• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सरकारले युवा रोजगारीलाई दायित्वभित्र पारेन : रामप्रकाश पुरी (फोटोसहित)


  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा,
    काठमाडौँ ।।
    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सरकारले युवा रोजगारीलाई आफ्नो दायित्वभित्र नपारेको बताउनुभएको छ ।

    Advertisement

    ‘सरकारले उत्तरदायित्व होइन, नीतिको कुरा मात्रै गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘युवा रोजगारी सरकारको दायित्वभित्र परेन, यो दुःखको कुरा हो ।’

    अखिल नेपाल युवक सङ्घको आयोजनामा २०७७ फागुन २१ गते “कोभिड–१९ ले युवा रोजगारीमा पारेको असर र समाधान” विषय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रवक्ता पुरीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    तथ्याङ्कका आधारमा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या घटेको तर्कको खण्डन गर्दै उहाँले कोभिडका कारण वैदेशिक रोजगारी सम्भव नभएको, तर बेरोजगारी नै घटने काम भने नभएको बताउनुभयो ।

    ‘शासकहरू जब आफ्ना मात्र कुरा गर्न थाल्छन्, तब युवा नागरिकका कुरा कसले गर्ने ?’ उहाँले भन्नुभयो– ‘शासकले युवाको बारेमा चिन्ता नलिएकाले युवाहरू बेरोजगार भएर विदेश पलायन भएका हुन् ।’

    उहाँले सरकारले युवा रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र रोजगारी दिन नसकेको अवस्थामा बेरोजगारी भत्ता दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले कोभिडले महिला रोजगारी अत्यधिक प्रभावित भएको बताउनुभयो ।

    मुलुकको कुल जनसङ्ख्याको एकतिहाइ जनसङ्ख्या युवाको हुनु देशका लागि ठुलो अवसर भएको बताउँदै उहाँले यी युवालाई देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो ।

    अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले कोभिडले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सबै क्षेत्रमा प्रतिकूल प्रभाव परेको बताउनुभयो ।

    युवाहरूमा श्रमप्रतिको अरुचि बढेकै कारण ठुलो सङ्ख्यामा अर्धदक्ष र अदक्ष युवाहरू विदेश पलायन भइरहेको बताउँदै उहाँले श्रमप्रति सकारात्मक भाव उत्पन्न गर्न ठोस पहलकदमी हुनुपर्ने बताउनुभयो ।

    अखिल (पाँचौँ) का घनश्याम मिश्रले देशको कर्मचारीतन्त्र भ्रष्ट मानसिकताद्वारा ग्रस्त भएकाले विदेशी अनुदानको सदुपयोग हुन नसकेको बताउनुभयो ।

    उहाँले आगामी दिनमा युवा सङ्गठनको माझमा सहकार्य दरिलो बताउनुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

    नेपाल क्रान्तिकारी युवा लिगका अनिल महर्जनले कोभिडपूर्व नै पनि युवा बेरोजगारी गम्भीर अवस्थामा रहेको दावी गर्दै कोभिडपछि बेरोजगारीको सङ्ख्या चार गुणा बढेको बताउनुभयो ।

    उहाँले सरकारले कृषिक्षेत्रमा युवालाई सामेल गर्दै आत्मनिर्भरतातर्फ ठोस कदम बढाउनु अहिलेको आवश्यकता भएको औल्याउनुभयो ।

    राष्ट्रिय युवा सङ्घका दीपेन्द्र महतले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने केन्द्र बनेको बताउँदै युवालाई ठोस योजनाका साथ रोजगारी दिने काम अगाडि बढाइनुपर्ने बताउनुभयो ।

    सीमित युवालक्षित बजेटसमेत खर्च हुन नसकेको तर्क राख्दै उहाँले युवालक्षित नीति निर्माण गर्ने थलोमा युवालाई नै अवसर दिइनुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

    राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले प्रत्येक शिक्षण संस्थाले अध्ययन गराउने मात्रै नभएर एउटा उत्पादन एकाइसमेत सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले बहालवाला युवालक्षित कार्यक्रममा युवालाई सामेल गर्न सबैले प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कल्याण रोकाले रोजगार कम्पनीलाई स्वरोजगार सञ्चालन गर्ने संस्थाको रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    रोकाले देशमा वित्तीय पुँजीवादको दमन बढ्दै गइरहेको बताउँदै अब सिधै सबै स्थानीयतहबाट स्वरोजगार कोषको कार्यक्रम सञ्चालन गर्ने आवश्यकतामा जोड दिनुभयो ।

    वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्ष विमल ढकालले आफू पनि वैदेशिक रोजगारी बन्द हुनुपर्ने पक्षमा रहेको बताउनुभयो ।
    उहाँले स्वदेशमै स्वरोजगारी सिर्जना नहुँदासम्म वैदेशिक रोजगारलाई व्यवस्थित गरेर जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    अध्यक्ष अनिलकिशोर घिमिरेको अध्यक्षता, महासचिव कृष्णराज पाण्डेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा युवक सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार तिलक थापाले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरू नन्दराज भट्ट, लालबहादुर थापा, घनश्याम शर्मा, लक्ष्मी केसी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंह, अखिल नेपाल खेलकुद महासङ्घका संयोजक पृथ्वी थापा, युवक सङ्घका सल्लाहकार रमेश पौडेल र लक्ष्मणदेव पाण्डे, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुन, जातीय समता समाजका महासचिव भक्त विक, राजमो नेता आनन्द शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सल्लाहकार शिवहरि खनाल, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सचिव चुरामणि भुसाललगायतको आतिथ्यता रहेको थियो ।

    युवक सङ्घका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्लाध्यक्ष डम्मर कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रममा फ्लोरबाट मीन राना, नारायण सापकोटालगायतले जिज्ञासा राख्नुभएको थियो ।

    अवधारणापत्रकोभिड–१९ ले युवा रोजगारीमा पारेको असर र समाधान

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.