• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

एक वर्षसम्म पनि मजदुरले पाएनन् ज्याला


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • मार्तडी । बाजुराको बुढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदुरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् ।

    Advertisement

    सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरूले ज्याला नपाएका हुन् ।

    विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाले भुक्तानी गरिसक्दा पनि आफूहरूले ज्याला नपाएको मजूदर भीमबहादुर रौलेले बताए । नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को आठ लाख रकम बिलअनुसार भुक्तानी गरेको भए पनि काम गर्ने मजदुरले भने ज्याला नपाएको उनको गुनासो छ ।

    उपभोक्ता समितिका अध्यक्ष सुशीला रौलेले रकम बुझेर ल्याएको भए पनि आफूलाई ज्याला नदिएको अर्का मजदूर अमृत देउवाको भनाइ छ । काम गरेको एक वर्षसम्म पनि पर्खाल निर्माण समितिका पदाधिकारीले सरकारी दररेटअनुसार नदिएको ज्यालामा विवाद आएको छ ।
    पटक–पटक पर्खाल निर्माण समितिसँग काम गरेको ज्याला माग्दा थोरै रकम दिने र सरकारी दररेटको रकम नदिने मजदुर देउवाले दुखेसो पोखे । उनले पर्खाल निर्माणको ज्याला नपाएको भन्दै बुढीगङ्गा नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेको भए पनि कुनै सुनुवाइ नभएको पनि बताए ।

    नगरपालिकामा दिएको उजुरी न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख तारा खातीले वडामै मिलाउन भनेर उजुरी फिर्ता गरेको देउबाको छ । विद्यालयको पर्खाल निर्माण समितिका अध्यक्ष तथा पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला रौलेले पर्खाल निर्माण उद्घाटनका बेला तत्कालीन प्रधानाध्यापक रामबहादुर रावलले सरकारी दररेटका कुरा उठाएकाले मजदुरले पनि सोही दररेटमा ज्याला पाउनुपर्ने माग राख्दै काम गरेको रकम बुझ्न नमानेको बताए ।

    नगरपालिकाको प्राविधिकले बनाएको इस्टिमेटअनुसार काम नभएकाले सम्झौता भएअनुसारको रु. ८ लाख भुक्तानी नभएकाले प्रतिव्यक्ति रु. ३५० का दरले दिने सहमति भएको र केही व्यक्तिले सो रकममा सहमति नजनाएकाले उनीहरुले एक महिनादेखि ज्याला नलिएको उनले स्वीकार गरे ।

    पटक–पटक ज्याला बुझ्न बोलाउँदा र छलफल गर्दासमेत सरकारी दररेट ९५० का दरले काम गरेको रकम पाउनुपर्ने मजदुरले अडान लिएपछि ज्याला दिन नसकेको अध्यक्ष रौलेको भनाइ छ । उनका अनुसार ज्याला नलिनेमा २१ मजदुर छन् । तीमध्ये वीरसिङ्गे रौले, भीमबहादुर रौले, राजेन्द्र रौले, बलबहादुर रौले चन्द्रबहादुर रौलेलगायतका छन् । यस्तै ज्याला नपाउनेमा चक्रशाह, उद्धव रौले, भरत रौले, प्रकाश रौले, प्रेमबहादुर रौले, अमृत देउवा, चन्द्रदेव जैशी र मोतिलाल जैशी छन् ।

    यता बुढीगङ्गा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक खातीले ज्याला नपाएको उजुरी न्यायिक समितिमा नआएको बताए । उनले उजुरी न्यायिक समितिमा नआएकाले ज्याला पाए/नपाएको विषयमा खोज्दै हिँड्न नहुने बताउँदै उजुरी आएमा छलफल गरेर मजदुरलाई ज्याला उपलब्ध गराइदिएर न्याय दिने बताए ।(रासस)

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने
    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • २.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ३.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    • ४.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • ५.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ६.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ७.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ८.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.