काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले प्रतिनिधि सभा विघटनविरुद्ध आज (शुक्रबार) देशैभर मसाल जुलुश प्रदर्शन गरेको छ ।
Advertisement
अखिल (छैठौं) ले शुक्रबार साँझ काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला सदरमुकामहरुमा मसाल जुलुश प्रदर्शन गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले माघ २ गते देशैभर मसाल जुलुश आयोजना गर्ने निर्णय गरेको थियो ।
ललितपुरको लगनखेलमा जुलुशपछि आयोजित कोण सभालाई अखिल (छैठौं) का महासचिव महेश जोशीले सम्बोधन गर्नुभएको छ । केन्द्रीय सचिव सुवाश जिसिले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विमल पोख्रेललगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।