राम गैरे ‘पाल्पाली’
कुरा साँच्चै गर्छु संसद विघटन राष्ट्रघात हो
पक्का पुनरुत्थानवादीको हेर तिम्रो साथ हो
Advertisement
लाग्छ बुझेनौँ कि श्रमिकको श्रम हकाधिकार थियो
हेर तिम्रो कदमबाट जन्मेको यो कालो रात हो
वामपन्थीहरूको सरकार हाम्रो भन्न मन पर्छ
हुन्थ्यो हित सर्वहारा किनकि यो हाम्रो जात हो
शोषण दमन भ्रष्टाचार हटाउने अभियान खै ?
यो त कम्युनिस्टहरूकै रक्तरञ्जित हात हो
सच्चिनैपर्छ मैदान खालि छ वर्गमुक्तिको हाम्रो
यथार्थ कुरा हाम्रो खाना तरकारी अनि भात हो