• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संयुक्त महिला संघर्ष समितिको प्रश्नः पीडितले राज्यविहीनताको महसुस कहिलेसम्म गर्नुपर्ने हो ?


  •   मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
  • अखिल नेपाल महिला संघसहित ६ वटा महिला संगठनहरु सम्मिलित ‘संयुक्त महिला संघ संघर्ष समिति’ ले बलात्कार जस्तो जघन्य अपराधमा अधिकांश पीडितहरुले न्याय नपाएको भन्दै पीडितहरुले राज्यविहीनताको महसुस गर्नुपरिरहेको बताएका छन् ।

    Advertisement

    सोमबार जारी संयुक्त वक्तव्यमा महिला संघ, संगठनहरुले गएको ७ वर्षमा १४ हजार महिला र बालिका बलात्कारजन्य हत्या, हिंसामा परेको तथ्यांक प्रस्तुत गर्दै यो अवस्था ‘मुलुकै लागि दूभाग्यपूर्ण’ भएको बताएका छन् ।

    संयुक्त महिला संघ संघर्ष समितिले बैतडीकी किशोरी भागरथी भट्टको पनि बलात्कार पछि हत्या भएको उल्लेख गर्दै बालिका र महिलामाथि भइरहेको यस किसिमको मानवताविरोधी जघन्य अपराधको अबिलम्ब निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

    यस्तो छ विज्ञप्ति
    बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका —७ चिडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको पनि विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएको र गत बिहिबार साँझ घर नजिकै लखलेक जङ्जलमा बलात्कारपछि हत्या गरिएको जिल्ला अस्पताल, बैतडीमा गरिएको शव परीक्षणबाट देखिएको छ ।

    प्रहरीका अनुसार बलात्कारको प्रतिकार गर्दा उनको टाउको र हातमा चोट लागेको देखिएको छ, भने घाँटीमा निलडाम र यौनांगमा घाउ रहेको शव परीक्षणबाट पुष्टि भएको समाचारमा आएका छन् । यस जघन्य घटनाको विकसित घटनाक्रमलाई संयुक्त महिला संर्घष समितिले संवेदनशिलताकासाथ अध्ययन गरिराखेको छ ।

    गत असोजमा बझाङ जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्र्षीया सम्झना विकको गोठ जाँदै गर्दा अपहरण गरी बलात्कारपछि हत्या, महोत्तरी जिल्लाको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि दर्दनाक र जघन्य हत्याका घटनाले हामी सबैलाई मर्माहत बनाएको छ । यस खाले निन्दनीय घटनाको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिका घोर भत्र्सना गर्दछौं ।

    बालिका र महिलामाथि भइरहेको यस किसिमको मानवताविरोधी जघन्य अपराधको सरकारले अबिलम्ब निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न प्रहरी, मानव अधिकार आयोग र सम्बन्धित निकायहरुसँग जोडदार आग्रह गर्दछ । साथै यस खाले जघन्य मानवअधिकार विरोधी घटनाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठन, राजनीतिक दल र नागरिक समाजको समेत गम्भीर ध्यानाकर्षण होस भन्ने विशेष आग्रह पनि गर्दछ ।

    पटक पटक यस किसिमको घटना दोहरिनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि संवेदशील र जवाफदेही नभएको पुष्टी गर्छ । मुलुकमा मानवताविरोधी यस्ता घटना भइरहनु सरकारको लापरबाही, असंवेदशीलता र मानवअधिकारको संरक्षण गर्न नसक्नुको पराकाष्टा हो ।

    गएको ७ वर्षमा १४ हजार महिला र बालिका बलात्कारजन्य हत्या, हिंसा र पर्नु मुलुकै लागि दूभाग्यपूर्ण अवस्था हो । सुदूरपश्चिम प्रदेशमा मात्रै नेपाल प्रहरीकै अनुसार २०७६ चैत्रदेखि २०७७ पुष मसान्तसम्म करीब २०० भन्दा बढी जबरजस्ती करणीसम्बन्धी घटना भएका छन् । यस्ता घटनामा अधिकांश पीडितले न्याय पाउन सकेका छैनन तर्सथ पीडित पक्षले राज्यबिहीनताको महसुस गरिरहेका छन ।

    यस प्रकारको जघन्य अपराधको जति नै निन्दा र भत्र्सना गरे पनि पुग्दैन । सङ्घर्ष समितिले घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय, मृतक किशोरी भागिरथी भट्टको परिवारलाई उचित क्षतिपूर्ति र न्यायको लागि जोडदार माग गर्दछ । घटनाको न्यायिक छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।

    यस प्रकारका महिला तथा बालिकामाथिका हत्या, हिंसाजस्ता जघन्य अपराधको विषयलाई राष्ट्रिय मुद्दा बनाउन र घटना हुनै नदिन संघ,प्रदेश र स्थानीय सरकारले तत्काल योजना, कार्यक्रम, नीति सार्वजनिक गरोस् । साथै यस्ता अपराध विरुद्ध ब्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्न विभिन्न राजनीतिक दल, महिला सङ्गठन, मानवअधिकारवादी सङ्घसंस्थाहरूसँग अपिल गर्दछौँ ।

     

     

    मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.