• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाललाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाऔँ


  •   बुधबार, पुष २२, २०७७ मा प्रकाशित
  • भीष्म जोशी ।।
    नेपालमा फेरि राजनीतिक अस्थिरताको कालो बादल मडारिएको छ । जनताले आफ्नो ज्यानभन्दा पनि प्यारो ठानेर आफ्ना प्रतिनिधिलाई दिएको मतमाथि विषवमन गरिएको छ । जनप्रतिनिधित्व रहेको सार्वभौम संसद विघटन गरिएको छ ।

    Advertisement

    यस कार्यमा नेपाली राजनीतिका दुईचार जना खलपात्रको मखुण्डोको प्रयोग गरियो; र, यसका साक्षीको रूपमा प्रधानमन्त्री र राष्ट्रपतिलाई जनतासामु प्रस्तुत गरियो । यसले सम्पूर्ण नेपालीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।

    नेपाली जनताले लामो समयदेखि गर्दै आएको ऐतिहासिक जनान्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको उपजस्वरूप हामीले लोकतन्त्रको उपभोग गर्न पाएका हौँ । यसका लागि थुप्रै वीर सपुतले आप्नो अमूल्य जीवन बेदीमा चढाएका छन् भने थुप्रैले जीवन समर्पण गरेर हामी नयाँ पुस्ता र देशका लागि यो व्यवस्था ल्याइपुर्याएका हुन्, जसको हामीले निर्बाध रूपमा उपभोग गरिरहेका छौँ । त्यसैले यसलाई सित्तैमा पाएको कसैले नसम्झौँ ।

    हामीहरू अहिले आएर जति प्रेम आफ्नो सम्पत्तिरूपी सियोलाई गर्ने भएका छौँ, त्यो सम्पत्तिप्रति ज्यानभन्दा बढी माया गर्न सिकाएको यही व्यवस्थाले हो । त्यसैले आफ्नो नामको सियोलाई प्रेम गर्न जान्ने हामीले हाम्रो सम्पत्तिभन्दा असङ्ख्य गुणा महङ्गो र प्यारो राजनीतिक व्यवस्था र राष्ट्रलाई माया गर्न सिक्नुपर्छ । यो प्रत्येक नेपाली नागरिकको कर्तव्य हो । प्रथम, अनि अहम् कर्तव्य र जिम्मेवारी हो, राष्ट्रपति र प्रधानमन्त्रीको । यो व्यवस्था ल्याउनमा न कुनै शासकको भूमिका छ, न अन्य कसैको । यो व्यवस्था माथि भनिएजस्तै नेपाली जनताको रगत, पसिना र सङ्घर्षको फल हो ।

    आज दुईचार जना विदेशी साम्राज्यवादी दलालका कारण नेपालको लोकतन्त्र सङ्कटको घडीमा छ । राष्ट्रियता इतिहासकै जटिल मोडमा आइपुगेको छ । अहिले संसद विघटन गरिएको छ । शासकहरू पछाडि फर्केको विश्व इतिहास र नेपाली राजनीतिक इतिहासमा समेत कहीँ कतै भेट्टिन्न । यिनलाई जनताले ठेगान लगाएनन् भने यिनीहरू झन् बढी जनविरोधी बन्ने छन् । यो सत्ता र शक्तिको आधारभूत चरित्र हो ।

    अब नेपाली राजनीतिको कोर्स विस्तार–विस्तारै निरङ्कुशताको दिशातर्फ अगाडि बढने छ । अहिले संसद विघटनको घटनालाई गलत तथ्यको आधारमा पुष्टि गर्ने प्रयत्न गरिएको छ । यो खतरनाक प्रवृत्ति हो ।

    वैशाख २०७८ मा मध्यावधि चुनावको मिति घोषणा गरिएको छ । नगर्नलाई गरिएको चुनावको घोषणा झन् ठुलो भ्रम हो; किनभने, संविधानमै नभएको व्यवस्थाको प्रयोग गरी विदेशी संसदीय संस्कार र मान्यताको आधारमा हाम्रो संसद विघटन गरिएको छ । यसले हाम्रो लोकतान्त्रिक संविधानको आत्मामा गम्भीर चोट पुर्याएको छ । अब सत्ता जोगाउन शासकहरू सङ्कटकाल लगाउन उद्यत हुने छन् । सङ्कटकाल लगाउन यिनले अब कुनै आइतबार पर्खने छैनन्; किनकि, सङ्कटकाल लगाउनका लागि यिनलाई आवश्यक परिस्थिति र कानुनी व्यवस्था पर्याप्त पुग्छ । संसद विघटन गरेजस्तो सङ्कटकाल लगाउनका लागि शासकले गलत तथ्यको सहारा लिनुपर्ने अवस्था छैन ।

    अर्काे उपाय हुने छ– राष्ट्रपतिलाई आदेश जारी गर्न लगाएर अर्काे सरकार बनाउने कोसिस । रेफ्रीहरू जब केपी ओलीका उखानटुक्काबाट दिक्क हुने छन्, तब तिनलाई आराम गर्न लगाएर राजाले खोजेजस्तै कथित स्वच्छ छविको पात्रलाई खोजेर ल्याउने छन्; र, प्रधानमन्त्री नियुक्त गर्ने छन् । राष्ट्रपतिलाई आदेश जारी गर्न लगाएर यसलाई पुष्टि गर्न चुनावको घोषणा पटक–पटक गरिराख्ने छन् ।

    हाम्राअगाडि चुनावको नाममा २० वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको उदाहरण छँदै छ । चुनावको नाममा स्थानीय निकायको चुनाव गर्ने भनेजस्तै पनि हुन सक्छ । यो पनि निरङ्कुशताकै एकरूप हुने छ ।

    राम्रो काम गर्न नियत राम्रो हुनुपर्छ; किनकि राजनीतिमा कुरो र कुलो जता पनि लग्न सक्ने गर्छन् अवसरवादीहरू । हाम्रोजस्तो पिछडिएको राजनीतिक संस्कार भएको मुलुकमा संसद विघटनले मध्यावधि चुनावमा जान होइन कि सर्वसत्तावादतिर जाने द्वार खोलिदिएको छ । यसमा नराम्ररी प्रयोग हुँदै छन्, हाम्रा शासकहरू, जुन जान या अन्जानमा यो भुमरीभित्र फसिसकेका छन् । हामीले हिजो भोगेको तानाशाही राजतन्त्रभन्दा भयङ्कर शासन व्यवस्था हुने छ अब त्यो, जहाँ जनअधिकारको निर्मम हत्या हुने छ ।

    यो त भयो आन्तरिक राजनीतिक परिवेशको कुरा । किनकि नेपालमा स्थिरता कुनै पनि सम्राज्यवादीले चाहेका थिएनन् । लोकतन्त्रको स्वतन्त्र ढङ्गले प्रयोग गर्न सक्ने सक्षम दलको विकास नै भइसकेको छैन हाम्रोमा, जसको प्रत्यक्ष उदाहरणको रूपमा अहिले विभाजित नेकपा र पहिला संसद विघटन गर्ने काङ्ग्रेस छन; किनकि, अर्धऔपनिवेशिक मुलुकको मुख्य विशेषता नै यही हो । यो संसदीय विशेषता होइन । यदि यो नै संसदीय विशेषता हुन्थ्यो भने छिमेकी भारतमा कति भयो मध्यावधि चुनाव नभएको ? त्यहाँ गठबन्धनकै सरकार भए पनि ढुक्कले कसरी चल्छ पाँच वर्ष ?

    हाम्रोमा संसद विघटन गरेर कस्तो स्थिरता खोजेका होलान ? आर्थिक समद्धि यसरी नै हुन्छ अरू देशमा पनि ? लोकतान्त्रिक संस्कारको विकास यसरी नै हुने हो ? रोजगारी, शान्ति, राष्ट्रियताको रक्षा गर्ने यसरी नै हो ? कस्तो स्थिरता ? यो के साँच्चिकै लोकतन्त्रलाई गतिशील बनाउनै चालेको कदम हो ? केको आधारमा विश्वास गर्ने सार्वभौम जनताले ?

    यहाँ सवाल राष्ट्रियता, भौगौलिक अखण्डता र सार्वभौम सत्ता रक्षाको विषय मुख्य हो । देश रह्यो भनेजस्तै निरङ्कुशताका विरुद्ध भए पनि सङ्घर्ष गराँैला, सफल बनौँला, दुईचार महिना, दुईचार वर्ष अघिपछिको मात्रै कुरा न हो । तर देश नै रहेन भने हामी कहाँ जाऔँला ? के गर्लान् भावी पुस्ता ? अनि के भनी सराप्लान् हाम्रो यो जुनीलाई ? हाम्रो पुस्तालाई राष्ट्रियताको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी सन १८१६ पछि दोश्रोपटक हाम्रो पुस्ताको काँधमा आइपुगेको छ ।

    नेपालमा चीन, भारत र अमेरिकाले खुल्लमखुल्ला नेपाली शासकलाई आफ्नो स्वार्थ पूरा गराउन दबाब दिइरहेका छन् ।

    यो हिजोका दिनमा भन्दा फरक कसरी छ भने हिजो हाम्रो गरिवी निवारण गरिदिन हामीले उनीहरूलाई सहयोगका लागि अनुरोध गर्दथ्यौँ । त्यसमा उनीहरूको त्यही सानो सहयोगप्रतिको सामान्य चासो हुन्थ्यो । अहिले नेपालले मित्रराष्ट्रसित गरिरहेको द्वौत्यसम्बन्ध कायम गरेजस्तै हुन्थ्यो त्यो चासो । तर भारतको भने सधैँ फरक चासो रहयो हाम्रो देशमाथि, जसले हाम्रो भूगोलमाथि कब्जा गर्ने, हाम्रो सिमाना हिमालयसम्मको हो भन्ने, नेपाललाई पनि सिक्किमजस्तै बनाउने विस्तारबादी सोच थियो र छ ।

    अहिले विश्वकै शक्तिशाली राष्ट्र बन्न पुगेका छन्, भारत र चीन, अमेरिका छँदै थियो । चीन एकापट्टी र अमेरिका भारत अर्काेपट्टि देखिन्छन्, शक्तिसङ्घर्षको खेलमा । यिनीहरू शक्तिको बलमा एकले अर्कालाई कमजोर बनाउन चाहन्छन् । अहिलेसम्मको प्रवृत्ति नै यही हो ।

    यसमा हामी र हाम्रो देश कसरी प्रयोग हुँदै छ त ? शक्तिराष्ट्रको यो खेलमा भन्ने विषय नै हाम्रा लागि मुख्य विषय हो । हामीलाई असर नपर्ने भए उनीहरूको शक्तिसङ्घर्षमा हाम्रो त्यति धेरै चासो हुँदैनथ्यो; र, चासो राख्दैनथ्यौँ पनि ।

    चीन विश्वमै सिल्करोड र शान्त कूटनीतिको माध्यमबाट विश्वमा चिनिया सपना बाँडदै छ । अमेरिकाले एक विश्व एक सपना र सैनिक बलमा अमेरिका प्रथम भन्दै छ ।

    अहिले कोरोनाले अमेरिका आत्तिएको छ भने चीन छसात वर्षभित्रै अर्थतन्त्रमा पहिलो राष्ट्र बन्दै छ; र, उत्साहित छ । ऊ यस्तो बेलामा समेत चन्द्रमामा गएर माटोढुङ्गा बटुल्दै छ । अर्कातिर, अर्थतन्त्रमा चीन अगाडि आयो भने उसले आफ्नो फरक विश्व बनाउने छ । विश्वका आर्थिक, सामाजिक संस्थाहरू जुन संयुक्त राष्ट्र सङ्घ मातहत छन्, तिनको भविष्य, तिनले लिएको आर्थिक नीति के हुने भन्नेमा समेत गम्भीर प्रश्न खडा भएको छ । केही अगाडि अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई चीनको पक्षमा भएको भन्ने आसय प्रकट गर्नु यसको एकरूप हो । अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनको पक्षमा चीनले खेल्यो भन्नु, ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरसको नाम दिनु, यिनको बिचमा व्यापारयुद्ध कायम रहिरहनुनै अघोषित युद्धको सङ्केत हो । यही हो– शीतयुद्ध । अन्तर्राष्ट्रिय मामिलामा यिनलाई सामान्य रूपमा लिइँदैन । यी गम्भीर विषय हुन् ।

    भित्र जे जे भए पनि अमेरिकाले तत्कालीन सोभियत सङ्घ विघटन गरेजस्तै तिब्बतलाई माध्यम बनाएर चीनमा सङ्कट सृजना गर्ने उसको अहिलेको भौतिक रूपको पहिलो प्रयास हो । त्यसका लागि उसले चीनका विरुद्ध पहिलो देखिने गरी प्रयोग गर्ने अस्त्रको नाम हो, नेपाल, जो हाम्रो प्यारो मातृभूमि हो । यसमा चीनले आफ्नो सुरक्षाका लागि नेपालमा हुने अमेरिकाका राम्रानराम्रा जस्तासुकै गतिविधि रोक्न जस्तासुकै उपाय पनि अपनाउन सक्छ ।

    नेपालमा अमेरिकाले ५० मिलियन डलरको अनुदान रकमको कार्ड फालेको छ, जुन आफैमा अनुदान हो या अन्य केही ? यो विचित्रको छ । किनकि यसलाई संसदबाट अनुमोदन नगराई लागु नै हुन नसक्ने छ । तर अनुदान रकम समान्यतया कार्यपालिकाको र बढी भयो भने आर्थिक ऐनभित्रको विषय बन्नुपथ्र्यो, तर यसलाई शान्ति तथा मैत्री सन्धिजस्तो बनाउन दबाब दिइरहेको छ, अमेरिकाले नेपाललाई किन ? वास्तवमा यो एमसिसी अनुदान सहयोग हो कि अन्य केही ? यो रहस्यकै गर्भमा छ ।

    १७ वर्षअघि (सन २००४) देखि बहसमा आएको विषय हो यो । अनुदानले यत्रो समय पनि लिँदैन । नेपालमा यसले व्यापक तनाव सृजना लागु नहुँदै गरिरहेको छ । यसमा झन एमसिसी भनेको अमेरिकाको सैनिक गतिविधि इन्डो–प्यासिफिक रणनीतिको हिस्सा हो भन्ने चीनले राम्ररी बुझेको छ । त्यसैले ऊ पनि एमसिसीलाई नेपालमा भित्रिन दिँदैन । अमेरिका एमसिसी नेपालमा नभित्राई छोड्दै छोड्दैन । नेपालमा सीमित मान्छेबाहेक सबैले एमसिसीको विरोध गरिरहेका छन् । काङ्ग्रेस र प्रधानमन्त्रीले त्यसलाई समर्थन गर्ने भनेका छन् ।

    नेपालमा एमसिसी आइहाल्यो भने चीनले नेपालमा आफ्नो सुरक्षाको लागि जस्तोसुकै कदम चाल्न सक्छ । यसले दुई वटा महाशक्ति राष्ट्रको कुरुक्षेत्र अनि पश्चिमा देश र भारतको आआफ्नै शक्तिको स्वार्थ रहेको छ नेपालमा । सोचाँै त एकछिन, के हामी सम्हाल्न सकौँला महाशक्तिहरूको त्यो युद्धलाई ?

    चीनले अहिले नेपालमा आफ्नो राजदूतमार्फत र विशेष टोली पठाएर गरेका भेटघाट, नेपाली राजनीतिमा उसको दबाब र सक्रियता घामजत्तिकै छर्लङ्ग छ । हाम्रो बुढीगण्डकी परियोजना निर्माण गर्न हो र उसको त्यत्रो हतारो; अनि, दौडधुप हाम्रो देशमा ? यो त उसको आफ्नो स्वार्थका लागि हो ।

    भारतको सदाको झैँ चासो त छँदै छ । ऊ विगतमा जस्तै बेलायत–अमेरिकाको टिमको नेतृत्व गरेर नेपालमा आफ्ना गतिविधिको निरन्तरता चाहन्छ । नेपालमा चीनका गतिविधि बढेको देख्नै सक्दैन । किनकि उनीहरू दुई पटै सीमायुद्ध गरिरहेका र विश्वकै प्रतिस्पर्धी देश हुन् । नेपालले आफ्नो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा निकालेको थियो । तर उसले पनि हाम्रो कब्जा गरेको भूमि फिर्ता गर्न दूत बनाएर पठाएको हो र गोयललाई ? होइन, प्रकाशित नक्सा बन्द गराउन हो । प्रधानमन्त्रीले त्यो भूमि फिर्ताका लागि पहल गर्नुको सट्टा नेपालको नक्सालाई पाठयपुस्तकमा राख्ने काम नै बन्द गरेका छन् ।

    भारतले अहिले सम्बन्ध कायम गरेको दक्षिणपन्थी (चुनावका बेला भएको काङ्ग्रेस नेतृत्वको गठबन्धन) शक्तिमा राजावादीहरूलाई पनि मिलाएर नेपालमा नयाँ गठबन्धन बनाई हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापना गर्ने प्रयत्न गर्दै छ । ऊ नेपालमा सत्ताधारी नेकपा फुटेकोमा खुसी छ; किनकि अब विभाजित नेकपाको एउटा घटकलाई समेत उसले हातमा लिने छ । हिजो जननिर्वाचित बलियो सरकारले उसका लागि काम नगरेकाले अब आफ्नो हातमा कुन घटकलाई लिने भन्नेमा “पर्ख र हेर” को अवस्थामा नै छ । नेपालभरिमा अस्थिरता भए/नभए पनि तराई र मधेशी दलभित्र अब अरू कोही नपसुन् भन्ने चाहन्छ ऊ । किनकि त्योभित्र उसले सबै कुरा मिलान गरिसकेको छ : उसको एकछत्र नेपाली अर्थतन्त्र, नेपालको परराष्ट्र र सुरक्षा मामिलाप्रतिको चासो । बजार सुरक्षित बनाइराख्ने, नागरिकताको विषय, नेपालको पानी र प्राकृतिक श्रोतसाधन, खनिज आदि विषयमा ऊ आफ्नो कब्जाभन्दा बाहिर नजाओस्; र, नेपाल सधैँ अस्थीरताको भुमरीमा यसरी नै फस्दै गइरहोस् भन्ने उसको सदाबहार स्वार्थ कायम छँदै छ ।

    यस्ता यी सम्पूर्ण खाले दबाबकै कारण नेपालमा सधैँ अस्थिरता भइराख्छ ।

    नेपालमा भएको संसद विघटनको घटनालाई नितान्त नेकपाभित्रको विवाद लाई कारण मानिएको छ । तर २०५१ मा भएको विघटनभन्दा यो नितान्त फरक तरिकाले भएको छ । नेपालको यो संसद विघटन आन्तरिक कारणले हो या बाह्य हो ?

    यसको रहस्य विस्तारै खुल्दै जाने छ । नेपालमा जुन अनपेक्षित राजनीतिक घटना घट्यो । यो असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक घटना हो । यसबाट नेपाली जनतामा निराशा छाएको छ । बेमौसमको बाजा भएकाले यसले नेपालको कुनै क्षेत्रलाई पनि फाइदा गर्दैन, बरु लोकतन्त्रलाई कमजोर बनाउँछ । यसले गैरराजनीतिक संस्कारको विकास गर्न मद्दत गरिसक्यो । वैदेशिक हस्तक्षेपको त माथि नै कुरा गरिसकियो । त्यो कति बढ्यो कति । सरकारका अन्य अङ्गलाई पनि अविश्वसनीय बनाउँदै छ । गलत नजिर बसाई चुनावलाई चुनावको नारामा मात्रै सीमित त गर्ने होइन ? त्यसैले केही बिग्रेको छैन होइन, धेरै बिग्रिसकेको छ । सरकारले तुरुन्त गल्ती सच्याओस्; र, नियमित संसद अधिवेशन बोलाओस् । संसद पुनः स्थापना गरोस् । होइन भने जनताले देश र लोकतन्त्र जोगाउन फेरि एक पटक कठिन सङ्घर्ष रोज्ने नै छन् । रोज्नैपर्छ, बेला आइसक्यो ।

    हाम्रो देशमा भइरहेको यो त्रिदेशीय सम्राज्यवादी शक्तिसङ्घर्ष बन्द हुनुपर्छ । यसले केवल राजनैतिक अस्थिरता मात्र होइन, देशलाई नै अफगानिस्तान बनाउने खतरा रहन्छ । यसका विरुद्ध राष्ट्रिय एकता नै आजको राष्ट्रिय आवश्यकता हो ।

    बुधबार, पुष २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.