• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

बाख्रापालनले फेरियो डम्बरको जीवन

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

बङ्गुरपालनबाट मनग्य आम्दानी

दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजत पदक

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ५. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ६. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • ७. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ८. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड


  •   आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
  • अन्ताल्या, टर्कीए, २९ कात्तिक । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन वार्ताकारहरूलाई बाँकी समयको सदुपयोग गर्दै शीघ्र निर्णय लिन आग्रह गरेका छन् ।

    Advertisement

    टर्कीको तटीय सहर अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मध्यबिन्दुमा पुगेका बेला शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कठिन विषयहरूमा तत्काल छलफल अघि बढाउन र रणनीतिक ढिलाइ नगर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

    स्टिलले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सहमति कायम गर्न सबै सहभागी राष्ट्रले लचकता अपनाउँदै आपसी समझदारी र सहकार्य गर्नुपर्ने बताए । उनका अनुसार वार्ताका क्रममा प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउनु चुनौतीपूर्ण भए पनि साझा लक्ष्य हासिल गर्न त्यस्तो प्रयास आवश्यक छ । सबै पक्षको सम्झौता र सहकार्यबिना सामूहिक सफलता सम्भव नहुने उनको भनाइ थियो ।

    उनले कोप–३१ मा जलवायु परिवर्तनसँग सम्बन्धित व्यावहारिक पहलहरूले गति लिइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै स्वच्छ ऊर्जा, जलवायु उत्थानशील पूर्वाधार, हरित उद्योग तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा ठोस काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

    जलवायु परिवर्तनविरुद्धको अभियानलाई सफल बनाउन सरकारी नीति र अन्तर्राष्ट्रिय सम्झौतामा मात्र सीमित नराखी विश्वभरका अर्बौं मानिसको दैनिक जीवनसँग जोड्नुपर्ने पनि स्टिलले बताए । यसका लागि खेलकुद, मनोरञ्जन र संस्कृतिजस्ता लोकप्रिय क्षेत्रलाई जलवायु सचेतना तथा समाधानको माध्यम बनाउन सकिने उनको धारणा थियो ।

    उनले जलवायु परिवर्तनका असर र समाधानलाई नागरिकका प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्ने उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारीका अवसर तथा सस्तो र भरपर्दो ऊर्जालाई यस अभियानको केन्द्रमा राख्नुपर्ने बताए ।

    सोमबारदेखि सुरु भएको कोप–३१ सम्मेलन नोभेम्बर २० सम्म सञ्चालन हुनेछ । सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नु हो । विशेषगरी विकासशील राष्ट्रका लागि जलवायु वित्तको विस्तार, जलवायु अनुकूलनका कार्यक्रम तथा स्वच्छ ऊर्जातर्फको संक्रमणलाई सम्मेलनले प्राथमिकता दिएको छ ।

    आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
    स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
    प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
    बाख्रापालनले फेरियो डम्बरको जीवन
    बङ्गुरपालनबाट मनग्य आम्दानी
    दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ५.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    भर्खरै

    • १.
      बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

    • २.
      स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

    • ३.
      प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

    • ४.
      बाख्रापालनले फेरियो डम्बरको जीवन

    • ५.
      जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

    • ६.
      बङ्गुरपालनबाट मनग्य आम्दानी

    • ७.
      दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

    • ८.
      पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.