महंगो कर तिरेर नेता पाल्दैछन्
दिनहुँ गरीबीमा जनता गाल्दैछन्
Advertisement
सत्तामा बसी के हेर्दै छ सरकार
सीमानामा दुश्मनले स्तम्भ ढाल्दैछन्
चौबिस घन्टा बिजुली खै कहाँ छ
झुपडीमा गरीबले टुकी बाल्दैछन्
भ्रष्टचारी र बलात्कारी बचाएर
निर्दोषलाई सजाय, जेल हाल्दैछन्
संघीय संरचनामा देश टुक्र्याउदै
ति दलालहरु आफ्नो चाल चल्दैछन्
नवीन बस्याल, प्यूठान
हाल जापान