• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ र थारु महिलाको अवस्था


  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
  • लक्ष्मी चौधरी

    Advertisement

    आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले आजको दिनलाई महिला अधिकार प्राप्तिका लागि भएका संघर्षहरुको स्मरण गर्दै मनाउने गर्दछन् । नेपालका महिलाहरुले पनि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन छ । अन्तर्राष्ट्रिय महिला दिवसको मुख्य सन्दर्भ पुरुष सरह महिलालाई पनि हक अधिकार हुनु पर्छ र महिला पनि समाजमा स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्छ भन्ने हो ।

    यद्यपी, पहिलेको तुलनामा अहिले महिलाहरु धेरै स्वतन्त्र भएका छन् । राजनीतिक, सामाजिक क्षेत्रमा होस् वा स्वास्थ्य, शिक्षाको क्षेत्रमा किन नहोस् महिलाको भूमिका र पहुँच बढ्दै गएको छ । नेपालको संविधानमा महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरिएको छ । महिलाका पक्षमा कैयौं कानुनहरु बनेका छन् । घर परिवार र समाजमा महिलाप्रतिको भेदभावमा कमी हुँदै गइरहेको छ । तैपनि संविधान र कानुनमा उल्लेखित अधिकारहरु व्यवहारमा पूर्णतः लागु हुन सकेको छैन भने समाजमा पनि महिलाले जति अधिकार पाउनुपर्ने हो, पुरुषसरह जसरी समान व्यवहार गरिनुपर्ने हो, त्यो अवस्था छैन ।

    अहिले पनि महिला तथा किशोरीहरु दैनिकजसो बलात्कारको शिकार भैरहेका छन् । दाइजोको नाममा महिलाहरुमाथि अमानवीय व्यवहार कायम छ । कतिपय स्थानमा छाउपडी परम्पराले महिलाहरु आजित छन् । बहुविवाह, सामाजिक कूरीतिलगायत घरेलु हिंसाको चपेटामा महिलाहरु परिरहेका छन् । समाजका अन्य महिलाहरुको जस्तै थारु समुदायका महिलाहरु पनि आफ्नो हक अधिकारबाट बञ्चित छन् । अझ पिछडिएको समुदाय भएका कारण थारु महिलाहरु त राजनीतिक, सामाजिक क्षेत्रमा धेरै नै पछाडी पारिएका छन् । तर, अरु समुदायका महिलाहरुको तुलनामा घर परिवार र आफ्नो समाजमा भने थारु महिलाहरु कैयौं कुरामा बढी स्वतन्त्र छन् ।

    मैले बुझे र भोगेअनुसार अन्य समदायका महिलाहरुले जुन खालको पारिवारीक बन्धन खेप्नुपर्छ, थारु महिलाले त्यति धेरै पर्दैन । यद्यपी थारु जातिका महिलाहरु अन्य समुदायका महिलाभन्दा पछाडी परेका छन् । अहिले पनि राजनीतिक, सामाजीक अधिकार तथा स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा उनीहरुको पहुँच निकै कम छ । तर यो समुदायमा महिलाहरुलाई केही स्वतन्त्रता र सम्मान अवस्य छ ।

    थारु समुदायका महिलाहरुमा छाउपडी छैन । उनीहरुमा रजस्वला भएपछि कुनै खालको भेदभाव हुँदैन । धर्मका नाममा महिला माथि हुने भेदभाव थारु समूदायमा छैन । दाइजो प्रथा छैन । यद्यपी पछिल्लो समयमा कतिपयले अन्य जातीको देखासिकी गरेर दाइजो दिन थालेका छन् । तर दाइजोकै कारण थारु महिला प्रताडित हुनुपरेका घटना खासै छैन । कैयौं घर परिवारको निर्णायक तहमा त महिलाकै भूमिका महत्वपूर्ण हुने गर्छ ।

    यसबाहेक बाहुन क्षेत्री महिलाहरुको तुलनामा कैयौं स्वतन्त्रता थारु समुदायका महिलाहरुलाई छ । हाम्रो सामाजिक संस्कार अनुसार आफ्नो श्रीमान बितेपछि महिलाले अझैपनि  सेतो लुगा लगाउनु पर्ने, चुरापोते वा रातो रंङ लगाउन नपाइने परम्परा छ । यसले गर्दा महिलाहरु जिन्दगीभर पीडित हुनुपर्छ । तर, थारु समुदायमा यो परम्परा छैन । अहिले आएर प्रगतिशीलरुपमा अन्य समुदायका महिलाहरुले पनि त्यो स्वतन्त्रता अलि अलि पाउँदै आएका छन् । तर थारु समुदायमा त्यसखालको स्वतन्त्रता पुर्खादेखि नै चलि आएको छ । थारु समुदायमा जातीयताको विभेद पनि पाइँदैन । दलित समुदायले खेप्नुपर्नेछुवाछुतको समस्या थारु जातीको हकमा लागू हुँदैन । यो समुदायले कसैलाई जातीय विभेद गर्दैन ।

    राष्ट्रियताको सवालमा थारु समुदाय अत्यन्त संवेदनशील समुदाय हो । खासगरी पश्चिमी तराई क्षेत्रमा बस्ने थारुहरुले आफ्नो सिमानाको रक्षा गर्दै आइरहेका छन् । पूर्वी तराईका मधेशी समुदाय जस्तो भारतसँग ‘रोटी बेटीको सम्बन्ध’ थारु जातीले कायम गरेको छैन । त्यसले गर्दा भारतीय महिलासँगको विवाह, त्यससँगै जोडिएका नागरिकता, दाइजो, घरेलु हिंसा जस्ता प्रताडना थारु जातीका महिलाले खेप्नु परेको छैन । बरु पुरुषसरह उनीहरु पनि देशको सिमाना र राष्ट्रियताको रक्षाका लागि क्रियाशील छन् । भारतसँगको ‘रोटी–बेटी’ सम्बन्धले तराईमा जहिले पनि नागरिकताको समस्या सिर्जना भएको देखिन्छ । खासगरी भारतबाट विवाह गरेर आउने महिलाहरुमा यो समस्या छ । अझ त्यसरी वैवाहिक सम्बन्ध गाँसेकाहरुले आफ्ना आफन्तलाई समेत नेपालको नागरिक बनाउने प्रयास गर्दा तराईमा नागरिकताको समस्या वर्षेनी बढ्दै गइरहेको छ ।

    कैयौं मधेशवादी दलका नेताहरुले नागरिकतालाई आफ्नो राजनीतिक स्वार्थको मुद्दा बनाउने गर्दछन् । तर, थारु समुदाय यो समस्याबाट अलग छ । केही फाट्टफुट्ट वैवाहिक सम्बन्धबाहेक नेपाली थारु युवतीहरु भारतमा विवाह गरेर जाने प्रचलन छैन नत उताबाट विवाह गरेर ल्याउने चलन नै छ । बरु पछिल्लो समय थारु समूदायले नेपालमै विभिन्न जातीका बिचमा वैवाहिक सम्बन्ध कायम गरेर जातीय सद्भाव बढाएको देखिन्छ । यसरी सिमाना वा राष्ट्रियताको रक्षा तथा देशभित्रको जातीय सद्भावका लागि थारु समुदायले महत्वपूर्ण भूमिका खेलिरहेको छ, जहाँ थारु महिलाको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ ।

    नेपालमा बाहुन क्षेत्री समुदायका महिलाहरुले जुन धार्मिक, साँस्कृतिक, सामाजीकरुपमा हिंसा भोग्नु परेको छ, त्यो थारु समुदायका महिलाहरुमा अत्यन्त कम लागू हुन्छ । बरु उनीहरुले अन्य जातिका तुलनामा मदिराका कारण धेरै नै हिंसा भोग्नु परिरहेको छ । पिछडिएको समुदाय भएका कारण मदिराको बढी सेवन गर्ने र यसले घरायसी झैझगडा निम्त्याउने हुँदा बाहुन क्षेत्रीको तुलनामा अन्य जनजाती जस्तै थारु समुदाय पनि पीडित छ र त्यो पीडा महिलाले बढी भोग्नुपर्छ ।

    राजनीतिक अधिकारको क्षेत्रमा थारु समुदायका महिलाहरु पछाडी परे पनि अरु जातिका महिला भन्दा थारु समुदायका महिलाहरु अलि बढी स्वतन्त्रत छन् । तर, संसारभरी र नेपालका पनि महिलाहरुले खेप्नुपरिरहेका जतिपनि समस्याहरु छन्, ती समस्याबाट थारु समुदायका महिलाहरु अलग हुन सक्दैनन् । पुरुष प्रधान समाजमा पाइने कैयौं समस्याहरु थारु समुदायका महिलाहरुले पनि भोग्नुपरिरहेको छ । खासगरी वर्गीय समाजमा वर्गीय विभेद सबै जाती, समुदाय र स्थानका मानिसहरुले भोग्नुपरिरहेको सन्दर्भमा थारु जाती त्यसबाट अछुत हुन सक्दैन । अझ पछाडी परेको समुदाय भएका कारण यहाँ महिलाहरुको अवस्था झनै दयनीय छ । त्यसकारण वर्गीय मुक्ति आन्दोलनका सबै मोर्चाहरुमा थारु समुदाय पनि अग्रपंक्तिमा आउन जरुरी छ । महिला हक र अधिकारका लागि हुने सबै खालका संघर्षहरुमा थारु महिलाहरुले पनि भाग लिनुपर्दछ । यसरी नै वर्गीय अधिकारसँगै जातीय र लैंगिक अधिकार कायम हुनेछ ।

    १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना ।

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.