• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मलाई बाँच्न दिएनन् आमा!


  •   शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
  • आमा! त्यो दिन
    मलाई अझै पनि याद छ
    तिमी साह्रै दुखी थियौ
    भावबिह्वल थियौ
    आँखामा वेदनाको मूल फुटाएर
    घाइते पन्छीझैँ यताउती
    छट्पटाउँदै थियौ
    लाग्थ्यो,
    तिमीलाई भोलिको कुनै वास्ता छैन
    केवल,
    अतितले तिमीलाई पिरोलिरहेको छ
    वर्तमानको पिडाले
    तिमी जिउँदो लास झैँ भएकी थियौ
    अग्निलाई साक्षी राख्दै
    सात जुनिसम्म पनि नछुटिने
    प्रण गरेको तिम्रो जीवन साथी
    जुन दिन,
    तिमीलाई एक्लै पारी
    यो धर्ती छोडेर गएका थिए।

    Advertisement

    हो आमा! याद छ मलाई
    त्यो बेला तिम्रो आँसु पुछ्दै
    म छु नि! भन्दै तिमीलाई
    सहानुभूति दिएकी थिएँ
    बुवाका अधुरा कसम
    म पूरा गर्छु भनेकी थिएँ
    तिम्रो साहारा बन्ने आँट लिँदै
    बाउको बिँडो थाम्न चाहन्थेँ
    तर, मैले सोचेझैँ केही भएन
    किनकि, मलाई बाँच्न दिएनन् आमा!

    हृदयभरी पारिवारिक चिन्ता अनि
    काँधमा थपिएको कार्यभार बोकी
    उज्ज्वल भविष्यमा लिप्त सपना
    मनमा परिवर्तनको अनौठो ध्वनि गुन्जाउँदै
    तैँले र मैले धेरै परको
    लामो यात्रा तय गरेका थियौँ
    तर, आधा बाटोमै मेरो यात्रा टुंगियो
    किनकि, मलाई बाँच्न दिएनन् जुनेली!!

    एक्लोपनको फाइदा लिँदै
    मेरो बाटो छेक्न तम्से
    फकाउन खोजे, मैले मानिनँ
    दुईचारवटा मिठा–मिठा
    गफमा भुलाउन खोजे, म भुलिनँ
    धनको धस्सी उडाउँदैथे, मैले पत्याइन
    जसरी हुन्छ,
    म उम्कन खोजेँ
    म भाग्न खोजेँ
    म फुत्कन खोजेँ
    अन्तमा,
    मलाई जबर्जस्ती लछारेरै छोडे
    सकिनसकी भुइँमा पछारेरै छोडे।

    आमा! आमा!! आमा!!!
    बचाउको आवाज फिजाउँदै
    सकेजती हारगुहार मागेँ
    चिच्याएँ, कराएँ
    मेरो चिच्याहटले
    त्यो सुनसान वन गुन्ज्जिरहेको थियो
    मेरो गुहारका शब्दले
    चराहरुका चिरबिरलाई जित्दैथ्यो
    जब–जब,
    मेरो इज्जत, अस्मिता र सास बचाउनका लागि
    उनीहरू माथि मैले प्रतिकार गर्दथेँ
    तब–तब मेरो अस्मिता
    झन बढी लुटिँदैथ्यो
    मेरो इज्जत खोसिँदैथ्यो
    मेरो सास निचोरिँदैथ्यो
    त्यो दुखाइको पिडा
    खेप्दा–खेप्दा म थाकेँ ।
    तर, ती दुष्टहरु
    पापीहरु
    अपराधीहरु
    बलत्कारीहरु मलाई लुछ्न थाकेनन्
    झन् धेरै आक्रामक बन्दै गए
    बाँच्ने र बच्ने, हरप्रयास गर्दा गर्दै पनि
    म बाँच्न पाइन,
    मलाई बाँच्न दिएनन् दिदी!!!

    मलाई थाहा छ आमा
    सदाझैँ आज पनि
    तिमी मेरो बाटो कुर्दै हौली
    भाइ बहिनीले दिदी अनि दाइले
    बहिनी खोज्दै होलान्
    जुनेली मेरो अभावमा भक्कानिदै होली
    सबै कुरा बुझेर पनि
    म तिमीहरूको सामुन्ने आउन सक्दिनँ
    किनकी,
    एउटा घना जंगलको बिचमा लिएर
    मलाई ब्वाँसोहरुले धुजाधुजा पारी
    खाइसकेका छन्
    मलाई रित्याइसकेका छन्
    सुन्दा तिमीहरूलाई
    यो कुरा तितो हुनसक्छ
    तर,सत्य यही हो कि
    मेरो चरित्र हत्या मात्र नभएर
    मलाई पनि मारेर फालिदिए
    आमा, मलाई बाँच्न दिएनन्!!!

    म आफू बाँच्न चाहन्थेँ
    मेरो अस्मिता बचाउन चाहन्थेँ
    मनमा अनगिन्ती सपनाहरू सजाएकी थेँ
    सुन्दर भविष्यको खोजीमा
    निरन्तर पाइला सार्दै थिएँ
    रमाइलो जिन्दगीको महशुस गर्दै
    असिमित सफर तय गरिरहेकी थिएँ
    सम्पूर्ण चाहाना, इच्छा सपना र कल्पनालाई
    एक झट्कामै अधुरो पारिदिए
    मेरा सपना छिनभरमै मारिदिए
    चौतर्फी अँध्यारो छायो
    कालो बादलले वर्षाको झरी बर्सायो
    म कहालिएँ
    म निशब्द भएँ
    म निदाएँ
    म रहिन
    म गएँ आमा
    मलाई बाँच्न दिएनन्

    आमा
    दिदी बहिनी
    मेरी साथी जुनेली
    मेरो हत्याको खबरले शोकाकुल भएर
    शान्त भयौ भने
    अब पनि
    तिमीहरू आँखामा पट्टी बाँधेर बस्यौ भने
    कानमा तेल हालेर बहिरो बन्न खोज्यौ भने
    आफ्ना आवाजमा प्रतिबन्ध लगायौ भने
    म जस्ता लुटिएका
    बलात्कृत हुनुपरेका
    मारिएका छोरीको
    न्याय र निसाफको लागि आवाज बुलन्द गरेनौ भने
    ती पापीहरु खुलेआम रमाइरहने छन्
    ती गिद्धे नजरहरु अरु छोरीमाथि गाडिने छन्
    म जस्ता हजारौं छोरीले
    मैलेझैँ बलत्कृत हुनुपर्ने छ
    यस्तै पिडा खेप्नु पर्ने छ
    मैलेझै मृत्यु सहनु पर्ने छ
    फेरि पनि घटना दोहोरिने छ

    (खगेन्द्रा बिष्ट, अखिल (छैठौं) केन्द्रीय सदस्य)

    शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.