• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अटो रिक्सा चालक : कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा


  •   सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
  • झलनाथ खनाल, कैलाली । 
    कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उहाँसँग कुनै उपाय थिएन । विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेशिया बस्नुभएका उहाँलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

    Advertisement

    पाउनसम्मको दुःख पाएर फर्किनुभएका बलबहादुर अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थाल्नुभएको छ । अहिले समूहबाट ऋण लिएर अटो रिक्सा चलाउन थाल्नुभएका टमट्टा विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउनुहुन्छ ।

    ‘मैले दुःख आँखा अगाडि देखिको छु । दश दिन लगाएर एक चट्टा गिट्टी कुटेर रु ८०० कमाएर घर गुजारा गरेको मलाई अहिले जस्तै लाग्छ’, बलबहादुरले भन्नुभयो, ‘अटो रिक्सा चलाउन थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन । यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।’

    कोरोनाको जोखिमका कारण घटेको सर्वसाधारणको आवागमनले भने आफूले सोचे जति कमाइ गर्न नसकिरहेको उहाँले बताउनुभयो ।

    टीकापुर नगरपालिका–१ वनगाउँका हरिराम चौधरीको सोच पनि कम्ती छैन । छ वर्षसम्म विदेशमा बस्नुभएका उहाँले अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित अटो रिक्सा चलाउन थाल्नुभएको भएको छ ।

    व्यवसायप्रति सन्तुष्ट हुनुभएका उहाँले भन्नुभयो, ‘अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो, हिजो अटो रिक्सामै राम्रो कमाइ थियो । आज छैन त भोलि त होला । अटो रिक्सानै मेरो व्यवसाय हो यसैलाई निरन्तरता दिन्छु ।’

    उहाँले छिट्टै सम्पन्न भइहाल्नु पर्छ भन्ने मानसिकताले काममा सफलता पाउन कठिन हुने गरेको बताउनुभयो ।
    ‘व्यवसाय गर्दा छिट्टै ठूलो आम्दानी होस् भन्ने मानसिकता हामीमा छ । यस्तो मानसिकताले हामीले गर्ने कामबाट सफलता प्राप्त गर्न सक्दैनौँ, हरिरामले भन्नुभयो, ‘अहिले कोरोनाले सबै क्षेत्रको अवस्था नाजुक छ । हामीले पनि धैर्य राखेर भोलिको आशामा व्यवसायलाई निरन्तरता दिनुपर्छ ।’

    लम्कीचुहा नगरपालिका–७ का अर्जुन चौधरी पहिले काम गर्न पोखरा, काठमाडौं लगायतका शहरमा जाने गर्नुहुन्थ्यो । कमाइ राम्रै भए पनि घर फर्किँदा भने रित्तै फर्किनुपर्ने बाध्यता उहाँले सुनाउनुभयो । एक वर्षदेखि अर्जुनले अटो रिक्सा चलाउँदै आउनुभएको छ । संयुक्त परिवारमा बस्ने अर्जुनको थोरै कमाइले घरपरिवारमा गुजारा गर्न भने मुस्किल हुने गरेको छ ।

    घरमा एक्लो व्यक्तिको कमाइले घरपरिवारको गुजारा गर्न समस्या हुन थालेपछि विदेश जाने तयारीमा लागेको उहाँ बताउनुहुन्छ । कोरोना सङ्क्रमण फैलनुभन्दा पहिले स्वदेशमै केही गर्नुपर्छ भन्ने सपना देखेका अर्जुनलाई कोरोनाका कारण व्यवसायबाट सोचेअनुसार आम्दानी हुन नसकेपछि भने विदेशको तयारी गर्नुपर्ने बाध्यता आइलागेको हो ।

    ‘कोरोना सङ्क्रमण हुने जोखिमले व्यवसायमा नराम्रो असर पर्दा घर गुजारा पनि नहुने अवस्थामा आएको छ’, उहाँले भन्नुभयो, ‘व्यवसाय गर्दा भएको आम्दानीले गाडीको किस्ता, घरको गुजारा चलाउन मुस्किल भयो, अरु केही काम गरौँभन्दा पूँजीको समस्या छ, कोरोना सङ्क्रमण कम हुनासाथ विदेशको राहदानी लगाउने तयारी गरिरहेको छु ।’

    टीकापुर नगरपालिका–२ राजीपुरका मोहन ठकुल्ला पनि छ वर्ष विदेश बसेर स्वदेश फर्किनुभयो । विदेशमा पनि राम्रो कमाइ गर्नुभएका मोहनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटका साथ अटो रिक्सा किन्नुभयो । घरपरिवारको आन्तरिक समस्याका कारणले पनि उहाँले विदेशको सपना भुलिसक्नुभएको थियो । अटो रिक्सा किन्दा दैनिक एक हजार ५०० सम्म बचत हुन थालेपछि आफू विदेश गएर फसेको रहेछु भन्ने लागेको उहाँ बताउनुहुन्छ ।

    कोरोनाको जोखिमका कारण व्यवसायमा परेको असरले अटो रिक्सा चालक मारमा परेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘कोरोनाले सबै व्यवसायको अवस्था नाजुक बनाएको छ । अहिले ग्राहकसँग पनि तोकिएको भाडा पाउन सकिने अवस्था छैन, जुन उमङ्ग पहिले थियो, त्यो रहेन । कतिपय मजदूरले फेरि विदेशको सपना देख्न थालेका छन ।’

    कोरोनाको जोखिमका कारण पछिल्ला महिनामा अटो रिक्सा चालकमा परेको असरले सोचेअनुसार आम्दानी हुन नसकेपछि टीकापुर, लम्की र आसपासका सडकमा रिक्सा चलाउने कतिपय मजदुर पुनः विदेशिने तयारी गरिरहँदा अन्य कतिपयले भने जे जस्तो अवस्था भए पनि अब आफ्नै देशमा काम गरेर जीविका चलाउने अठोटमा देखिन्छन् । सडकको अवस्था जीर्ण भएकाले पनि रिक्सा चलाएर जीविका चलाउने मजदूरलाई सहजरूपमा व्यवसाय गर्न कठिनाइ देखिन्छ ।

    ‘ठाउँठाउँमा बिग्रेको सडकको अवस्थामा सुधार नआउँदा सहजरूपमा व्यवसाय गर्न पनि समस्या भइरहेको छ’, अर्का अटो रिक्सा चालक जनक टमट्टाले भन्नुभयो, ‘ग्राभेल र खाल्टाखुल्टी परेको सडक भएकाले रिक्सा बिग्रने गर्छ, यात्रु पाइँदैन, पाए पनि सस्तोमा जान खोज्छन् ।’ कैलाली जिल्लाको दक्षिण पूर्वी शहर टीकापुर नगरपालिका क्षेत्रमा १०० भन्दा बढी अटो रिक्सा चल्ने गरेका छन् ।

    सामान्य लेखपढ गरेका, दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका युवाको स्वरोजगारको मुख्य स्रोत नै अटो रिक्सा व्यवसाय बन्दा कोरोनाको जोखिमले पुगेको असरले भने उनीहरूको आम्दानीमा असर पुगिरहेको छ । सबै रिक्सा चालकसँग लाइसेन्स (चालक अनुमतिपत्र) समेत नहुँदा पनि बेलाबखत विभिन्न खालको हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ ।

    चालक अनुमतिपत्र बिना नै रिक्सा चलाएर हुनसक्ने कुनै दुर्घटनाबाट पुग्ने सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित अटो चालकले नै व्यहोर्नुपर्ने बाध्यता आफूहरूको रहेको ती मजदूरको गुनासो छ । लेखपढ गर्न नसक्ने यो व्यवसायमा लागेको अवस्थामा चालक अनुमतिपत्र लिँदा लिइने लिखित परीक्षा र ‘ट्रायल‘ परीक्षा लिँदा तोकिएको मापदण्ड पूरा गर्न नसक्दा लाइसेन्स पाउन आफूहरूका लागि फलामको च्युरा चपाउनुसरह बनेको गुनासो मजदुरको छ ।

    यसबाहेक रिक्सा कुन सडकमा चलाउन पाउने, कुनमा नपाउने भन्ने विषयमा रिक्सा चालकलाई रुट परमिट (सडक इजाजत) उपलब्ध गराउने व्यवस्था नहुँदा पनि समस्या भइरहेको छ ।

    उनीहरूको गुनासो छ, ‘बर्दिया जिल्लाबाट रुट परमिट पाएका आटो चालक कैलालीको लम्कीसम्म सहजरूपमा पुग्छन्, तर हामीलाई आफ्नै जिल्लामा रुट परमिट पाउन कठिन छ ।’ रासस

    सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • २.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ३.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ४.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ५.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ६.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ७.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.