• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

बाख्रापालनले फेरियो डम्बरको जीवन

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

बङ्गुरपालनबाट मनग्य आम्दानी

दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजत पदक

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ५. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ६. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • ७. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

  • ८. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. दुई वर्षमा सक्नुपर्ने बागलुङको हरिचौर–मल्म–पाण्डवखानी चार वर्षमा पनि बनेन

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन


  •   आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
  • तेहरान, २९ कात्तिक । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

    Advertisement

    एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए ।

    बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ ।

    इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्‌फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

    गार्डले होर्मुज जलडमरूमध्य बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ ।

    इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । युद्धका क्रममा इरानले होर्मुज जलडमरूमध्यबाट हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ ।

    बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ। यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो ।

    अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो ।

    खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ ।

    आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
    प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
    बाख्रापालनले फेरियो डम्बरको जीवन
    जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
    बङ्गुरपालनबाट मनग्य आम्दानी
    दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ५.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    भर्खरै

    • १.
      बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

    • २.
      स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

    • ३.
      प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

    • ४.
      बाख्रापालनले फेरियो डम्बरको जीवन

    • ५.
      जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

    • ६.
      बङ्गुरपालनबाट मनग्य आम्दानी

    • ७.
      दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

    • ८.
      पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.