कलैया । राष्ट्रिय जनमोर्चा बाराको सङ्गठन निर्माण तथा सङ्घर्षका कार्यक्रम जारी दोसो दिन भेलाद्वारा टोल समिति गठन भएको छ ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१४ २०७७ माघ १७ गते भेला सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो बाराका सचिव जीवनकुमार भट्टराई, नेकपा (मसाल) का जिल्ला प्रवक्ता रमेश भट्टराई, राजमो २ नं. प्रदेश कोषध्यक्ष शेरबहादुर केसी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सरस्वती कार्की र अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष धर्मानन्द सुवेदीले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
बुद्धप्रसाद पौडेलको अध्यक्षता तथा हरिप्रसाद सापकोटाको सञ्चालनमा उक्त भेला सम्पन्न भएको थियो ।
भेलाले बुद्धिप्रसाद पौडेलको अध्यक्षतामा सात सदस्यीय टोल समिति गठन गरेको छ; जसमा उपाध्यक्ष चूडामणि पौडेल, सचिव पूर्णकला पौडेल, कोषध्यक्ष घनश्याम पौडेल तथा सदस्यहरू कलाधर सापकोटा, खगेश्वर सापकोटा र कोपिला सुवेदी भट्ट रहनुभएको छ ।