खलङ्गा । प्युठान झिमरुक गाउँपालिका–३ बेवरे समलधार र गौमुखी गाउँपालिकाको–७ रामखोलमा जातीय समता समाजको भेला सम्पन्न भएको छ ।
शनिवार सम्पन्न उक्त भेलामा भेलामा जातीय समता समाज प्युठान का जिल्ला कोषाध्यक्ष विनोद विकले सम्बोधन गर्नुभभएको थियो । सो अवसरमा उहाँले दलितजातिहरूले सदियौंदेखि भोगचलन गर्दै आएको दुःखदायी पीड़ा अहिले पनि यथावत नै रहेको बताउनुभएको थियो । उहाँले दलितजातिहरूलाई जातीय समता समाजको झण्डामुनि सङ्गठित भई आफ्ना समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको थियो ।
हिमबहादुर विकको अध्यक्षता तथा सुकमाया विकको सञ्चालनपछि अघि बढेको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूको सम्झनामा एक मिनट मौनधारण गरिएको थियो । उपस्थित समुदायमाझ लक्ष्मी विकले मन्तव्य राख्नुभएपछि पछि ससाना कलाकारहरूले मिठो स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कृष्ण बराल, मोहनकु विक, ठग्गु परियार, हिरालाल विकले समेत मन्तव्य राख्नुभएको थयो ।
भेलाले जातीय समता समाजको बेबरे समलधार रामखोला टोल समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा टेकबहादुर विक, उपाध्यक्षमा सरिता विक, सचिवमा लक्ष्मी विक, सहसचिवमा अनिता परियार र कोषाध्यक्ष सुनिता परियार रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा राधिका विक, उषा विक, हिराबहादुर विक, रामबहादुर विक, ठग्गु परियार, तारा सामत, पूर्णबहादुर विक, हिमबहादुर विक, गीता सामत, सुकमाया विक, मीना विक, गीता सुनार, लीला विक र चित्रबहादुर बिक रहनुभएको छ ।