काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्वतुर नगर समितिका सल्लाहकार पदमबहादुर केसीको ह्रदयाघातका कारण निधन भएको छ ।
Advertisement
बाग्लुङ जिल्लाको जैमुनी नगरपालिका बिनामारेका केसीको फरवरी २० का दिन निधन भएको हो । उहाँको आज (आइतबार) तुडियलुर सम्सानघाटमा अन्त्येष्टि गरिने मूल प्रवाहले जनाएको छ ।
लामो समयदेखि कोयम्बतुरमा नोकरी गर्दै आएका केसी कोयम्वतुर नगर समितिका अध्यक्षसमेत हुनुभएको थियो । उहाँ सुगरको समस्याले ग्रस्त हुनुहुन्थ्यो ।