• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जलवायु परिवर्तनबाट बालबालिकामा कुपोषण बढेको अध्ययनको निस्कर्ष


  •   बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
  • –पेट्रिक ग्याली
    पेरिस । गरिबी र सरसफाइजस्ता परम्परागत कारणले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्त्वको कमी हुने एक अध्ययनले देखाएको छ ।

    Advertisement

    विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भए पनि विश्वव्यापी तापक्रम वृद्धि र प्रतिकूल मौसमका कारण न्यून पोषणको समस्या सन् २०१५ पछि बढेको बताइएको छ ।

    संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार २०१९ मा विश्वका पाँच वर्षमुनिका १४ करोड ४० लाख बालबालिकामा लामो समयसम्म खानामा अत्यधिक पोषण तत्त्वको कमीका कारण स्वभाविक शारीरिक विकास हुन सकेको छैन । त्यस्तै थप चार करोड ७० लाख बालबालिकाको खानामा न्यून पोषण तत्त्वको कारण स्वाभाविक शारीरिक विकास प्रभावित भएको छ ।

    बढ्दो क्षेत्रमा आवश्यक पोषक तत्त्वको कमीले यो शताब्दीको मध्यसम्ममा १० अरब मानिसलाई उचित भोजन व्यवस्थापन क्षमतामा चुनौती आउन सक्ने विज्ञहरूले बताएका छन् ।

    हालै सार्वजनिक अध्ययन प्रतिवेदनमा भर्मन्ट विश्वविद्यालयको नेतृत्वको अनुसन्धानकर्ताहको एक टोलीले एसिया, अफ्रिका र दक्षिण अमेरिकाका निम्न आय भएका १९ देशका पाँच वर्षमुनिका एक लाख बालबालिकाको विविध खानाको परीक्षण गरेको र यसलाई ३० वर्षको तापक्रम र वर्षाको तथ्याङ्कसँग जोडेर हेरिएको बताइएको छ ।

    उनीहरूले अध्ययन गरिएको छमध्ये पाँच क्षेत्रमा उच्च तापमान आहारको गुणस्तरमा उल्लेखनीय कटौतीसँग सम्बन्धित रहेको पाइएको बताएका छन् । वातावरणीय अनुसन्धानमूलक प्रतिवेदन प्रकाशित गर्दै उक्त टोलीले मौसम परिवर्तनले बाल विकासमा विश्वले गरेको ठुलो प्रगतिलाई अवरोध पुर्याउनेतर्फ सचेत गराएको छ ।

    “पक्कै पनि, भविष्यको जलवायु परिवर्तनले कुपोषण समस्यालाई थप प्रभावित गर्ने पूर्वानुमान गरिएको छ तर आश्चर्यको कुरा उच्च तापक्रमका कारण अहिले नै कुपोषणको समस्या थप जटिल भएको देखिएको छ” भर्मन्टका पोषण र खाद्य सेवाका सहायक प्राध्यापक मेरीडिथ नाइल्सले भन्नुभयो ।

    यस अध्ययनले विशेष गरी आहार विविधता र सूक्ष्म पोषक तत्त्वको मापन गर्ने राष्ट्र सङ्घीय एकाइद्वारा सङ्कलित आहार विविधतामा ध्यान दिएको बताइएको छ ।

    फलाम, फोलिक एसिड र जिङ्क, साथै भिटामिन ए र डीजस्ता सूक्ष्म पोषण तत्त्व बच्चाको शारीरिक र मानसिक विकासको लागि महत्वपूर्ण हुन्छन् । बढ्दो कार्बन प्रदुषणले गहुँ, चामल, भटमास, सिमी तथा फलफूललगायतका धेरै बालीमा यी आवश्यक सूक्ष्म पोषक तत्वको तह घटाउने गरेको अध्ययनले देखाएको छ ।

    औसतमा, अध्ययनमा समावेश भएका बालबालिकाले सम्भावित १० मध्ये ३.२ ले मासु र माछा, अन्न र गाढा प्रकारका पातका सागजस्ता खाद्यान्न समूहबाट बनेका खानाका परिकार अध्ययनको अघिल्लो २४ घण्टामा खाएका थिए । अध्ययनको सिलसिलामा चिनियाँ बच्चाले उक्त खाना समूहको सङ्ख्याभन्दा दोब्बर अर्थात् औसत ६.८ प्रतिशतभन्दा बढी खाने गरेको भेटिएको थियो ।

    यो विकसित मुलुकको हकमा पनि मिल्दोजुल्दो आँकडा हो । बढी तापक्रम रहेको र मौसमको अनियमित संरचना रहेको क्षेत्रमा बाल आहार विविधतामा गहिरो र अल्पकालीन–दीर्घकालीन प्रभाव रहने अध्ययनले बताएको छ ।

    उच्च तापक्रमले बाल पोषण सेवनलाई असर गर्ने विश्वव्यापी रूपमा महत्त्वपूर्ण मानिएका मुख्य बालीको उत्पादन र पशुपालन उत्पादकता घटाउने गर्छ । यी दुबै बाल पोषण सेवनलाई असर पार्ने खाद्य स्रोत हुन् । साथैे बढी तापक्रमको प्रभावका कारण गर्मी मौसममा गर्भ बोक्ने तथा गर्मी स्थानमा बस्ने एक महिलाले औसतभन्दा कम शिशुको जन्म दिन सक्छिन् ।

    अध्ययनमा सम्लग्न अनुसन्धान्नमूलक लेखका लेखकहरूले कुनै पनि देशको सरकारलाई सबैभन्दा कमजोर बच्चाका लागि आहार सुधार गर्ने योजनामा मौसम परिवर्तनलाई पनि समावेश गर्न आग्रह गरे ।

    “यो विश्वव्यापी अनुसन्धानमा हामीले बारम्बार फेला पार्दछौं” भर्मोन्टको पर्यावरण संस्थानका लागि गुन्ड संस्थानका विश्वविद्यालयका निर्देशक तथा अध्ययन प्रतिवेदनका सहलेखक टेलर रिकेट्सले भन्नुभयो ।

    “हाल विश्वमा देखिएको वातावरणीय प्रदुषण र जलवायु परिवर्तनले विगत ५० वर्षको प्रभावशाली विश्वव्यापी स्वास्थ्य लाभलाई कमजोर पार्न सक्ने क्षमता राख्छ” उहाँले थप्नुभयो ।

    (रासस/एएफपी), अनुवादः दिलीप शर्मा

    बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.