• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकमाझ कोटा निर्धारणमा तनाव


  •   मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
  • लन्डन । विश्वका प्रमुख तेल उत्पादक मुलुकहरूको सङ्गठन ओपेकका सदस्य राष्ट्रहरूमाझ तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा पुरानै विवादले तनावको अवस्था सिर्जना हुन लागेको देखिएको छ ।

    Advertisement

    संयुक्त राज्य अमेरिकापछि विश्वमा सर्वाधिक तेल उत्पादक राष्ट्रहरू रसिया र सउदी अरेबियामाझ विगतमा पनि उत्पादनको विषयलाई लिएर विवाद हुने गरेको छ । तर कोरोना भाइरसका कारण कच्चा तेलको मूल्यमा गिरावट आएसँगै प्रमुख तेल उत्पादक राष्ट्रहरूले उत्पादनमा व्यापक कटौती गरेर बजारमूल्यलाई स्थिर राखेका थिए ।

    अहिले विश्व बजारमा तेलको मूल्य कोरोना भाइरस सङ्क्रमण देखिनुअघिकै अवस्थामा आइपुगेको छ अर्थात् बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलरको हाराहारीमा पुगेको छ । त्यसैले आगामी साता दुई प्रमुख तेल उत्पादक राष्ट्रह र अरू साझेदार मुलुकले आगामी कदमका बारेमा छलफल गर्न लागेका हुन् । उनीहरूमाझ विश्व बजारमा कति कच्चा तेल पठाउने भन्ने विषय नै वार्ताको प्रमुख विषय बन्न लागेको छ ।

    बिहीबार आयोजना हुने उक्त मन्त्रीस्तरीय बैठकमा तेल उत्पादनको कोटाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    “वार्तामा प्राथमिकताका विषयहरू स्पष्टै छन् । रसियाले जतिसक्दो चाँडो तेल उत्पादनलाई विगतकै स्वरुपमा उत्पादन गर्न चाहन्छ भने सउदी अरेबियाले उच्च मूल्यमै केही समय तेल बेच्ने चाहना राखिरहेको छ” सेब संस्थाका प्रमुख विशेषज्ञ बार्ने सिल्ड्रपले बताए ।

    कच्चा तेलको मूल्यको विश्वबजारमा माग बढी रहेको अवस्थामा ओपेकले आफ्नो उत्पादन कटौतीले “कृत्रिम अभाव” सिर्जना गर्न सघाउने र त्यसबाट मूल्यवृद्धि यथावत राख्न मद्दत गर्ने स्टिफेन इन्सले बताए ।

    गत जनवरीमा आयोजित दुई दिनको मध्यस्थतापछि ओपेकका २३ सदस्य विश्वबजारमा तेलको आपूर्तिलाई केही सहज तुल्याउन सहमत भएका थिए ।

    खोप अभियानको निरन्तरता र विश्वकै सर्वाधिक ठुलो तेल आयातकर्ता चीनमा माग बढेसँगै तेलको मूल्य पूर्व सङ्क्रमण अवस्थामा पुगिसकेको छ ।

    ओपेकमा निकै प्रभाव सिर्जना गर्ने सउदी अरेबियाले हालैका दिनमा उत्पादनमा थप कटौती गर्ने मनसाय व्यक्त गरेको छ । रियादले हालैमात्र प्रतिदिन १० लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ, जबकि रसिया र कजाखस्तानले कच्चा तेलको उत्पादन केही बढाएका छन् ।

    ओपेकका सदस्य राष्ट्रहरूमाझ तेल उत्पादनको कोटालाई लिएर विगतदेखि नै विवाद हुने गरेको छ । यस पटक पनि यस मुद्दाले प्रमुखता पाउने विज्ञहरूको भनाइ छ ।

    इरान, भेनेजुएला र लिबियालाई ओपेकको कोटाबाट अलग राखिएको छ । इराक र नाइजेरिया समेतका अन्य कतिपय मुलुकले भने तोकिएको कोटाभन्दा बढी तेल उत्पादन गरिरहेका छन् ।

    ओपेकका सदस्य राष्ट्रहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लागेका प्रतिबन्ध हटाउने सम्भावनाका बारेमा पनि विचार–विमर्श गरिरहेका छन् । यदि इरानमाथिको प्रतिबन्ध हटेमा इरान विश्व बजारमा पुनः प्रवेश गर्ने र आपूर्तिमा नाटकीय रुपमा वृद्धि हुने छ ।
    बुधबार नयाँ कोटा निर्धारण गर्नुअघि बस्ने मन्त्रीस्तरीय बैठकले बजारको वर्तमान अवस्थाको मूल्याङ्कन गर्नेछन् । (रासस÷एएफपी)

    मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.