प्युठान । प्रतिनिधि सभा विघटनविरुद्ध ‘टोल टोलमा कमिटी, वस्ती वस्तीमा सभा’ अभियान सञ्चालन गरिरहेको राष्ट्रिय जनमोर्चाले प्युठान स्वर्गद्वारी–८ बर्जिबाङमा भेला सम्पन्न भएको छ ।
Advertisement
तीर्थमणि पोखरेल अध्यक्षता तथा डीलबहादुर पुनको संचालनबाट अघि बढेको कार्यक्रममा शिव पन्थीले स्वागत गर्नुभएको थियो ।
भेलामा जनजाति सम्मेलन का केन्द्रीय सल्लाहकार वीरबहादुर पुनको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य तथा वार्ड नं६ का वार्डअध्यक्ष, गिरबहादुर गुरुङ ,वार्ड नं ८ का वार्डअध्यक्ष खोपबहादुर राउत, इन्द्रबहादुर खड़का, मोहन गोराथोकी, भूपाल थापा, यामप्रसाद शर्मा, लक्ष्मी पन्थी, घनबहादुर जिएमले शुभकामना दिनु भएको थियो ।