क्रान्तीको लाल झन्डा बोकेर
नयाँ दिन आउने छ भन्दै छौँ, संघीयता खारेज गरी
गणतन्त्र नेपालको उदाउँदो सूर्यमा ।
Advertisement
सामन्तका दिन टाढै गएका हुन्
देश बिगार्ने दलाल यीनै हुन्
गणतन्त्र नेपालको उदाउँदो सूर्यमा ।
माथि हेर्दा उमङग छ तल हेर्दा दङ्ग
साम्राज्यवादको रङमन्चमा
दलालको निद भयो भङ्ग
गणतन्त्र नेपालको उदाउँदो सूर्यमा ।
विश्व साम्राज्यवादको डलरको खेती
ऊ,,,,पारि छिमेकी साम्राज्यवाद देखाउने झोली
अब यो देशलाई नभनौं है भोली
गणतन्त्र नेपालको उदाउँदो सूर्यमा ।
पूर्व मेची पस्चिम काली जुर्मुराई उठ
यो देश बनाउन एकै ठाउँमा जुट
गणतन्त्र नेपालको उदाउँदो सूर्यमा ।
निरन्तर लडिरहे छौँ बिसाल हाम्रो छाती
लड्छौ, मर्छौ देशकै लागि झुक्दैन मसाल पार्टी
गणतन्त्र नेपालको उदाउँदो सूर्यमा ।
जनक बिसि दक्षिण भारत कोचिन