काठमाडौं । राष्ट्रिय जनमोर्चाले म्यानमारमा लोकतन्त्र बहाली गर्न माग गरेको छ ।
त्यहाँको सेनाले सत्ता हातमा लिएको घटनाको विरोध गर्दै राजमोले लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा सैनिक शासनप्रति भर्त्सना गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको राष्ट्रिय जनमोर्चाले विरोध र भत्र्सना गर्दछ । त्यो घटनाले त्यहाँका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको छ । लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुचीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरु सहित लोकतन्त्रको पुनस्र्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’