• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शहरीया जीवनमा बिरामी पर्दाको पीडा !


  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
  • लक्ष्मी चौधरी

    Advertisement

    अहिले विश्व कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । करिव एक वर्ष पहिला चीनको वुहानबाट फैलेको यो भाइरसले नेपाललाई पनि गम्भीर असर पारेको छ । हाम्रो देशमा पनि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा यो भाइरसले ठुलो असर पारेको छ । खासमा गरिखाने वर्गमा यसको ठुलो असर परेको छ । दिनभरि काम गरेर ल्याएको ज्यालाबाट परिवारको छाक टार्ने मजदुरवर्गमा यो भाइरसले नराम्रो प्रभाव पारेको देखिन्छ । कोरोनाका कारण रोगले मात्रै होइन, रोजगारी गुमाएर खान लाउन नपाउँदा पनि कैयौंको अकालमा ज्यान गएको समाचार आएका छन् ।

    अहिले जनजीवन सामान्य बन्दै गएको छ । मान्छेले यसलाई सामान्यरुपमा लिन थालेका छन् । तर जनजीवन सामान्य बने पनि हाम्रो समाजको मानसिकताका कारण मानिसलाई रोगले भन्दा ठुलो पीडा दिइरहेको छ । कोरोना संक्रमित बिरामीले स्याहार वा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेका कैयौं समाचारहरु आउने गरेको छ । त्यो सँगै कोरोनाको आशंकामा कुनै पनि रोग लागेका बिरामीले उचित स्याहार वा उपचार नपाउने अवस्था छ । मानिसहरु नजिक जान डर मान्ने र कोरोनाकै बारेमा मात्रै सोधपुछ गरिरहने समाजको हेराइ र व्यवहारले मानिस अझै कमजोर बन्दो रहेछ ।

    यद्यपी समाजका हरेक व्यक्ति उस्तै हुन्छन् भन्ने होइन, कैयौंबाट हौसला पनि प्राप्त हुन्छ, सहयोग पनि पाईन्छ । हरेक जिच आफूले चाहे अनुसार नहुन नि सक्छ । कोरोनाकै सन्त्रासबीच म आफै पनि बिरामी परेँ । यो अवधिमा एउटा बिरामी व्यक्तिले भोग्ने पीडा मैले पनि प्रत्यक्ष भोगेको छु । अहिले स्वास्थ्यलाभ गरिरहेको अवस्थामा आफ्नो अनुभव साट्न खोजेको छु ।

    म र मेरा श्रीमान (विद्यानाथ अधिकारी) हामी दुवैजना केही दिनदेखि बिरामी पर्यौं । कोरोनासँग मिल्दोजुल्दो लक्षणले दुवै जनालाई गाल्यो । उहाँलाई करिब एक सातादेखि नै अलि सञ्चो थिएन । तैपनि अफिस जाने आउने गरिनै रहनुभयो । बाइकमा राति हिँड्नुपर्दा छातीमा चिसो पसेको पनि हुनसक्छ । तर, सँगै काम गर्ने दुई जना साथीहरुलाई संक्रमण पुष्टि भएछ । तैपनि उहाँ अफिस गइरहनुभएको थियो तर, अलि गाह्रै भएपछि आफूलाई सञ्चो नभएको खबर गरेर अफिस जानुभएन ।

    तैपनि घरबाटै अलि अलि काम गरि नै रहनुभयो । त्यही जागीरको भरमा परिवार पाल्नु छ । अरुकुनै आधार पनि छैन । काम त गर्नु नै छ । त्यसो गर्दा पनि शरीर गल्दै गयो र विरामी भएको करिव २ हप्तामा उहाँले कतै आफूलाई पनि कोरोना त भएन भनेर पीसीआर जाँच गराउनु भयो । खुसीको कुरा रिपोर्ट नेगेटिभ आयो । तर शरीर गलेर कमजोर भइसकेको थियो । त्यसैमा म पनि एक्कासी विरामी परेँ । ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, शरीरका हरेक अंग दुखेर झर्छन् कि जस्तो हुन थाल्यो । छाती दुखेर सास नै रोक्किन्छ कि भन्ने जस्तो हुन्थ्यो । कतिबेला त स्याँ स्याँ भएर सास फेर्न पनि गाह्रो हुने । टाउको दुखेर आँखाबाट आँशुमात्र झरी रहन्थ्यो । अहिलेको अवस्थामा अस्पताल जानु भनेको झन् पीडामाथि पीडा खेप्नु हुन्थ्यो । पीसीआर टेस्ट, त्यसपछि आफ्नाबाट टाढा अनि सकुशल फर्कने हो कि होइन भन्ने आशंका । त्यो भन्दा त बरु घरमै बसेर तातो पानी खाने, ज्वरोको, टाउको दुखेको र खोकीको औषधि खाँदै आराम गर्नु नै उचित थियो, त्यही गरियो ।

    दुखाईको पीडा त आफ्नो ठाउँमा छ । त्यो भन्दा ठुलो पीडा ७ वर्षकी छोरीलाई टाइममा खाना पनि खुवाउन सकिएन । ममिको पीडा देखेर निराश भएकी छोरीले ‘भोक लाग्यो’ पनि भनिनन् । बरु बाबा र ममिलाई ओछ्यानमा पल्टेको देखेर तातो पानी खुवाउन सकिन्छ कि भनेर बल्ल तल्ल पानी तताएर मह र कागती पानी खुवाउँथिन् । छोरीले कागजमा विभिन्न चित्र बनाएर तातो पानी खानु, पोषिलो खाना खानु, ममि–बाबा छिटो सञ्चो हुनु भनेर स्वास्थ्य लाभको कामना गरिरहिन् ।

    एक दिन म भित्र सुतिरहेको थिएँ, एक्कासी ठुलो आवाज आयो र छोरी रुन थालिन् । ऐया ममि मेरो खुट्टा भाँचियो भन्दै कराएको आवाज आयो । छोरी खेल्दाखेल्दै छतमा लडिछन्, घुँडामा चोट लाग्यो । तर मैले केही गर्न सकिन । यहाँसम्मकी नजिक गएर छोरीलाई सुमसुम्याउन पनि सकिन । यो भन्दा ठुलो पीडा एउटी आमाको लागि अरु के नै हुन सक्छ र ।

    त्यतिबेला मलाई आफ्नो गाउँ र आफन्तको साह्रै नै सम्झना आयो । यस्तो अवस्थामा सायद हामी परिवारसँग भएको भए छोरी दिनभरी भोकै बस्नु पर्दैनथ्यो होला । हामीलाई यति धेरै गाह्रो पर्दैनथ्यो होला । अनि सम्झिँए सानो छँदा आफ्ना छिमेकीमा केही पर्दा वा छिमेकीको घर सुनसान देख्दा पनि ममि बाबाहरुले साना दिदी, भाइ बहिनीरुलाई सोधेको, तिम्रो बाबा ममि खोइ ? तिमीहरुले खाना खाएका छौं कि नाईं ? भोक लागेको होला ल आउ खाना खाउ भनेर खाना दिएको ।

    तर शहरीया जीवनमा त्यस्तो नहुँदो रहेछ । परिवार भन्दा टाढा सानो नानी लिएर कोठामा बस्दाको पीडा । सानो नानी छ, खाना खायो कि खाएन होला भनेर सोध्ने कोही भएनन् । बरु कतिपयले त टाढैबाट सोध्ने गर्थे, पीसीआर चेक गराउनु भयो कि नाईं ? रिपोर्ट नेगेटिभ आयो कि पोजेटिभ ? यस्तो सुन्दा झन् बढी पीडा हुँदो रहेछ ।

    यद्यपी कैयौं आफन्त र साथीभाइले स्वास्थ्यबारे चासो राखेर सोध्ने गर्नुहुन्थ्यो । आफूले जाने बुझेसम्मको सल्लाह दिने र नआत्तिन भन्नुहुन्थ्यो । गाह्रो भयो भने भन्नु हामी छौं भनेर कतिपयले ढाढस दिने गर्नुभएको थियो । कैयौं आफन्तले त कोठामा आएर मद्दत गर्न खोज्नुभएको पनि थियो । तर, हामीले धन्यवाद मात्रै दियौं । हामीलाई जुन रोगको आशंका थियो, हाम्रो कारणले त्यो अरुलाई नसरोस् भन्ने हामी चाहन्थ्यौं ।

    पुरै शरीर दुखेर हामी दुवै जना केही रात सुत्नै सकेनौं । छटपटी मात्रै हुन्थ्यो । केवल एक अर्कालाई सोध्थ्यौं, एक अर्कालाई कस्तो छ भनेर । मैले सोध्थें हजुरलाई कस्तो छ ? उहाँले भन्नुहुथ्यो मलाई सञ्चै छ, बरु तिमीलाई कस्तो छ ? तर मलाई थाह थियो कि उहाँलाई पनि कहाँ सञ्चो छ र । मलाई तनाव नहोस् भनेर आफ्नो पीडा लुकाउनु हुन्थ्यो । सायद उहाँमा पीडा सहने शक्ति अलि बढी भएर होला मैले सोध्दा पनि ठिकै छ भन्ने । तर ममा उहाँ जति पीडा लुकाएर बस्ने शक्ति थिएन । रातभरि छट्पटाउँदै रात कट्दथ्यो ।

    यसरी करिब १०-१२ दिनपछि उहाँलाई अलि सञ्चो भयो । त्यसपछि बिस्तारै घरको कामसँगै घरबाटै अफिसको काम गर्न थाल्नुभयो । त्यसरी एक जनालाई सञ्चो भएपछि म बिरामी नै भएपनि अलि सहज हुँदै गयो । दुवै जना बिरामी अवस्था रहेको करिब एक हप्ता हाम्रालागि पीडादायी बन्यो । न समयमा नानीलाई खाना खुवाउन सक्ने, न आफूहरु खान सक्ने । न राति सुत्न सक्ने । छोटै समय भएपनि शहरीया जीवनको वास्तविक पीडा अनुभव भयो । शहरमा अस्पतालहरु छन्, औषधि उपचारको सुविधा पनि छ । तर, बिरामी पर्दा तातोपानी खान दिने आफन्त छैनन् । टाउकोमा हात राखिदिने पनि कोही छैन । यहाँ सबै थोक छ तर आफ्नोपन छैन ।

    अन्तमा के भन्न चाहन्छु भने कोरोनाको आतंक अलि बढी नै भयो । सामान्य बिरामी हुँदासमेत मानिसले मानिसबाट सहयोग नपाउने अवस्था आयो । अर्को कुरा, शहरमा कोठा लिएर बस्नेहरुका लागि बिरामी पर्दा झनै ठुलो समस्या हुँदो रहेछ । तर, हामी जहाँ भए पनि जहाँ गए पनि, जस्तो सुकै परिस्थितिमा पनि मानवता गुमाउनु हुदैन । एकले अर्कालाई सक्दो सहयोग गर्नु पर्छ । सामान्य सान्त्वनाले मात्रै पनि मानिसको मनोबल बढाउँछ । उच्च मनोबल राख्ने र परेको बेलामा एकले अर्कालाई सहयोग गर्न सधैँ तयार रहनुपर्छ । मानवता नै ठुलो धर्म हो ।

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.