सबै वर्ग तहतप्काका जनतालाई अधिकार सम्पन्न गर्ने लडाइँ लड्यौँ र हामीले जित्यौँ । हामी फेरि एकचोटी अभियान चलायौँ भने अहिले युद्ध गर्नुपर्ने स्थिति छैन । अहिले शान्तिपूर्ण ढंगले नै हामी आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलायौँ भने प्रतिक्रियावादीहरु परास्त हुन्छन् । हामी जित्छौँ ।

    एकचोटी फेरि कोर्स करेक्शन गरेर प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्न अगाडी बढ्नुपर्छ भन्ने संकल्प मैले लिएको छु । यद्यपी, जनयुद्ध शुरु गर्ने बेलामा म ४२÷४३ वर्षको थिँए । अब अहिले ६६÷६७ वर्षको भएँ । उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन् ल अब उमेर भएका त छोडिदिनुपर्छ भन्छन् । म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा अगाडी जानेमा छु । तपाईहरु यो कुरामा चाहीँ विश्वस्त रहनुहोला । म छोड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु । मैले लडेँ । अहिलेपनि एउटा ब्याटल त लडेँ त्यो बाटल हामीले जित्यौँ पनि । र अरु दुइचार वटा ब्याटल जित्न बाँकी छ । र हामीले जित्नैपर्छ ।
    (बिहीबार नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड)

    बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.