• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पत्रकार महासङ्घ प्रत्यक्ष निर्वाचनको तयारीमा


  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासङ्घले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् ।

    Advertisement

    महासंघको उपत्यका प्रदेश कमिटीले आज आयोजना गरेको प्रथम साधारणसभाका अवसरमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुक संंघीयतामा गएसँगै आफ्नो कार्यकालमा विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याइएको र लामो समयदेखि संगठनमा उठाइएको प्रत्यक्ष निर्वाचनको मुद्धा सम्बोधन भएको बताउनुभयो । महासंघ केन्द्रको वार्षिक साधारणसभा भने यही फागुन ४ र ५ गते हुँदैछ । अध्यक्ष आचार्यले समानुपातिक विज्ञापन, सञ्चार क्षेत्रलाई सामाजिक उद्योगको मान्यता, श्रमजीवी पत्रकारको हक अधिकार थप स्थापित गर्न सफल भइएको बताउनुभयो ।

    सो अवसरमा काठमाडौं भक्तपुर र ललितपुरका संस्थापक शाखा सभापतिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा काठमाडौँ शाखाका संस्थापक सभापति किशोर नेपाल, भक्तपुरका रमेश खड्का र ललितपुरका प्रभुनारायण बस्नेतलाई सम्मान गरियो ।

    महासङ्घका महासचिव रमेश विष्टले संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई कसैले हनन् गर्न नहुने र यसको संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको बताउनुभयो । महासङ्घका सचिव रामप्रसाद दाहालले कोरोना महामारीका विभिन्न सञ्चार गृहमा समस्यामा पारिएका करीव ५०० श्रमजीवी पत्रकारका उजुरीका आधारमा दबाबमूलक आन्दोलन गरी समाधान गराइएको बताउनुभयो ।

    सो प्रदेश कमिटीले दिवंगत पत्रकार गोविन्द शर्मा घिमिरेका छोरी श्रेया घिमिरेलाई छात्रवृत्तिस्वरुप रु २० हजारको चेक पनि आज हस्तान्तरण गरेको छ । प्रदेश कमिटीका अध्यक्ष एनके दाहालले आफ्नो पहलमा ११९ जना पत्रकारको कोरोना बीमा गराइएकामा संक्रमितमध्येले बीमा रकम पाउन थालेको जानकारी दिनुुभयो ।

    महासङ्घको एशोसिएट कमिटीका अध्यक्ष केपी ढुङ्गानाले प्रदेश संरचना बनाइए पनि महासङ्घ केन्द्रले आफूहरुले साङ्गठनिक तथा आर्थिक अधिकार उपयोग गर्न नपाएको गुनासो गर्नुभयो । महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विडारीले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमका हकहितका लागि आफूहरुले कार्य गर्दै आएको बताउनुभयो ।(रासस)

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.