• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार : डा. गोविन्द आचार्य


  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/काठमाडौँ ।।
    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यले युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार भएको बताउनुभएको छ ।

    Advertisement

    अन्पाद्वारा २०७७ पुस २९ गते आयोजित ‘प्रगतिशील साहित्यिक आन्दोलनमा युद्धप्रसाद मिश्र’ विषयक परिसंवाद कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘साहित्यकार मिश्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुँदासम्म र विश्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको औचित्यता कायम रहँदासम्म जीवितै रहने छन्’ डा. आचार्यले त्यसका पछाडिको कारण खोतल्दै भन्नुभयो– ‘मिश्रलाई प्रगतिवादी धारमा डोर्याउने यिनै दुई वटा परिघटना हुन् ।’

    साहित्यकार मिश्र विशुद्ध साहित्यकार मात्र नभएर राजनीतिकर्मी पनि भएको उहाँको तर्क थियो ।

    ‘उहाँले हलीगोठाला, महिला, प्रवासीसहित सर्वहारा पङ्क्तिको पक्षमा साहित्य सृजना गर्नुभयो’ उहाँले भन्नुभयो– ‘मिश्र त्यतिमा मात्र सीमित रहनुभएन, नेपाल कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण हस्ती पुष्पलालसँगै उहाँ नयाँ जनवादी क्रान्तिको राजनीतिमा समेत आजीवन सँगसँगै हिँड्नुभयो ।’

    उहाँले मिश्रका खण्डकाव्यको तुलनामा फुटकर कविता सशक्त रहेको बताउनुभयो ।

    मिश्रका कविता धारिलो भएको बताउँदै उहाँले त्यस खालको तिखो कवि अहिलेसम्म नेपाली साहित्यमा देखा नपरेको धारणा व्यक्त गर्नुभयो ।
    कवि मिश्रको कविता अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँले भन्नुभयो– ‘प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध धारिलो कविता लेख्न मिश्रका साहित्यले हामीलाई अहिलेसम्म पनि प्रेरणा दिइरहेका छन् ।’

    नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कविता र गजल वाचन पनि गरिएको थियो ।

    कार्यक्रममा गिरीप्रसाद बुढाले ‘पार्टी फुटेको दिन’, ऋतु केसीले ‘ए साथी ! फर्केर आऊ’, समष्टि बुढाले ‘म देशको कृषक’, सुभाष जिसीले ‘मलाई सन्किन मन लागेको छ’, बाबुराम आचार्यले ‘साल साल बेहाल’, प्रकाश थापामगरले ‘बच्चामाकुरा’, हरिलाल महतराले ‘तिम्रो सङ्घीयतामा’ र खिमराज चालिसेले ‘मेरो घर’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने रगवीर विश्वकर्माले गजल वाचन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन अन्पाका सचिव गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.