• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कृषिक्षेत्रमा विदेशी लगानीका विरुद्ध आवाज उठाउन अखिल नेपाल किसान महासङ्घ (अप्फा) को अपिल


  •   शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । हालै नेपाल सरकारले कृषिक्षेत्रमा कृषिप्रविधि भित्राउने नाममा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गराउने निर्णय गरेको छ ।

    Advertisement

    सरकारले कृषिक्षेत्रमा विदेशी लगानी भित्राउने निर्णय गर्दै त्यसका लागि आवश्यक कार्यविधि बनाउन थालेको आधिकारिक निर्णय सार्वजनिक भएसँगै अप्फाले यस्तो निर्णय गरेको हो ।

    किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ पुस १७ गते जारी प्रेसविज्ञप्तिमा यस्तो धारणा सार्वजनिक भएको छ ।

    कृषिमा विदेशी लगानी भित्रिँदा राष्ट्रिय अर्थतन्त्रको आधारभूत खम्बा मानिएका साना किसान र उद्यमीको बिचल्ली हुने तर्कका साथ अप्फाले सरकारको यस्तो निर्णयका विरुद्ध आवाज उठाउन सबै किसान सङ्घ–सङ्गठन र सरोकारवालासित अपिल गरेको हो ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

    “हालै नेपाल सरकारले कृषिक्षेत्रमा वैज्ञानिक प्रविधि भित्राउने निर्णय गरेको छ । स्मरणीय छ, कृषिक्षेत्रमा विदेशी लगानी (बहुराष्ट्रिय कम्पनीको लगानी) को विरुद्ध किसान सङ्घ–सङ्गठनहरूले लामो समयदेखि सङ्घर्ष गर्दै आएका थिए । त्यसको परिणाम कृषिमा ‘प्रविधि हस्तान्तरण ऐन–२०७५’ मा स्पष्ट रूपमा विदेशी लगानी भित्राउन नपाइने कानुन नै निर्माण भएको थियो । यसभन्दा पहिले ओली सरकारद्वारा पटक–पटक कृषिमा विदेशी लगानी भित्राउने प्रयत्न भएको थियो । त्यसको विरुद्ध किसान सङ्घ–सङ्गठनहरूको दबाबपछि त्यसै रोकिएको थियो । अहिले आएर ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी भित्राउने निर्णय गरेको छ; र, त्यसका लागि आवश्यक ऐन र कार्यविधि तयार गरिरहेको सार्वजनिक भएको छ ।

    भारतलगायत विश्वभरि नै साना किसान र राष्ट्रिय कृषि व्यवसायीहरू बहुराष्ट्रिय कम्पनीबाट विस्थापित भइरहेको यो अवस्थामा साना किसान (कृषिउद्यमी–व्यवसायी) विस्थापित हुन पुग्छन् । यसबाट उनीहरू बेरोजगार त हुन्छन् नै, उनीहरूको जमिन वा परियोजना वा उत्पादनको स्वामित्व पनि समाप्त हुन्छ । यसरी विदेशी लगानी भित्राउने कानुनको विरुद्ध भारतका किसानको लामो समयदेखि गर्दै आएको सङ्घर्ष उदाहरणीय छ । अहिले पनि यसका विरुद्ध भारतका किसान आन्दोलनमा नै छन् ।

    राष्ट्रिय अर्थतन्त्रको निर्माण र विकासका लागि माइक्रो इकोनोमिक एक्टिभिटी अर्थात् भूमिहीन, साना र मझौला किसान नै आधारभूत खम्बा मानिन्छन् । अब बहुराष्ट्रिय कम्पनी भित्रिएपछि किसानको बिचल्ली हुने र देशको अर्थतन्त्र साम्राज्यवादको लागि कानुनी रूपमा नै खुल्ला हुने छ । त्यसैले कृषिमा विदेशी लगानी कुनै हालतमा पनि भित्रिन दिनुहुन्न । यसको विरुद्ध व्यापक जनदबाब दिन सबै किसान सङ्घ–सङ्गठन र सरोकारवाला एक भई आवाज उठाउन अखिल नेपाल किसान महासङ्घ (अप्फा) अपिल गर्दछ ।”

    शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.