• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह सम्मानित


  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
  • प्रकाश जिसी/महोत्तरी ।।
    नेकपा (मसाल) का महामन्त्री वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह आधारशीला परिवारबाट सम्मानित हुनुभएको छ ।

    Advertisement

    महोत्तरीको बर्दीबास नगरपालिका वडा नम्बर ३, गौरीडाँडामा रहेको १५ परिवार सम्मिलित आधारशीला परिवारले आफ्नो अठाह्रौँ स्थापना दिवसको अवसरमा फागुन ११ गते मोहनविक्रम सिंहसहित बयोवृद्ध कम्युनिस्ट नेता कृष्णराज बर्मालाई पनि सम्मान गरेको हो ।

    परिवारको प्राङ्गणमा बृहत् सम्मान समारोह आयोजना गरिएको थियो ।

    आधारशीला परिवारले कम्युनिस्ट नेताहरू विष्णुबहादुर मानन्धर र कमल कोइरालालाई सम्मान गर्ने कार्यक्रम राखिएको भए पनि बिरामीको कारण उहाँहरू उपस्थित हुन सक्नुभएको थिएन ।

    सम्मान कार्यक्रममा बोल्दै मोहनविक्रम सिंहले विश्वमा लगातार समाजवाद स्थापनाको धेरै प्रयत्न भएको बताउनुभयो । कम्युनिस्ट आन्दोलनमा निरन्तरता धेरै जटिल बन्ने गरेको उल्लेख गर्दै निरन्तरताले नै आन्दोलन अगाडि बढाउन सकिने बताउनुभयो ।

    उहाँले नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको पतन, विचलन, पलायन र अवसरवादको इतिहासको कुनै कमी नभएको चर्चा गर्नुभयो । सिंहले अबको कम्युनिस्ट आन्दोलन नयाँ पिंढीमा निर्भर रहेको बताउनुभयो ।

    सिंहले कम्युनिस्ट आन्दोलनमा सामाजिक जीवन र व्यक्तिगत जीवनको अन्तर पहिल्याउन नसक्नु, व्यक्तिगत स्वार्थ हावी हुँदै जानु कम्युनिस्ट आन्दोलनको समस्या भएको बताउनुभयो ।

    कम्युनिस्टहरूले सामूहिक पद्धति अपनाउने कुराले राष्ट्रिय महत्त्व राख्ने बताउनुभयो । समाजमा व्यक्तिगत स्वार्थ र सामाजिक स्वार्थको बीचमा संघर्ष हुने बताउनुभयो । उहाँले व्यक्तिगत हितको लागि सामाजिक स्वार्थमाथि कुठाराघात हुँदा कम्युनिस्ट आन्दोलनमा पतन हुँदै भएको बताउनुभयो ।

    सिंहले कम्युनिस्ट आन्दोलनमा अध्ययनको पाटो बाहिरिंदै गएकोले समाजमा प्रतिक्रियावादी सोचाइ हावी हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले अध्ययन नगर्दा प्रतिक्रियावादी समाज हावी हुँदै जाने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै कृष्णराज वर्माले कम्युनिस्ट आन्दोलन धेरै कठिन भएको बताउँदै कम्युनिस्ट आन्दोलनले निरन्तरता र निष्ठा खोज्ने बताउनुभयो । निष्ठाबाट विचलित हुँदा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो ।

    आफ्नो समयको स्मरण गर्दै बर्माले ‘सुरुमा तीन जनाको सेल बनाउन पनि तीनचार महिना लाग्ने र लगातार प्रशिक्षण गर्ने गरिन्थ्यो, सही मान्छे खोज्नको लागि गाउँगाउँमा पुगिन्थ्यो’ भन्नुभयो । त्याग, तपस्या र बलिदानले नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको बताउनुभयो ।

    सम्मानित मोहनविक्रम सिंह र कृष्णराज वर्माले आधारशीलाको भवनमा स्थापना गरिएको पुस्तकालयको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो भने नारायणकाजी श्रेष्ठले आधारशीलाको वेबसाइटको उद्घाटन गर्नुभएको थियो ।

    मोहनविक्रम सिंहको बारेमा माधव कोइराला, कमल कोइरालाको बारेमा धनगढी नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, कृष्णराज बर्माको बारेमा शङ्कर महतो, विष्णुबहादुर मानन्धरको बारेमा विदुर खरेलले सङ्क्षिप्त राजनीतिक योगदान प्रस्तुत गर्नुभएको थियो ।

    सम्मान कार्यक्रमको प्रमुख अतिथि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको थियो भने संस्कृतिविद् हरिगोविन्द लुइँटेल, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, नेकपा प्रदेश नं. २ का इन्चार्ज विश्वनाथ शाह, केन्द्रीय सदस्य शत्रुघन महतो, प्रकाश पोखरेललगायत नेकपाका नेताहरूले आतिथ्यता गर्नुभएको थियो ।

    सिराहाको गोलबजारमा २०५९ मा स्थापना भएको आधारशीला परिवार २०६५ साकमा बर्दिबासमा करिब १५ कठ्ठामा आफ्नै जग्गामा स्थानन्तरण गरिएको थियो । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल आधारशीलाको संस्थापक अध्यक्ष रहनुभएको थियो । परिवारमा हाल १५ परिवारका ४५ जनाको सामूहिक बसोबास रहेको छ । चार वटा ट्रस्ट, एउटा पुस्तकालय र एउटा अतिथिगृहको निर्माण गरिएको छ । आधारशीला परिवारका सबै बालबालिकाले स्थानीय जनता माध्यमिक विद्यालयमा अध्ययन गर्दछन् ।

    आधारशीलाका अध्यक्ष दीपबहादुर योन्जनको सभापतित्वमा भएको सम्मान कार्यक्रमको सञ्चालन पेशल खतिवडा र स्वागत परिवारकी संस्थापक पुष्पलता घिमिरेले गर्नुभएको थियो ।

    कार्यक्रममा कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.