वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतको आयोजनामा एकमहिने सङ्घर्ष र साङ्गठनिक कार्यक्रमअन्तर्गत पुस २१ गते प्रशिक्षण सम्पन्न भएको छ । पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कृष्णा रावल, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका धनप्रसाद देवकोटाको पनि आतिथ्यता रहेको थितयो ।
गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा लालबहादुर नेपालीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।
माघ २४ देखि २९ गतेसम्म चौकुने गाउँपालिका पञ्चपुरी बराहताल लेकबेशी गुरबाकोट नपामा, माघ ३० गते वीरेन्द्रनगरमा जनसभा गर्ने निर्णय भएको बताइएको छ ।
प्रशिक्षणपछि गोविन्दप्रसाद सुवेदीको संयोजकत्वमामा २७ सदस्यीय कार्यक्रम परिचालन समिति गठन गरिएको प्राप्त समाचारमा जनाइएको छ ।