• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हामी र हाम्रो अवस्था


  •   मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
  • लक्ष्मण बेल्बासे ।।
    प्राकृतिक प्रकोप र विनासले पारेको विपत्तिका समाचार सधैँ आइरहन्छन् । यसलाई प्राकृतिक नै मानेर वा दैवीप्रकोप भनेर मानिसको क्षमताभन्दा बाहिरको मानेको पाइन्छ । त्यसैले होला, कहिले भाकल गरिन्छ; प्रकृतिको पूजा गरिन्छ र अबोध पशुपन्छीको बलि दिएर आफ्नो जिम्मेवारी सकिएको ठानिन्छ । आफूले गरेका गल्ती के हुन् ? महशुस नै नगरी क्षमा मागेको पाइन्छ ।

    Advertisement

    यो त एउटा प्रकृतिपूजक हाम्रो सांस्कृतिक प्रचलन र अन्धविश्वासको निरन्तरता मात्रै भयो । तर प्राकृतिक प्रकोपको वैज्ञानिक बुझाइ बुझेकाहरू पनि समयमै सजक र सचेतक भएको पाइँदैन । सचेतनाका स्वरलाई सबैले महत्त्वका साथ ग्रहण गरेको पनि पाइँदैन । त्यसैको परिणाम जब प्रकोप हुन्छ, तब तयारी थाल्ने हाम्रो व्यवहार भएको छ ।

    मूलतः सार्वजनिक सम्पत्ति तथा प्राकृतिक स्रोत र साधन राज्यको सम्पत्ति हुने गर्दछ । त्यसैले गर्दा पनि व्यक्ति यसको विनास भइरहँदा पनि आफ्नो व्यक्तिगत लाभहानीको हिसाब गरेर आफ्नो केही नभएको ठानी मूकदर्शक भइदिन्छ । यसैको परिणाम भन्नुपर्छ, देशका केही बाठाहरूले यिनै प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेका छन् । विकासको नाममा या निर्माणको नाममा यस्ता सीमित व्यक्तिले यी स्रोत र साधनको संरक्षण र सम्बद्र्धधन गर्ने निकाय वा अधिकारी सबैलाई विभिन्न माध्यमबाट प्रभावमा परेका हुन्छन् । राजनीतिक अगुवा तथा सामाजिक अगुवा सबैलाई लाभमा साझेदारी वा विभिन्न माध्यमबाट मुखमा बुझो लगाइदिएका हुन्छन् । असङ्गठित नागरिकको आवाज यी सबै मिलेर नसुनिने बनाइदिन्छन् ।

    यसैको परिणाम हुन सक्दछ, हरिया पहाड राता हुन थालेका छन्; खोलाका बहाव बदलिएका छन्; हिमाल काला पत्थर भएका छन्, जहाँ आम नागरिकको कुनै दोष छैन । केही लाभ लिन पाएका छैनन् । जनता सधैँ हानीको भागिदार मात्रै हुने गर्दछन् । बाढीपहिरो र प्रदुषणको भागिदार आम नागरिक हुने गर्दछन् ।

    पहाड खोतलेर प्राकृतिक खनिज निश्चित व्यक्तिले लाभ लिने गर्दछ । मुहान सुकेर बस्ती सार्ने सोझा गाउँले हुने गर्दछन् । यस्ता उदाहरण अब हाम्रै गाउँतिर थुप्रै पाइन्छ ।

    सामान्य नागरिकले यी सार्वजनिक सम्पत्ति हाम्रा पनि हुन् र आफ्नो व्यक्तिगत सम्पत्ति जस्तै महत्त्वपूर्ण पनि छन् भन्ने कुरा नबुझिदिँदा निश्चित, तर खराब मान्छेले लाभ लिने बाटो बनेको छ । निर्माण तथा विकासको नाममा हुने यस्ता बेथितिका कारण प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा मानिसको दैनिक जीवन तथा स्वास्थ्यमा परेको असर भविष्यमा भयावह हुने निश्चित छ ।

    परिणाम देखिन थालेको छ । छाती र फोक्सोका बिरामी बढेका छन् । खर्च बढेको छ । उपचार खर्च धान्न नसक्ने भएको छ । यो त स्वाथ्य मा परेको असर मात्र भयो ।

    मानिसको यस्ता दैनिक जीवनसँग जोडिएका विषय सबैको नजरभन्दा पर रहेका छन् । यस्ता मानव सिर्जित समस्या आम मानव जीवनको आधारभूत समस्या बनेका छन् । उपचार र सुरक्षित रहन प्रयोग गरिने सुरक्षा सामग्रीको लागत ठुलो हुन थालेको छ । सामान्य रूपमा हेर्दा अहिले मास्क र स्यानिटाइजर अनिवार्य भइसकेको छ ।

    हाम्रोजस्तो देशमा स्वास्थ्य उपचार महङ्गो छ । उदारवादको नाममा सरकार गैरजिम्मेवार बन्दै जाँदा निजी क्षेत्र हावी भएका छन् । यस्ता संवेदनशील विषय पनि अति नाफा आउने गरी सेवा प्रवाह गर्ने प्रवृत्ति बढेको छ ।

    पञ्चायतको अवसानपछि आएको सङ्घीय गणतन्त्र नयाँ व्यवस्था लागु भए पनि राजनीति तथा जनताको प्रवृत्तिमा केही परिवर्तन आउन सकेन । सामन्ती र दास मनोवृत्ति कसैको मनबाट हट्न सकेन ।

    सधैँ आन्दोलन भइरहन्छन् । सभा÷आमसभा भइरहन्छन् । जनता कुनाकाप्चाबाट आएर एकै ठाउँ भेला हुन्छन् । बेलुका फर्कन्छन् । ती आन्दोलन, ती सभा/आमसभा कहिल्यै शिक्षामा आमूल परिवर्तन, स्वास्थ्य र सुरक्षित जीवनको सुनिश्चितता तथा सामाजिक विभेदको अन्त्यको परिणाममुखी सुरुवातको आन्दोलन या सभा/आमसभा हुन सकेका छैनन् ।

    हरेक सभा र आमसभा नेतृत्त्वले एकले अर्कोलाई आरोप/प्रत्यारोपमै समापन हुन्छन् । जनताले खचाखच भरिएका ती मैदानले नेतृत्वको विकल्प दिन सकेका छैनन् । जनताको जीवन बर्बाद पार्ने त्यही नेतृत्वको आरोप/प्रत्यारोप सुनिरहनमै भिड रमाएको छ । गालीगलौज र तल्लोस्तरको भाषण सुन्नमै भिड मस्त छ ।

    आडम्बर र दासत्व कसैको मनबाट हटेको छैन । नेतृत्वले गल्ती स्वीकारेको स्वीकारोक्ति सुन्ने चाहना कसैमा देखिँदैन । भिड बाँडिएको छ । गुटबन्दीमा रमाएको छ । देश जता जाओस्, कसैलाई मतलब छैन ।

    आदेश दिने र आदेश मान्ने दासहरूको भिडले देश कब्जा गरिएको छ । भिड जम्मा गर्नेहरूको प्रतिस्र्पधा चलेको छ । भिड केका लागि ? भिड कसका लागि ? भिडमा आउनेहरू नै अनभिज्ञ देखिन्छन् ।

    नेता भन्छन्, यही आन्दोलन हो । जनता सोध्दैनन्, आन्दोलनले परिणाम खोज्दछ ।

    भिड सोध्दैन, सभा र आमसभाले निष्कर्ष माग्दछ; परिणाम माग्दछ । आफ्नै भविष्यको बारेमा अनजान रहनेले देशको सुनौलो भविष्यको भाषण गर्छन् ।

    यस्ता प्रकारका नयाँ सामन्त र नयाँ दासहरूको भिडले बाटो छेकिरहँदा नयाँ नेतृत्वको जन्म हुन पनि नसकेको होला । यही दासहरूको भिड बाधक बनेको छ । जनता झुक्याउने यही भिडका मालिक आफूलाई कम्युनिस्टको नेता र सर्वहारा भन्दै पाए सय किलोको माला भिरेर नयाँ समानताको उद्घोष गर्दै बाटोमा रातो कार्पेट ओछ्याएर भाषण गर्दै आफू नयाँ सामन्त भएको सडकबाटै झल्को दिन्छन् । दासहरू ताली बजाउँछन् । मालिक सोफाबाट हात हल्लाउँछ । मालिक जवाफदेही हुनुपर्दैन । दासहरू प्रश्न गर्दैनन् । जयजयकारमै रमाउने गर्छन् ।
    फेरि पनि माइक गुन्जिन्छ । पुरानै कुरा दोहोरिन्छ, समृद्धि र विकास । जनतामा अझै चेत नखुलेकै हो । यो देशका मालिक हामी हौँ । यो देशका सार्वभौमसम्पन्न नागरिकको जिम्मेवारी हामीले पूरा गर्नुपर्दछ । हाम्रो भविष्य हामीले निर्माण गर्ने हो । यहाँ सबै कसैका दास आफ्नै कारण हुने गरेका छन् ।

    यावत् कुरा नबुझी व्यक्तिगत स्वार्थ पूरा गर्न/गराउन सबै विभक्त भएका छन् । यसैको परिणाम एक पटकका मन्त्री सधैँका मन्त्री, एक पटकका नेता अध्यक्ष र सभापति सधैँका हुने गरेका छन् । यिनले कहिले निवृत्त हुनुनपर्ने भएको छ ।

    स्वार्थी भिडले सधैँ यिनैलाई नेता मानेको छ । यसैको परिणाम जसरी प्राकृतिक स्रोत र साधनमाथि निश्चित व्यक्तिले दोहन गरेर प्राकृतिक विपत्ति आम नागरिकले भोगेका छन्, त्यसै गरेर राज्यको सम्पत्ति दोहन गरेर निश्चित नेताले भिडको राजनीति गरेर राजनीतिक वातावरण नै दुषित पारेर आम नागरिक तथा राष्ट्रकै भविष्य रोगी देखिन थालेको छ । यो भिडले अब सच्चाइको ज्ञानबोध गरेर यही भिडबाट नयाँ युवा तथा इमान्दार नेतृत्वको विकास गर्न सके मात्र देशको भविष्य प्रदुषित हुनबाट जोगिने छ । होइन भने फेरि पनि प्राकृतिक विपत्तिमा भाले चढाउनेहरूको सङ्ख्या बढिरहने नै छ । एक प्लेट मासुचिउरामा दिनभरि ताली बजाउनेको सङ्ख्याले निरन्तरता पाई नै रहने छ ।

    मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.