• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संगरुर, हिसार र जालन्धरमा पनि मनाइयो श्रमिक महिला दिवस


  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    आधा धर्ती ओगटेका महिलाहरुको हक अधिकारको लागि संघर्षरत प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । प्रवासमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुले सोमबार मूल प्रवाहको ब्यानरमुनी श्रमिक महिला दिवस मनाएका हुन् ।

    Advertisement

    संगरुर
    संगरुरमा पनि १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम महिला विभाग संगरुरको आयोजनामा भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ । कार्यक्रममा वक्ताहरुले कानुनमा कैयन ठाउँमा महिला अधिकारका कुरा गरिएता पनि व्यवहारमा लागू हुन नसकेको तर्क गरेका थिए ।

    सभामा मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य बुद्धिराम आचार्य, नगर अध्यक्ष खेमराज पोख्रेल, नगर उपाध्यक्ष नारायण भुसाल, सचिव राजु खनाल, सहसचिव धनबहादुर विक, नगर सदस्य गुणानिधी आचार्य, महिला विभागका लक्ष्मी विष्ट, सरिता भुसाल, गंगा अर्याललगाएत हुनुहुन्थो ।

    कार्यक्रम रामप्रसाद खनालको संचालनमा तथा लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको नगर अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनुभएको छ।

    जालन्धर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिद्वारा सञ्चालित महिला विभाग जालन्धरको आयोजनामा १११ औं अन्तर्रास्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकताका केन्द्रीय सदस्य कूलबहादुर बगाले र लक्ष्मण खड्का, महिला विभाग केन्द्रीय सदस्य शुष्मा खडका, जितमान थापा, दिल बहादुर गाहा, माधव खनाल, प्रेम शंकर खनाल, अमित सुनार, किरन पुन, मधुकर भण्डारी, लक्ष्मण केसी, सन्तोष बुढामगर, राजेन्द्र थापा, इन्दिरा कुँवर, कमला विक, रक्तिम विभागबाट सृजना बगाले, विद्यार्थी संघबाट लक्ष्मी परियार, जनजाति विभागबाट दिलबहादुर गाहा, समता विभागबाट अमित सुनार लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रमको सञ्चालक जमुना गाहाले गर्नुभएको थियो भने अध्यक्षता माया परियारले गर्नुभएको कार्यक्रमा उपस्थिति सबैलाई जुना विक र रक्तिम परिवारका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

    हिसार
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती हिसारद्वारा सञ्चालित महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

    कार्यक्रमका वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सल्लाहकार देविप्रसाद पौड्याल, नेपाली समाचारका सम्वाददाता तारा सोमारे, क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, महिला क्षत्रीय विभागकी सदस्य डोलमाया विक, पूर्वनगर अध्यक्ष तथा किसान महासंघका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, समता विभागका नारायण विक, जनजाती नगर विभागका केहर सिंह घर्ती मगर, रक्तिम विभागका योगेन्द्र दर्लामी, महिला विभागकी मिनु दर्लामी, सिटि एरियाका बाबुराम शर्मा, इन्ड्रस्ट्रीयल एरियाका लालबहादुर चुदाली लगाएतले मन्तव्य राख्नु भएको थियो।

    कार्यक्रममा नगर स्थापना दिवसको कार्यक्रममा सहभागी कलाकारहरुलाई सम्मान गर्नुको साथै महिला दिवस कार्यक्रममा आज भएको कुर्सी दौड का विजेता प्रथम हुने निरु सारु, द्वितिय हुने दिपा लम्तरी र तृतीया हुने कुसुम सोनीलाई पुरस्कृत गरिएको थियो।

    निरु सारुको अध्यक्षतामा तथा दुर्गा शर्माको संचालनमा सम्पन्न कार्यक्रममा शान्ता पौडयाल तथा रक्तिम कलाकारहरुले उपस्थित जनसमुदायलाई स्वागत गर्नु भएको समाचार नगर सचिव तारा सोमारेले बताउनु भएको छ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.