लक्षीराम आचार्य
Advertisement
मलाई मन पर्छ
बगैंचाका फूलहरु
जहाँ सयौँ प्रजातिहरु
फूल्नका लागि संघर्षरत रहन्छन् ।
बिजहरु टुसाउंदै
टुसाहरु आंकुरिँदै गर्भाधान गर्न सकुन्
अनि कोपिलाहरु फक्रन पाउन
फकृयर सारा मनहरुलाई
लालायित पार्न सकुन्
अनि थुंगाहरु लागुन् र
जनमनमा सुभाष छर्न सकुन्।
फूल्न त अनेकौँ फूलहरु
फूल्ने नै छन् बगैंचामा,
र, ओइलाउन पनि सक्लान्
तर मलाई मन पर्ने
त्यो रातो थुङ्गा
कहिल्यै ओइलाउने छैन।।
बरु गर्भाधान गर्नेछ
उसले राता बिजहरुको
अनि रातो बगैचाको
राताम्य मनोहर फूलहरु बाटै
सुगन्ध पुर्याउनेछ
मलाई, उनलाई
अनि सारा जगतलाई,
त्यही भएर मलाई
मन पर्छ बगैंचाको
रातो फूल।।

