• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अपमान परराष्ट्र मन्त्रीको वा सम्पूर्ण नेपालको ?


  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    समाचार माध्यमहरूमा भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्न नदिएको समाचार बाहिर आएका छन् । त्यो अपमान परराष्ट्र मन्त्रीको हो वा सम्पूर्ण नेपालको ?

    भारतबाट नेपाल आउने कुनै पनि व्यक्तिले सजिलैसित नेपालका प्रधानमन्त्री वा राष्ट्रपतिलाई भेट्न सक्छन् । हालसालै भारतीय ‘रअ’का प्रमुख, प्रधानसेनापति, विदेश सचिवले पनि सजिलैसित प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए । तर नेपालबाट औपचारिक कार्यक्रम अनुसार भारतमा गएका नेपाल सरकारका परराष्ट्र मन्त्रीले कति कोशिस गर्दा पनि प्रधानमन्त्रीलाई भेट्न समय पाएनन् र परराष्ट्रमन्त्री अपमानको ठूलो भारी बोकेर नेपाल फर्केका छन् ।

    नेपालको अपमान भयो, त्यो सरकारले अपनाउँदै गएका गलत नीतिको परिणाम हो । सरकारले बारम्बार भारतका अगाडि दब्बू नीति अपनाउँदै गएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकबारे त्यसले सही र दृढ नीति अपनायो । तर त्यस प्रकारको दृढतालाई त्यसले निरन्तरता दिन सकेन ।

    नेपालको कालापानी समेतको विषयमा वार्ताको लागि बारम्बार भारतलाई लेखेर पठायो । तर त्यो वार्ताको लागि भारत सहमत भएन । अहिले परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल भारत जा“दा पनि दुई पक्षीय वार्तामा त्यो विषयमा वार्ता हुन सकेन ।

    संसदले पारित गरेको नक्सालाई पनि प्रधानमन्त्री ओलीको निर्देशनमा पाठ्यक्रमबाट हटाउन लगाइयो । यो कुरा बुझ्न गाह्रो पर्दैन कि भारत अप्रसन्न नहोस् भन्नका लागि नै त्यसो गरिएको थियो ।

    नेकपाभित्र चलेको अन्तर कलहको कारणले ओलीको अध्यक्ष र प्रधानमन्त्रीका पद धरापमा परेका थिए । त्यो अवस्थामा सही तरिका त्यो विवादलाई आफ्नो सङ्गठनभित्र नै टुङ्गाएर बहुमतको निर्णयलाई मानेर काम गर्नु नै हुन्थ्यो । त्यो नेकपा देश र स्वयं ओलीको पनि सम्मान र हितमा हुन्थ्यो । तर उनले उल्टो बाटो समाते । आफ्नो पदको लागि सङ्गठनको एकता, संसद, सरकार र सम्पूर्ण देशलाई समेत बाजी थापे । उनले सोचेका हुन सक्दछन्, त्यसरी उनको स्थिति बलियो हुने छ । तर वास्तविकता यो हो कि आफ्नो त्यस प्रकारको गलत नीतिका कारणले उनी देशभित्र र अन्तर्राष्ट्रिय जगतमा पनि धेरै नै बदनाम र कमजोर पनि भएका छन् । त्यसको एउटा परिणाम दिल्लीमा नेपालका परराष्ट्र मन्त्रीको अपमान पनि हो ।

    आफ्नो अस्तित्व बचाउनका लागि उनी नेपाली काङ्ग्रेसका नेता शेरबहादुरसित गुहार माग्न पुगे । उनको त्यो दौड यहाँसम्म पुग्यो कि उनी आफ्नो रक्षाका लागि भारतको शरणमा पनि पुगे । गोयलसितको उनको गोप्य वार्ता त्यसैको परिणाम थियो । कतिपय स्रोतबाट प्राप्त जानकारी अनुसार नेपालबाट फर्केपछि गोयलले यो सम्म भनेका थिए : ‘हामीले चाह्यौँ भने ओलीले दुई घन्टाभित्र प्रधानमन्त्रीबाट राजीनामा दिनेछन् । त्यसले बताउँछ, भारतका अगाडि अब उनको मूल्य कति रहेको छ ? संसदको विघटनपछि उनी अब संसदको सदस्य पनि रहेका छैनन् । त्यो अवस्थामा उनको सरकार काम चलाउ सरकार भएको छ । तर उनले पुरा र अधिकार सम्पन्न सरकार भएको दाबी गरिरहेका छन् । तर नेपालका जनता मात्र होइन, पुरै संसार उनको त्यो दाबी स्वीकार गर्न तयार छैन । त्यसरी ओलीले आफूलाई एउटा हास्यास्पद पात्रको रूपमा परिणत गरेका छन् । आफ्नो पार्टीलाई फुटाएर संसदको विघटन गरेपछि उनी कति कमजोर भएका छन् ? त्यो कुरा शेरबहादुरले उनलाई खेलाइरहेको कुराबाट थाहा हुन्छ । ओलीले प्रधानमन्त्रीको पदसम्म दिने गरेर शेरबहादुर देउवाको अनुग्रह प्राप्त गर्ने कोशिस गरिरहेका छन् । तर देउवाले जवाफ दिने गरेका छन्, ‘यसबारे मैले पछि विचार गर्ने छु ।’ ओलीको गलत नीतिले उनको सम्पूर्ण सङ्गठन नै कमजोर भएको छ । विभाजित ओली तथा प्रचण्ड–माधव दुवैको स्थिति कमजोर भएको छ । त्यसका लागि मुख्य दोषी ओली नै छन् ।

    करिब दुईतिहाई बहुमतको सरकारको रूपमा नेकपाको सरकारको देशभित्र बलियो स्थिति थियो भने अन्तर्राष्ट्रिय रूपमा पनि त्यसको इज्जत थियो । तर संसदको विघटन भएर काम चलाउ बनेको सरकारको अब त्यो इज्जत रहेको छैन । मोदीलाई भेट्न परराष्ट्रमन्त्रीले गरेको प्रयत्न पनि ओलीको अहिलेको स्थितिको परिणाम हो ।

    ओलीको असंवैधानिक कदमका विरुद्ध देशमा आन्दोलन बढ्दै गइरहेका छन् र ती अरू बढ्दै जानेछन् । ती आन्दोलनका विरुद्ध ओलीले पनि ठूलाठूला सभाको आयोजना गर्दैछन् । तर स्वयं ओलीको निम्नस्तरको र अराजनीतिक प्रकारको भाषाशैलीले यी सबै ठूलाठूला सभालाई तमाशा बनाउँदै लगिरहेको छ । स्वयं ओलीको त्यसप्रति ध्यान गएको छ ?

    ओलीले भूतपूर्व प्रधानन्यायाधीशहरूले उठाएका संवैधानिक प्रश्नहरूको जवाफमा तल्लो स्तरमा उत्रेर उनीहरूलाई गाली गर्ने गरेका छन् । वकिलहरूलाई संविधान नपढेको भनेर हप्काउँदै छन् । बहुमत सहित अलग भएका आफ्नै साथीहरूलाई भगौडा बताउँदै छन् । पार्टीका कैयौँ पुराना र कर्मठ नेताहरूलाई केटा र ठिटा भनेर अपमान गर्दैछन् । उनको निम्न स्तरीय र अराजनीतिक भाषा शैलीका यी केही उदाहरण मात्र हुन् । यस प्रकारका सयकडौँ उदाहरण छन् । त्यस प्रकारको गाली गलौजको भाषा प्रयोग गर्ने बेलामा उनले ख्याल गर्नुपर्ने एउटा कुरा हो : उनी नेपालका प्रधानमन्त्री हुन् र उनले जे बोल्छन्, त्यो सारा संसारमा सुनिन्छ ।

    वास्तवमा खाली दिल्लीमा प्रधानमन्त्री मोदीले परराष्ट्र मन्त्रीलाई भेट नदिएको कारणले मात्र होइन, ओलीको सम्पूर्ण व्यवहार, कार्यशैली वा भाषाशैलीका कारणले संसारभरि नेपालको बेइज्जती भइरहेको छ । अर्का शब्दमा, त्यसरी स्वयम् उनी हल्का हुँदै गइरहेका छन् भने उनले विश्वका अगाडि नेपाललाई पनि हल्का बनाउँदै गइरहेका छन् ।

     

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.