काठमाडौं । अखिल नेपाल युवक संघ काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले डम्बर कार्कीको अध्यक्षतामा जिल्ला संगठन समिती गठन गरेको छ ।
Advertisement
जसमा उपाध्यक्ष भिम भट्टराई, सचिव दामोदर पाण्डे, कोषाध्यक्ष नरदेवी पुन र सदस्यहरुमा विकास भुसाल, अमृत आचार्य, कुशल बुढा, सुमन आचार्य, उमेश भण्डारी, राम वियोगी रहनुभएको छ ।
भेलामा युवक संघका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेको विशेष उपस्थिति रहेको थियो । राजमो नेता आनन्द शर्मा, युवक संघका केन्द्रीय सल्लाहकार रमेश पौडेल, भक्त विक, राजमो केन्द्रीय सदस्य लालबहादुर थापाको पनि आतिथ्यता रहेको थियो ।