तिलक थापा/बागलुङ बजार ।।
अखिल नेपाल जनजाति सम्मेलनको आयोजनामा बागलुङको काठेखोला–४ तङ्ग्राममा आज माघ १३ गते भेला सम्पन्न भएको छ ।
२०७७ माघ २२ गते बागलुङ बजारमा सम्पन्न हुने जनजाति सम्मेलनको सातौ जिल्ला अधिवेसन सफल पार्न तयारीस्वरूप सो भेला सम्पन्न भएको हो ।
भेलाले अध्यक्ष भिम जोल्मीको अध्यक्षतामा तीन सल्लाहकारसहित नौ सदस्यीय वडा समिति चयन गरेको छ; जसमा, उपाध्यक्ष पूर्णबहादुर थापा, सचिव मनबहादुर थापा, सहसचिव लालबहादुर थापा, कोषाध्यक्ष कमला पुन र सदस्यहरूमा गणेश पुन, रनबहादुर पुन, भद्री थापा र पूर्णबहादुर पुन रहनुभएको छ भने सल्लाहकारमा ओम पुन, थिरबहादुर राना र थम्मन पुन रहनुभएको छ ।
वडा भेलामा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार तिलक थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लक्ष्मण पुन, जातीय समता समाज बागलुङका सचिव टिकासङ्गम विक, अखिल नेपाल जनजाति सम्मेलन काठेखोलाका अध्यक्ष थम्मन पुनले शुभकामना मन्तव्य दिनुभएको थियो ।