दैलेखबजार । दैलेख भगवतिमाई गाउँपालिका वडा नं. ७ मा २०७७ माघ १४ गतेका दिन राष्ट्रिय जनमोर्चाको भेला समपन्न भएको छ ।
Advertisement
राजमो जिल्लाध्यक्ष अम्बरबहादुर नेपालीको उपस्थिति तथा राजमो भगवतिमाई गाउँपालिका अध्यक्ष नरबहादुर सिंहको पहलकदमीमा सो भेला सम्पन्न भएको हो ।
भेलाले भक्तबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय राष्ट्रिय जनमोर्चाको वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शेरबहादुर विक, सचिवमा बखत विक, कोषाध्यक्षमा पार्वती नेपाली तथा सदस्यहरूमा टङ्क खड्का, तीर्थ थापा र बमबहादुर थापा रहनुभएको छ ।