धनगढी । अखिल नेपाल युवक संघ सुदूरपश्चिम प्रदेश समिति र अखिल (छैठौं) को संयुक्त आयोजनामा भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन भएको छ ।
Advertisement
धनगढीको एलएन चोकमा आयोजित विरोध सभालाई युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सम्बोधन गर्दै भागरथीका हत्यारालाई तुरुन्त खोजी गरि कारवाही गर्न माग गर्नुभएको थियो । उहाँले काठमाडौंमा गिरप्तार परेका विद्यार्थी नेताहरुमाथि भएको दमनको विरोध समेत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव जगत जोशी र अखिल (छैठौं) का केन्द्रीय सदस्य उमेश कँडेलले पनि सम्बोधन गर्नुभएको थियो ।