– रवि पौडेल
संसदको हत्या गर्ने हत्यारोलाई एक्लाउनुपर्छ
मनपरि गर्ने व्यक्ति आफै तल झर्छ
इतिहासमा अरू धेरै हत्यारा आए
जनताको संसद भताभुङुग पारे ।
Advertisement
विकास गर्न जनताले सांसद चुन्छन्
सरकारमा गएपछि जनताको टाउकोमा चढ्छन्
राष्ट्रियता र संस्कृतिको अपमान गरी
युगौँसम्म सम्पत्तिको जोहो गर्छन् फेरि ।
मन्त्री नहुँदा राष्ट्रियताका कुरा गर्छन्
जब मन्त्री हुन्छन् दक्षिणका गुलाम हुन्छन्
पकेट भर्छन्, भकारी भर्छन्
अनि पश्चिमाहरूको नोकर बन्छन् ।
शिक्षा बिग्रियो, स्वास्थ्य बिग्रियो
महङ्गी र भ्रष्टाचारले देशै ढाक्यो
न्याय धरापमा पर्छ, हत्यारो खुल्ला हिड्छ
कहिले मान्छे मार्ने कहिले संसद मार्ने ।
अठ्ठाइस सालमा घाँटी रेट्यो
सतहत्तर सालमा संसद रेट्यो
हत्या गर्ने हत्यारोले जनताको बासै खेद्यो
हत्यारोलाई एक्ल्याउन सबै जुट्नुपर्यो ।
अप्ठ्यारोमा देश पर्यो
प्रतिगमनको डर छ ।