काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनसम्बन्धी फैसलालाई स्वागत गरेको छ ।
Advertisement
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा फागुन ११ गते जारी प्रेसवक्तव्यमा सर्वोच्चको फैसलाको स्वागत गरिएको हो ।
प्रेसवक्तव्यमा भनिएको छ–
“प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको घटनालाई सर्वोच्च अदालतले असंवैधानिक भनेर संसद विघटनलाई बदर गर्दै संसद पुनःस्थापना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको उक्त निर्णयलाई हामीले स्वागत गर्दछौँ र सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । ओलीको संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक एवम् प्रतिगामी कदमका विरुद्ध तथा संसद पुनःस्थापपनाका लागि सङ्घर्ष गरिरहेका सबै राजनीतिक दल, सङ्गठन, सङ्घसंस्था, नागरिक समाज, पत्रकार तथा जनतालाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ ।”