• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बागलुङका दश घरबासलाई एक करोड अनुदान


  •   शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
  • गलकोट । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई रु एक करोड अनुदान उपलब्ध गराउन शुरुआत गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक घरबासमध्ये ती घरबास छनोट गरेर पूर्वाधारका लागि अनुदान प्रदान गर्न छनोट भएका छन् । ग्रामीण पर्यटन प्रवद्र्धनमा घरबासलाई व्यवस्थित गराउनका लागि आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाका ती घरबासले रु एक करोड अनुदान पाउन थालेका हुन् ।

    Advertisement

    मन्त्रालयले आह्वान गरेको सूचनाबमोजिम जिल्लाका नौ घरबास छनोट भइसकेको र एक घरबास छनोट हुन बाँकी रहेको छ । अनुदान स्वीकृत भएका घरबासले पूर्वाधार निर्माण गर्न रु १० लाख पाउने र रु दुई लाख घरबास सञ्चालकले खर्च गर्नुपर्ने गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालययको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो ।

    ‘कोरोनाका कारण गत वर्ष अनुदान दिने रु दुई करोड ८० लाख रकम दिन सकिएन, यस वर्ष थोरै घरबासलाई अनुदान दिन थालिएको हो’, उहाँले भन्नुभयो, ‘अनुदानबापतको रकमले पूर्वाधार निर्माणपश्चात् घरबासको सेवा तथा सुविधामा वृद्धि हुने, पर्यटनमैत्री वातावरण बन्ने छ ।’

    अनुदानका लागि छनोटमा परेका सामुदायिक घरबासमा बागलुङ नगरपालिका–१० स्थित अतिथि सत्कार सामुदायिक घरबास, भकुण्डे सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको डोटा देउराली सामुदायिक घरबास र माहुरी झरना सामुदायिक घरबास, गलकोट नगरपालिका–१० पाण्डवखानी स्थित सिद्धथान सामुदायिक घरबास, बरेङ गाउँपालिकाको सिग्दी सामुदायिक घरबास, गाजाको सिद्ध बराह सामुदायिक घरबास, ताराखोला गाउँपालिका–२ अगलस्थित किकल्टा सामुदायिक घरबास र निसीखोला सामुदायिक घरबास अनुदानका लागि छनोट परेका छन् । महाशाखा प्रमुख रिजालका अनुसार एक घरबास छनोटमा पर्न बाँकी रहेको छ । छनोटमा परेका घरबासले पर्यटन कार्यालय पोखरामार्फत अनुदानका लागि प्रस्तावनासहित सम्झौता गरिसकेर अनुदान लिन थालेका छन् ।

    सरकारले घरबास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन निर्माण गर्ने प्रस्तावनाको आधारमा घरबास छनोट गरिएको हो । सरकारले घरबास सञ्चालन गर्न अनुदान दिने रु १० लाखको २० प्रतिशतअर्थात् रु दुई लाख सम्बन्धित घरबास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    अनुदान रकमबाट घरबास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, हस्तकला केन्द्र, कोशेली घर, सौगातगृह, सांस्कृतिक सङ्ग्रहालय, सार्वजनिक पुस्तकालय, उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग, ढङ्गेमार्ग प्रदर्शनीस्थल, पदमार्ग, बगैँचालगायतमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् ।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्वरोजगार सिर्जना गर्न घरबास प्रवद्र्धन गर्न आवश्यक रहेको जनाउँदै गाउँ पर्यटनका लागि बजेटले सघाउ पुग्ने बताउनुभयो । यसअघि डिभिजन वन कार्यालय हुँदै आएको घरबास अनुदान कार्यक्रम अबदेखि पर्यटन कार्यालय पोखराबाट सञ्चालनमा आउने छ ।(रासस)

    शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • २.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ३.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ४.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ५.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ६.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ७.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ८.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.