• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सीमानाका बन्दको असर राजस्वमा


  •   शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
  • वीरगञ्ज । कोरोनाको प्रभाव तथा गत लामो समयदेखि नेपाल–भारत सीमानाका बन्द रहेका कारण राजस्वमा असर परेको छ । वीरगञ्ज एकीकृत भन्सार जाँचचौकी (आइसिपी) ले चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजस्व उठाएपछि यस्तो असर देखिएको हो ।

    Advertisement

    सङ्घीय सरकारले भन्सार कार्यालयलाई चालु आवको साउनदेखि मङ्सिरसम्म पाँच महिनाभित्र ६५ अर्ब २५ करोड ५५ लाख रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकामा सो कार्यालयले सो अवधिमा रु ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजस्व उठाउन सकेको छ । सो रकम लक्ष्यको तुलनामा ११ प्रतिशतले कम देखिएको छ ।

    देशमा कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाल–भारतबिच रहेको सीमानाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा घट्दो आयातका कारण तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको बताइएको छ । भन्सार अधिकृत शैलेन्द्र अधिकारीले भने– “भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधनलगायत अन्य सामान सोचेजस्तो आउन नसकेकाले सो अवधिमा लक्ष्य भेट्टाउन नसकिएको हो ।”

    सङ्घीय सरकारले सो भन्सार कार्यालयलाई आव २०७७÷७८ का लागि एक खर्ब ७१ अर्ब रुपियाँ राजस्व उठाउन लक्ष्य दिएको छ । सो अवधिमा नेपालबाट सनफ्लावर तेल, डाबरका उत्पादन, खाने तेललगायतका १५ अर्ब ५८ करोड रुपियाँको सामान भारततर्फ निकासी भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ७६ अर्ब ३३ करोड मूल्य बराबरको विभिन्न सामान भारततर्फ निर्यात भएको छ । सो अवधिमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी भटमासको तेल भारततर्फ निर्यात भएको बताइएको छ ।

    कोरोना महामारी तथा सीमानाका बन्द हुँदा भारततर्फ निकासी हुने सामानमा समेत प्रभाव पर्न गएको हो । सो अवधिमा वीरगञ्ज नाकाबाट नौ अर्ब १० करोड रुपियाँ मूल्य बराबरको छ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

    तेस्रो मुलुक अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेसियालगायतका देशबाट व्यापारीले भटमासको अर्धप्रशोधित तेल आयात गर्ने गरेको छ । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च रहे पनि भारत सरकारले सो तेलको आयातमा प्रतिबन्ध लगाएपछि उद्योगी व्यवसायीले भटमासको तेलको निकासी बढाएको छ ।

    वीरगञ्ज भन्सारनाका भटमासको तेल निकासी हुने मुख्य नाका मानिएको छ । बारा, पर्सामा रहेका १४ वटा उद्योगले यस्ता तेल निकासी गर्दै आएका छन । भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उद्योगले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएको छ । यस वर्ष लामो समयसम्म रहेका लकडाउनका कारण उत्पादन गरिएको वस्तु निर्यात हुन नसकेपछि भन्सार राजस्वमा गिरावट आएको सम्बन्धित कार्यालयले जनाएको छ । (रासस)

    शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.