जुना चालिसे
१२८औँ माओदिवसलाई शुभकामना
माओ विचारधारालाई शुभकामना
संसारभरको यो मुक्ति आन्दोलनका यात्रीलाई
सर्वहारा वर्गका हितमा लडाइँका योद्धालाई
कहिल्यै झुक्दै नझुक्ने रक्तिम शुभकामना मेरो
वर्गीय लडाइँमा विजयको शुभकामना मेरो
अवसरवाद विरुद्धको लडाइँ जित्नु तिमीले
उदारवाद विरुद्ध सधैँ सङ्घर्ष गर तिमीले
माओको नाममा विकृति फैलाउनेहरू सावधान
आधार बिना जनयुद्ध गर्छौं भन्नेहरू सावधान
जनताको भर्याङ्ग बनाई सत्तामा जाने हो सावधान
देश बेच्न चाहने राष्ट्रघातीहरू हो सावधान
आधार इलाका तयार एक दिन पक्कै हुने छ
रक्षाकवचको बिउ पुनः प्रफुल्लित नै हुने छ
निरासा होइन आसाको दीप यहाँ चम्किदै छ
बस्ती गल्ली जगाउँदै अब जुर्मुराउने छ
गणतन्त्र, राष्ट्रियताको रक्षार्थ उठौँ जुटौ
धर्म निरपेक्षताको बलन्द आवाज हामी बनौँ
सङ्घीयता र भ्रष्टाचारको अब त चिहान खनौँ
लौ माओ विचारधाराको हामी रक्षाकवच बनौँ
(चण्डीगढमा आयोजित १२८औँ माओदिवसमा वाचित)

