खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगरसमितीद्वारा संचालित महिला विभाग रोपडको आयोजनामा १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य तथा सानदार रुपमा सम्पन्न गरिएको छ ।
८ मार्च श्रमजीवी महिलाहरुको लागि निकै महत्वपूर्ण रहेको र यो दिवसले बर्तमान शोषणमूलक संरचनाविरुद्ध नारीहरुलाई सशक्त रुपमा उभिएर सबै खाले शोषण, दमन अन्यान्यको विरुद्ध संगठित हुन निर्देशन गरिरहेको कार्यक्रमका वक्ताहरुले बताए ।
वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदूरपश्चिमोत्तर क्षत्रीय सदस्य छविलाल सापकोटा, खगी थापा, महिला विभाग क्षत्रीय अध्यक्ष सिता सापकोटा, सदस्य मञ्जु थापा, जनजाति विभाग क्षेत्रका बिलबहादुर गुरुङ, सोभाराम सापकोटा, नगर अध्यक्ष मनिराम सापकोटा, राधिका सापकोटा, दुल्लुदेवी सापकोटा, प्रजापती सापकोटा, लालबहादुर थापा, रक्तिमका मदन थापा, प्रतिक्षा थापा, मुना थापा, टिका सापकोटा, भाग्यसुवा गुरुङ, लक्ष्मी सापकोटा, बबिता गुरुङ, हरिकला कडेल, तुल्सी थापा, गिता थापा, दिल कुमारी परियार, लगाएत हुनुहुन्थ्यो।
रुप कार्कीको सञ्चालनमा तथा लक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सकुन्तला थापाले स्वागत गर्नुभएको क्षत्रीय सदस्य छविलाल सापकोटाले जानकारी दिनुभयो ।