• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसलाई बचाउनुपर्दछ


  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह ।।
    आजको सम्पूर्ण राजनीतिक स्थितिमाथि विचार गर्दा संविधान मृत्युको मुखमा उभिएको देखिन्छ ।

    Advertisement

    प्रथमतः संविधानको हत्या गर्नका लागि त्यो गर्भावस्थामा भएको बेलामा नै आक्रमण गरिएको थियो । जुन बेला संविधान सभाले संविधान निर्माण गर्ने काम गरिरहेको थियो, त्यो बेला नै भारतले त्यसको निर्माण रोक्नका लागि दबाब दिएको थियो । त्यसको निर्माण भइसकेपछि पनि त्यसलाई जारी गर्न नदिनका लागि जोड दिएको थियो । तर त्यसका बाबजुद संविधानको जन्म भयो ।

    संविधान जारी भएपछि भारतले त्यसमा संशोधनको लागि दबाब दिएको थियो । आफूले भनेजस्तो संशोधन नगरेको हुनाले त्यसले अहिलेसम्म त्यो संविधानलाई स्वागत गरेको छैन । त्यो संविधान निर्माण गरेपछि मधेसवादीहरूले त्यसलाई जलाएका थिए । अहिले पनि उनीहरूले संविधानमाथि हमला गरिरहेका छन् ।

    राजावादीहरूले सुरुदेखि नै गणतन्त्र र धर्म निरपेक्षता समाप्त गरेर राजतन्त्रको पुनःस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि अभियान चलाउँदै आइरहेका छन् । उनीहरूले संविधानको पुनर्लेखनको माग गरिरहेका छन् ।

    कतिपय वामपन्थीहरूले पनि वर्तमान संविधान र गणतन्त्रलाई समेत प्रतिक्रियावादी बताएर तिनीहरूलाई खारेज गर्नका लागि आवाज उठाइरहेका छन् । उनीहरूको जोड यो कुरामा छ कि वर्तमान संविधान वा गणतन्त्रलाई समाप्त गरेर नयाँ जनवादी गणतन्त्र कायम गर्नुपर्छ । त्यो विचार क्रान्तिकारी हो, तर तात्कालिक परिस्थितिमा त्यो नीतिले नयाँ जनवादी गणतन्त्रको स्थापनामा मद्दत पुग्दैन, विद्यमान संविधान र गणतन्त्रलाई समाप्त गर्ने प्रतिगामी शक्तिको उद्देश्यमा नै मद्दत पुग्ने छ ।

    हामीले पनि विद्यमान संविधान र गणतन्त्रप्रति विरोध राख्दछौँ । किनभने वर्तमान संविधान र गणतन्त्र दुबै अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गतका कुरा हुन्; र, तिनीहरूलाई समाप्त गरेर नयाँ जनवादी व्यवस्था कायम गर्ने आजको हाम्रो आधारभूत लक्ष्य हो ।
    त्योबाहेक संविधानमा उल्लेखित सङ्घीयतासित पनि हाम्रो गम्भीर मतभेद छ ।

    विद्यमान संविधान र गणतन्त्रप्रति हाम्रो विरोध भए पनि तात्कालिक अवस्थामा हामीले तिनीहरूको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    आजको अवस्थामा ती दुबैको ऐतिहासिक र प्रगतिशील महत्त्व छ । ती दुबैलाई समाप्त गर्नका लागि सङ्घर्ष गर्नुको अर्थ तिनीहरूका विरुद्धको भारतीय साम्राज्यवाद, राजावादी र मधेसवादीसमेतको प्रतिगामी नीतिको सेवा गर्नु हुने छ ।

    विद्यमान संविधान, गणतन्त्र र धर्म निरपेक्षताको लागि सबैभन्दा ठुलो खतरा ओली सरकारबाट नै छ । ओली सरकारले पहिले पनि आफ्ना गलत नीति र कार्यशैलीबाट संविधान, गणतन्त्र र धर्म निरपेक्षतासमेतको आधार कमजोर पार्ने काम गरिरहेको थियो । अहिले संसद विघटन गरेर त्यसले संविधानलाई नै मृत्युको मुखमा धकेल्ने काम गरेको छ । त्यसको त्यो कार्यबाट संविधानमाथि मात्र होइन, गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियतासमेतमाथि कुठाराघात पुग्ने खतरा पैदा भएको छ ।

    अहिले संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसको अर्थ त्यसको मृत्यु नै भइसक्यो भन्ने होइन । त्यो (संविधान) जीवन र मृत्युको दोसाँधमा छ । अन्तमा त्यसको अकाल मृत्यु हुने छ वा त्यो जीवित र पुनः शक्तिशाली हुने छ ? त्यो कुरा जनताको चेतना र आन्दोलन कति उठ्ने छ ? त्यसमाथि निर्भर गर्ने छ ।

    इतिहासमा सधँै प्रतिगमनका विरुद्ध अग्रगमनको विजय हुँदै आएको छ । त्यसकारण अहिले पनि जनताको शक्तिको अगाडि प्रतिगमनको पराजय हुने छ भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ ।

    आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.