काठमाडौं । अखिल नेपाल युवक संघले ‘कोभिड ले युवा रोजगारीमा पारेको प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
Advertisement
यही फागुन २१ गते शुक्रबार, दिनको १२ बजे काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरिएको युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले जानकारी दिनुभएको छ ।
कोभिड र असुरक्षित श्रम बजारको कारण देशभित्र र विदेशमा रहेका नेपाली श्रमिक युवामा गम्भीर प्रभाव पारेको भन्दै युवक संघले युवा रोजगारीको समुचित प्रबन्ध गरि देशभित्रै सुरक्षित काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
अखिल नेपाल युवक संघले बेरोजगारी, भ्रष्टाचार, प्रतिगमनको खतरा लगायतका विषय समेटी विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आइरहेको छ ।